Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सिङ्गो गाउँ बनाइदिन्छु

२२ मंगलबार , बैशाख २०७२११ बर्ष अगाडि

इण्डोनेशियाका धनाध्य हुन् श्रीप्रसाद लोहियो। जब उनले नेपालको महाभूकम्पले महाविपत्ति ल्याएको टीभी फुटेज हेरे, तत्काल उनले आफूलाई अवसर दिए कुनै पनि सिंगो गाउँको पुननिर्माण गरिदिन इच्छा प्रकट गरे। अझैसम्म सरकारले उनीसँग सम्पर्क राखेको छैन। किन? यो गम्भीर प्रश्न हो। नेपाललाई यस्तै निस्वार्थ सहयोगको जरुरत छ। नेपालका कार्यवाह राजदूत तेजबहादुर क्षेत्रीलाई लण्डनस्थित आफ्नै घरमा बोलाएर यस्तो प्रस्ताव गर्दा पनि सरकार चुपचाप बस्नु भनेको गैरजिम्मेवारपन हो। लोहियाले जेठ १६ बाट काम थालेर ९० दिनमा एउटा गाउँको पुननिर्माण सम्पन्न गरिदिने प्रस्ताव गरेका हुन्। लोहिया फाउण्डेसन तैयार छ, नेपाल सरकार तैयार भइसकेको देखिदैन। यी लोहियाका पिताले विराटनगरको अशोक टेक्सटाइलबाट व्यापार सुरु गरेका कारण पनि श्रीप्रसाद लोहिया नेपालप्रति प्रेम गर्छन्। यिनी ४.४ विलियन डलरसहितका ठूला धनाध्येमध्येमा पर्छन्।