Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

निजगड छाडेर उत्तरप्रदेशतिर

२६ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

काठमाडौं । निजगडमा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउन इच्छा देखाएको जुरिचले आफ्नो इच्छा बदलेर भारतको उत्तरप्रदेशमा चीनको बेइजिङ्भन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भारततिर पो लस्किएको खबर आयो ।
किन यस्तो भयो ? एक प्रश्नमा एक विज्ञले भने हाम्रो नेकपाका सरकारका मन्त्रीले पाइपलाइनमै कमिशन माँगेरे । गजबको भ्रष्टाचार मुद्दा हो यो ।
एजेन्सीको खबर छ– उत्तर प्रदेशमा एक बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि स्विट्जरल्यान्डको जुरिच अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्झौता भएको छ । विश्वकै एक उत्कृष्ट विमानस्थल जुरिचले यसअघि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अस्वीकार गरेको थियो ।
उत्तर प्रदेश सरकारले जेवरमा नोयडा अन्तर्राष्ट्रिय विमानस्थल विकास गर्नका लागि जुरिच अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । चार चरणमा बन्ने यो विमानस्थलको यात्रु क्षमता सात लाख रहने र विश्वस्तरका सबै सुविधानहरु विमानस्थलमा रहने बताएइको छ ।
नेपालले निजगढ विमानस्थलका लागि जुरिचलाई आग्रह गरे पनि अस्वीकार गरेको थियो । तर, जुरिचले भारतको उत्तर प्रदेशको जेवरमै बृहत अन्तर्राष्ट्रिय विमानस्थल ३ वर्षमा निर्माणका लागि भने तयार भएको हो ।
विज्ञहरु भन्छन्– नेपालमा रुख कटानीलाई लिएर बिबाद हुनु, भित्री कमिशनको खेल बढ्नु र भारतले निजगडमा बिमानस्थल बनाउन नदिन खेलेको भित्री दबाबी कूटनीतिले पनि काम गरेको हुनसक्छ । नेपालको प्राथमिक योजनामा भारतको असहमति देखिदा पनि नेपाल तमासे बनिरहेको छ, जुन अचम्म मान्न सकिन्छ ।