चन्द्रमणि गौतम---
(१) संसारमा २ अर्बभन्दा बढी मानिसले जानेको भाषा भएकोले अंग्रेजीको विविधता व्यापक छ । अमेरिकी, बेलायती, अस्ट्रेलियाली, क्यानाडाली, न्युजिल्याण्डी, भारतीय, द.अफ्रिकी, नाइजिरियाली गरी अँग्रेजीका ८ मुख्य व्याकरणगत भिन्नता, उच्चारण, हिज्जे, शैलीका संस्करणगत विविधता छन् । यति धेरै ब्यापकता र विविधता भएको अर्को भाषा चल्तीमा छैन ।
(२) अंग्रेजीबाट नेपाली भाषामा धेरै शब्द आएका छन् । तर कतिपय शब्दहरू अपभ्रंश वा जनजिब्रोका शब्द भएर जस्तै– ईस्कुल (school) , अपिस (office), कर्कट पाता (Corrugated Sheet क्), पिउन (Peon), अर्दली (Orderly), रिकुटे (Recruited), फ्याम्ली (Family) जनरल (General), सिपाही Sepoy), पाएप (Pipe), तमाखु (Tobacco) सिल्ली (Silly) ।
(३) ल्याटिन, रोमन र ग्रीक भाषाबाहेक अंग्रेजीमा सबभन्दा बढी शब्द नाटककार विलियम शेक्सपियर एक्लैले घुसाएछन्— १७ सय शब्द । उनका ३७ वटा नाटक र १५४ कविताभित्र पसेका रहेछन् आगन्तुक शब्द । केही उदाहरण– Assassination (हत्या), Advertising (विज्ञापन), Blanket (पाखी), Champion (विजेता) Gossip (बकम्फुसे कुरा), Generous (उदारमना), Lonely (एक्लो), Mimic (नकलबाजी), Ode(गीत वा ५० देखि २ सय पंक्तिको कविता), Puking (वाकवाकी र वान्ता गरिरहेको), Torture (यातना), Zany (मूर्ख टाईपको ठट्टावाज, मारुनी नाचको पुर्सुङ्गे) ।
(४) उल्टो सुल्टो जता पढ्दा पनि उस्तै शब्द वा वाक्यांश बन्ने अवस्थालाई एबष्लिमचयmभ भनिन्छ, जस्तै– Madam, Radar, Refer, Nurses run । नेपालीमा पनि यस्तो त हुन्छ तर यसलाई एकल शब्दमा के भनिन्छ, म जान्दिन— जहाज, पाल्पा, नवजीवन, गया–प्रयाग आदि । भार्वि कविले ‘किरातार्जुननीयम’ मा सुल्टो उल्टो जताबाट पढ्दा पनि हुवहु उही शब्द र अर्थ दिने संस्कृत श्लोक नै लेखेका छन्—
‘ननुहो मथना राघो घोरा नाथ महो नुन,
तया दातबदा भीमा भीदा बतदायात ।’
(५) नाम बाहेकका हिज्जे (Spelling) मा Q अक्षरका पछाडि U अवश्य आउँछ Queen, Quarter, Qualm, Quotation;, तर इराक (Iraq) तारिक (Tariq) जस्ता नामका पछि Q पछाडि U नआउन सक्छ ।
(६) एउटै शब्द बहुअर्थी पनि हुन्छन् – Pen (खोर, खोरमा थुन्नु, कलम), Saw (देख्यो वा देखेँ, आरा, लकडी, आरा चलाउने) । ‘मैले एउटा आरावाललाई आराले लकडी चिरिरहेको देखेँ’ भनियो भने त्यसको अँग्रेजी यस्तो हुँदो रहेछ—
I saw a saw, singing a saw with a saw .
झन् रोचक त यो वाक्य नै छ— Buffalo buffalo Buffalo buffalo buffalo buffalo Buffalo buffalo . व्याकरण अनुसार यो वाक्य शुद्ध रहेछ । बफ्यालो भनेको भैँसी वा अर्ना (बिजन), न्युयोर्क नजिकको एउटा शहरको नाम पनि बफ्यालो, ताकेता वा धम्की दिनु पनि बफ्यालो, अर्को समुदायलाई पनि बफ्यालो भनिने । वाक्य बनाउँदा यस्तो हुनेरहेछ— बफ्यालोका अर्नाहरूको एउटा समुदायले अर्को समुदायका अर्नाहरूलाई धम्क्याएपछि अर्को समुदायका अर्नाहरुको समुदायले पनि बफ्यालोमै धम्की दिए
Bison from Buffalo, New York, that are intimidated by other bison in the community also intimidate other bison in Buffalo.
(७) अँग्रेजीमा मौनशब्द (Silent Letters) वा सुशुप्त उच्चारण (Silent pronouciation) पनि हुन्छन्, जस्तै gnat gnat, knife (नाइफ अर्थात चक्कु वा छुरा), बष्कभि (aisle अर्थात कुर्सीहरू वा दराजको लहरमा बीचको बाटो), debt (डेट अर्थात ऋण), soften (सफन अर्थात नरम वा गिलो पार्नु, गलाउनु, लोलोपोतो गर्नु), dumb (डम अर्थात बोल्न नसक्ने) ।
(८) ब्याकरण अनुसार शुद्ध भए पनि कतिपय वाक्य अशुद्ध हुन्छन्, जस्तै— I am not there.
(९) अँग्रेजीमा एक (इलभ) देखि नौ सय उनान्सय (Nine hundred ninety nine) सम्म लेख्दा एक ठाउँमा पनि ब् वा ब अक्षर आउँदैन । तर हजार (Thousand_) लेख्दा मात्र आउँछ ।
(१०) अँग्रेजीका स्वर वर्ण (Vowel) भनिने A, E, I, O, U नभएको शब्द हुँदैन तर Try, By जस्ता शब्दहरू सेमी भोवेल लगाएर बनाइन्छ । सेमी भोवेल लगाएर बनाएको सबभन्दा ठूलो शब्द Rhythm हो ।
(११) Ough भन्ने उपसर्गलाई आठ भिन्न प्रकारले उच्चारण गरिन्छ । दिईएको यो वाक्यमा ती आठै प्रकारका उच्चारण गरिनुपर्ने शब्द मिलाईएको छ
“A rough-coated, dough-faced ploughman strode through the streets of Scarborough, coughing and hiccoughing thoughtfully.”
(१२) करिब दुईसय वर्षअघि अमेरिकी भाषाशास्त्रीहरूले ब्रिटिश अँग्रेजीका केही हिज्जे (Spelling) मा परिवर्तन र सुधार गरे । जस्तै- Colour-Brit. Color -Am._ Armour -Brit. -Armor -Am.।)
अन्त्यमा- के पनि देखिन्छ भने कतिपय अद्र्धशिक्षित वा अल्पशिक्षित मानिस नेपाली बोल्दा पनि अँग्रेजीका शब्द मिसाएर बोल्ने गर्छन् । तर ती कदाचित उचित शब्दको रुपमा हुँदैनन् । कतिसम्म भने अल्पशिक्षितले Constitution (संविधान) लाई Prostitution (वेश्यावृत्ति), भ्यालेन्टाइन् (Valentines) लाई प्यालेस्टाईन भनेको पनि सुनियो । अँग्रेजी सिक्नु, दखल हुनु झन् उत्तम हो । तर अंग्रेजी नै सबै कुरा होइन । नेपालीमा राम्रो दखल भएका नेपालीभाषीले आफ्नो भाषामै बोल्नु गरिमा हो, गौरब हो । शिक्षित र विकसित मुलुकका मानिसहरू आफ्नै भाषा बोल्नमा स्वाभिमानवोध गर्छन् । हो पनि । नभुलौँ अँग्रेजी पनि नेपालीजस्तै एउटा भाषा हो, यो स्वयं ज्ञान होइन (English is a language as well as Nepali, but not knowledge itself) । शुद्ध नेपाली बोल्नुमा निरिहता र लघुताभास देखाउनुपर्ने कुनै कारण छैन । अँग्रेजी सिकौँ, पोख्त बनौँ । शुद्ध नेपालीको प्रचलनमा जोड दिऔँ । पढ्ने, लेख्ने, बोल्ने र सुन्ने चारै प्रकारका अभ्यासद्वारा भाषामा पोख्त हुनसकिन्छ ।