Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुदूर पश्चिमको माग

२५ सोमबार , कार्तिक २०७६६ बर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिमका नेता दिलेन्द्र बडु भन्छन्– कालापानी र लिपुलेक क्षेत्रमा नेपाली सेना तैनाथ गर्नुपर्छ । सरकारले तत्काल कूटनीतिक पहल गर्ने र सीमामा सेना बस्ने हो भने धेरै कुरा सहज हुन्छ । भारतीय सीमा सुरक्षाबलको ज्यादतिमा कमी आउनेछ । हिजो के भयो भन्ने होइन, अव के गर्नुपर्छ भन्ने विषयमा गम्भीर हुन सुझाउँदै बडुले लामो समयदेखि रहेको सीमा विवाद सुल्झाउनु पर्छ, यसमा सरकारको कौशलता देखिनुपर्छ ।
बडुले बिगतका सरकारहरुको कमजोरी भयो, नेता र राजनीतिक दल तथा बनेका सरकारहरुले कूटनीतिक क्षमता नदेखाएर समस्या बल्झिएको हो । अहिलेसम्म गम्भीर एजेण्डा बनेन, अव हामी सबै गम्भीर बन्न जरुरी छ ।
दार्चुला गृह जिल्ला रहेका बडुले भारतद्वारा सार्वजनिक नक्सा सही होइन, सही नक्शांकनका लागि सरकारले प्रमाणसहित पहल थालिहाल्नुपर्छ । उनका अनुसार उनले पटक पटक कालापानी र लिपुलेकको समस्या संसदमा उठान गरेको तर कुनै पनि सरकारले गम्भीरतासाथ नलिएकोले समस्या बढ्यो । अव सीमा क्षेत्रमा सशस्त्र र सेना तैनाथ गर्न ढिला गर्नुहुन्न, विवाद समाधान गर्नुपर्छ ।
बडुले सीमाक्षेत्र भनेर गाउँमा सशस्त्र प्रहरी पोष्ट राख्न लागेको विषयमा आलोचना गर्दै भनेका छन्– सरकारले सीमा क्षेत्रमा अर्धसैनिक बल खटाउने निर्णय गरिसकेको छ, त्यस्तो पोस्टलाई गाउँ नजिकै स्थापना गर्ने तयारी भइरहेको सुनिएको छ । जुन सरासर गलत हो । सीमा सुरक्षा पोष्ट भारतले जस्तै सीमा क्षेत्रमै सुरक्षाकर्मी खटाउनुपर्छ । तैनाथ गर्नुपर्छ । चिसो क्षेत्र छ, उनीहरुलाई बाह्रै महिना खट्नसक्ने गरी व्यवस्था मिलाउन समेत जरुरी छ ।
राष्ट्रियता संकटमा छ, यतिबेला पक्ष विपक्ष भन्ने बेला होइन, सबै नेपाली एक ढिक्का, एक मत, एक अभियानमा मिलेर लाग्नुपर्ने पनि उनले बताए ।