Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

किन हराउँदै गयो राष्ट्रियता ?

०३ सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

हेमविक्रम सिलवाल--
स्वतन्त्र नागरिक समाजका अगुवा हेमविक्रम शिलवालले प्रश्न गरेका छन्– देशभक्तिका कुरा गरेर नथाक्नेहरुमा किन राष्ट्रियता हराउँदै गयो ?
सिलवालको प्रश्न छ– भावी पुस्तासम्म पुग्दा यस्तो यथस्थितिमा नेपालीपन नै लोप हुने त होइन ? वातावरण र पर्यावरण, सुसंस्कृति र पहिचान, कला र जन्म जन्मान्तर र पूर्वीय दर्शन नेपाली आधारशीला तपोभूमि काष्ठकला साहित्य नेपालका आधारभूत सिद्वान्तहरू हुन । १६औं शताब्दिमा पनि कुनै पाठशाला थिएन । गुरुकूल थियो । त्यसबखत पनि मानिसमा सभ्यता संस्कृति र पारिवारीक मूल्य मान्यतालाई अँगाल्दै समाज र देशप्रति दक्षिण एसियाको पुरानो देश नेपाल सुसंस्कृतिबाट सनातनी पूर्वीय दर्शनबाट एक अर्कामा भाइचाराको सम्बन्ध थियो । र एक्काइसौं शताब्दीमा विश्वव्यापी प्रजातान्त्रिक परिपाटी मानव अधिकार, बाल अधिकार, प्रेस स्वतन्त्रता र विकास निर्माण  र संरक्षण गर्नु प्रजातान्त्रिक परिपाटी हुनुपर्ने थियो, शताब्दी २१औं भएता पनि इतिहासलाई नामेट गर्नु र आफ्नो पन विर्सनु पुर्खाको वीरतालाई विर्सनु र पश्चिमा संस्कृतिलाई बढ़ावा दिने काम भएको छ, यो भनेको नवउपनिवेशवाद लाद्नु हो । यो नै पश्चिमाहरूको विश्वकब्जा गर्ने रणनीति हो । यसका अनेक उदाहरण छन्, हामी फस्दै छौं ।
एसिया मै पुरातन देखि चलि आएको आयुर्वेदलाई लत्याइनु पनि अर्को उपनिवेशवादको उदाहरण हो । विकासोन्मुख देशका शिक्षित युवा युवतीहरुलाई डीभी, ग्रिनकार्डको नाममा, वैदेशिक रोजगारीका नाममा निकासी गर्नु पनि उपनिवेशवादी चरित्र नै हो । जस्मा विकाशशील राष्ट्रहरु फसिसकेका छन् । 
झन हाम्रो जस्तो देश । प्रकृतिले धनी, सस्कृति इतिहासको धनी, श्रोत साधनले परिपूर्ण भएर पनि दरिद्रपन देखाउनु राजनीति व्यापारीकरण हुनु र नेतृत्वमा इच्छा शक्तिको कमजोरी हो । कोभिड १९ बाट देश र जनता बचाउँदै, नेपालीपनमा बलबुद्धि विवेक प्रयोग गर्न सकेनौं भने हाम्रो जस्तो देशहरू इतिहासका पानामा मात्र सीमित हुन सक्छन् । २००७ साल देखि आजसम्म इगो इष्र्या, निषेध, पूर्वाग्रहकै राजनीति चलिरहेको छ । फूटको कारण हामी सभ्यतालाई विर्सने र अरुको लहै लहैमा बग्ने बाटोमा उन्मुख छौं । व्यवहारमा घातक काम र देशभक्तिको कुरा गर्ने त धेरै आए । राष्ट्रका लागि आज नगरे कहिले गर्ने ? किन हरायो राष्ट्रियता ?