डा.राजेश अहिराज---
काठामाडौं । अधिकांस वकिल र न्यायाधीशहरु राजनैतिक दलको आवरणमा वा भातृ संगठनमा क्रियाशील रहने अनि स्वतन्त्र र निष्पक्ष न्यायको कुरा गर्ने ? कसरी न्याय हुन्छ ? राजनीतिक दलमा आबद्ध रहि न्यायाधीशले नेताको गुलामी गरुन्जेल स्वतन्त्र न्यायालय रहन सक्दैन ।
राजनीति र अपराध छुट्टीनु पर्छ । राजनीतिको अपराधिकरण र अपराधको राजनीति करण गर्न मिल्दैन । हरेक नागरिकले नेपाली भएकोमा गर्व गर्ने ‘तन्त्र’ कहिले आउँछ ? यो गणतन्त्र त नेता, नेताको खानदान, दलाल, विदेशी गुलामको चक्रब्युह बाट निस्किन सकेन । के ‘नागरिक सरकार’ को लागि अर्को सङ्घर्ष गर्नुपर्छ ?