Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

महिनामै ४३ हजार विदेशीए

०९ सोमबार , असार २०७६७ बर्ष अगाडि

शिवप्रसाद सिग्ेदल -
सरकारकै तथ्याङ्क हो यो, जेठ महिनामा ४३ हजार युवा विदेशीएछन् ।
यता प्रधानमनत्ती रोजगार कार्यक्रम सुरु भयो, युवाहरु विदेशीनेक्रम बढ्यो । मलेसियाका लागि बन्द भएको रोजगारी खोलिनुपर्छ भने आन्दोलन हुनलागेका छ, यसपछि युवापलायतको मात्रा झन बढ्ने निश्चित छ । यो कार्यक्रम नितान्त नेकपाका कार्यकर्तँ पोस्नका लागि ल्याइएको रहेछ भन्ने यसकारण पनि प्रमाणित भएको छ कि विदेशीन खोज्ने युवाहरुले यसबाट लाभ पाउनै सकेनन् । जो नेकपाका नेताका निकट छन्, तिनले लाभमाथि लाभ लिइरहेका छन्, सर्वसाधारणले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कुनै लाभ पाउन सकेनन्, नेकपाका समर्थक भएपछि अथवा नेताका पिछलग्गु बनेपछि घाँस उखेल्ने काममा समेत यस कार्यक्रमको दुरुपयोग हुनथालेको दृश्य सार्वजनिक भइसक्यो ।
६२ लाख युवा विदेशीएका छन्, महिनाको ४३ हजार युवाशक्ति विदेशीने क्रम छ, यिनै युवा शक्ति हुन् जसले सरकारको गलत कदमको विरोध र विद्रोह गर्न सक्थ्यो, त्यो शक्तिलाई रोजगारी नदिएर, नेपालमा बस्ने र गरिखाने वातावरण भाँडेर सरकारले घुमाउरो पाराले तिनलाई विदेशतिर पठाइदिएपछि यता हाइसन्चो । जति लुटे पनि भयो, जति मनपरी गरे पनि भयो ।
विदेशीले बनाइदिएर कुन देश बनेको छ ? युवाशक्ति बिना कुन देश सम्पन्न भएको छ ? समृद्ध नेपाल र सुखी नेपालीको सपना बाँड्ने अनि युवाशक्तिलँई विदेश जान प्रोत्साहन दिने, यो नेकपाको नेतृत्वको सरकारको सत्तास्वार्थभन्दा केही होइन ।
श्रम बजार खोज्ने, विदेश गएकालाई प्रविधि, सीपसहित भित्र्याउन नसक्ने सरकार रेमिटान्स सरकारमात्र हो । यस्तो सरकार लोकतान्त्रिक र लोककल्याणकारी सरकार हुनै सक्दैन, यो सरकार नेता कार्यकर्ता पालेर आफै नवसामन्त बन्ने सोच राखिरहेछ ।
देश बनाउनेले त्याग र बलिदान दिन सक्नुपर्छ । हिजो जेल बसें भनेर आज लुट्न मात्र खोज्नु भनेको राजनीतिक अभिषाप नभए के हो ?