Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

वालहिंसा न्यूनिकरणमा अभिभावकको भूमिका

१९ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

देवी काफ्ले--
गृहमन्त्रीको तथ्यांक अनुसार नेपालमा दैनिक ६–७ जना बालिका बलात्कारको सिकार बनेका छन् । बिडम्वना त के छ भने बालिका बलात्कारका घटना बाहिर ल्याईन्छ तर बालक बलात्कारको घटनालाई सामान्य रुपमा हेरिन्छ । त्यसैले बाहिर ल्याईदैन । बालबालिका बलात्कार प्रायःजसो आफ्नो घरपरिवार भित्रका सदस्य, नजिकको छिमेकी, हेरचाह वा संरक्षणको अधिकार पाएका ब्यक्ति, शिक्षक आदिबाट हिंसामा परेका हुन्छन् । अनि बालबालिका संरक्षणका लागि भनेर खोलिएका संस्थामा पनि बालिका संस्थाकै प्रमुखबाट बलात्कारको सिकार बनेको घटना सेलाएको छैन ।
बलात्कार अथवा यौनजन्य हिंसामा बालबालिका कसरी पर्छन् ? बचावका लागि के गर्न सकिन्छ ? हामी अभिभावकको बानी सुधार्नुपर्छ । हामी सबैलाई सहजै बिश्वास गर्छौं  । त्यो बिश्वासले भित्र भित्र घात गरेको थाहा पाउंदैनौं ।
सबैभन्दा पहिला त हामीले बच्चाहरुसंग साथीवत् ब्यवहार गनपर्छ ता कि हाम्रा नानीबाबुले आफुलाई असहज लागेका कुराहरु निर्धक्क भन्न सकुन्  । जब तपाईं हामी बच्चाको कुरा सुन्न चाहन्नौ तब बच्चा भित्रभित्रै कुण्ठित हुनपुग्छ र बाध्यता बस् अपराध सहिराख्नु पर्ने ठान्छ फलस्वरुप अपराधी सफल हुन्छ ।
अर्को कुरा हामीले बच्चाहरुलाई आफुभन्दा ठुला मान्छेलाई सधैं आदरसम्मान गर्न भन्छौं, आज त्यो अर्ति अलि फराकिलो बनाउनु पर्ने भएको छ । मान्यजनहरुलाई पनि ब्यवहारको आदर गर्न सिकाउनु पर्छ । किनकी जतिपनि बालबालिका यौन हिंसामा परेका छन् आफुभन्दा ठूलाबाटै भएका छन् ।
अब विशेष ख्याल गर्नुपर्ने कुरा– तपाईंको घरमा प्रायजसो बिना काम नै आईरहने र बच्चासँग सहजै नजिक हुने, बच्चालाई नै बढी फोकस गर्ने ब्यक्ति प्रति पनि सजग बन्नुस् । कहिं उसको खराब दृष्टि बच्चामाथि त परेको छैन ?
आफ्ना बच्चालाई संगै राखेर मान्छेले उनिहरुलाई शरिरको कुन ठाउंमा छुँदा अथवा शरीर सुमसुम्याउदा के गर्ने भन्ने कुरा सम्झाउनुस् । कसैले उनको अंग सुमसुम्यायो अथवा गलत तरिकाले छोयो भने चिच्याउन सिकाउनुस् ।
अपराधी कसरी चिन्ने ? अपराधी त जो कोहि पनि हुनसक्छ । ऊ छुट्टै  अथवा अलग त हुँदैन । मानिस नै हो । अनि अपराधीले एकै पटकमा यौनजन्य हिंसा गर्र्दैन । उसले जब मनमा ठान्छ कि यो बच्चाको सिकार गर्नु छ भनेर तब देखि नै उसले वरपरको वातावरण नियालेको हुन्छ । बच्चा कतिबेला कुन अवस्थामा एक्लो हुन्छ र आफ्नो वासना पूरा गर्ने हो, त्यसका लागि घरको वातावरण पनि नियाली रहेको हुन्छ । जब ऐन मौका आउछ उसले झम्टिन्छ ।
यदि तपाईंको वरपर बलात्कार जन्य घटना घटिसकेको छ र अपराधीलाई गाउँमै मिलिभगत गरि चोख्याईएको छ भने ख्याल गर्नुस् त्यो शिकारी अर्को शिकारको दाउमा रहेको हुन्छ । यस्तैको सिकार बनिन् बझाङकि सम्झना ।
अब आफ्ना बालबच्चालाई खेल्न पठाउंदा या घरबाहिर पठाउंनु परेमा सकेसम्म एक्लै नपठाउनुस् । बच्चाहरु स्वभावैले मिठा खानेकुराहरुको लोभी हुन्छन् त्यसैले सकिन्छ भने आफुले नै खुवाउनुहोस् ताकी बदमासले दिएको चकलेटको पछि नलागुन् । यति गर्नसके बालबालिकालाई बचाउन सकिन्छ ।
अपराधी हाम्रो आँखा अगाडि हुन्छ तर हामीले न त चिन्न सक्छौं न त शंका नै गर्छौं त्यसैले अपराधीले सहजै आफ्नो कुण्ठा पोखेको हुन्छ । आफन्तबाट भएका यस्ता हिंसामा बच्चाले बताएका कुरा नपत्याईदिंदा बच्चा चुप बस्न बाध्य हुन्छ र अपराधीले बच्चाले ईन्जोय गरेको छ भन्ने ठान्छ । भारतका एकजना डा.रजत मित्राले ६ बर्षसम्म एउटा अनुसन्धान गरे । उनले बालयौन शोषणमा दोषी करार भै सजायं भोगिरहेका कैदीहरु बसेको जेलमा गएर अनुसन्धान गरे । उनको निष्कर्ष थियो कि शिकारीले सबै वातावरण हेर्छ अनि बच्चालाई काखमा लिएर तिनका अंगहरु सुमसुम्याउने गर्दा बच्चाले ईन्जोय गरेको हुन्छ । उसले बच्चाको सहजै मन जित्छ अनि शोषण गर्छ । यति होसियारी अपनायौं भने हाम्रा छोरीचेली, साना नानी बाबुले अकालमा मर्नुपर्ने छैन । कानुन व्यवस्था चलाउनेहरुले यत्ति बुझुन् ।