Advertisement Banner
Advertisement Banner

२२ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

ग्रेटर कालापानी यसरी सम्भव छ

२४ सोमबार , कार्तिक २०७७६ बर्ष अगाडि

बुद्धिनारायण श्रेष्ठ----
नेपालको उत्तरी सीमामा १८ भारतीय सैन्य चेकपोस्ट १७ वर्षसम्म थियो । ती भारतीय चेकपोस्ट सर्लक्क उठाएर पठाउन यदुनाथ खनाल, भीमबहादुर पाँडे, क्षेत्रबिक्रम राणा, ऋषिकेश शाह, पदमबहादुर खत्री, कीर्तिनिधि बिष्ट, राजा महेन्द्रले जसरी चाप्लुसीपूर्ण कूटनीति, कुटिल रणनीति, चातुर्यपूर्ण वार्तानीति अपनाएर भारतको अन्तर्राष्ट्रिय छवी जोगाएर भूमिका खेले ।
अहिले ओलीले मात्र होइन तर सक्षम समूहले समयानुकूल चातुर्यता र शान्त कूटनीति  प्रदर्शन गर्न सकेमा ग्रेटर कालापानी (लिपुलेक–लिम्पियाधुरा) को भूभागबाट भारतीय सैन्यबल फिर्ता हुनसक्छ ।
यो अभिव्यक्ति सम्बन्धमा रतन भण्डारीले बिबाद झिक्नुभएको छ । बुद्धिनारायण श्रेष्ठको सहमति र रतन भण्डारीको असहमति भए पनि नेपाली भूमि फिर्ता ल्याउने विषयमा कसैको पनि असहमति छैन । सिंगो नेपाल एकढिक्को छ ।