काठमाडाँैं । रअ प्रमुख सामन्तकुमार गोयल आउनुभो, प्रधानमन्त्रीलाई भेट्नु भो, रात नेपालमै बिताउनु भो र रातभरि र भोलिपल्ट नक्साल र ललितपुरका होटलमा कसकसलाई भेट्नु भो, अनि फर्कनुभो ।
भेट्नेले मैले भेटेँ भनेनन्, भेटेको छैन भन्नेहरुको ताँती लागेको छ । गत बुधवारदेखि नेपाली राजनीतिमा आँधी हुरी चलिरहेको छ । ओलीबिरोधीहरु भन्न थालेका छन्– दशैंपछि कर्णाली प्रदेशमा जस्तै केन्द्रमा ओली ढल्छन् ।
एकजना सचिवस्तरको रअ प्रमुख नेपाल आउँदा राजनीतिक सुनामी नै आयो भने यो दुई तिहाइको के अर्थ ? निर्वाचनको किन गराइरहने ? दिल्लीबाट दूत आए कि नेपाली राजनीतिलाई यसरी सन्निपात लाग्छ, लम्पसार पर्छ ।
राजनीतिक पार्टीहरु, सत्तासीन पार्टीभित्र ध्रुविकरण सुरु भइसक्यो ।
सत्तारुढ पार्टीभित्रै केपी ओलीका राष्ट्रघात, जनघात, भ्रष्टाचार, तस्करी, कमिशन, माफियाकरण सबैको सूची तैयार भइरहेका छन् । जनता सरकारसँग आक्रोसित भइरहेका बेलामा भारतीय रअको समर्थनमा राजनीतिले ओल्टो कोल्टो फे¥यो भने भन्नेछन्– लोकतन्त्रले जित्यो, सर्वसत्तावादी हा¥यो ।