Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

मधेसका लागि मधेसी लड्नुपर्छ : गोविन्दप्रसाद पौडेल

०७ सोमबार , बैशाख २०७२११ बर्ष अगाडि

मधेसका लागि मधेसी आफै लड्नुपर्छ भन्छन् उपेन्द्र यादव। राजेन्द्र महतो र महन्थ ठाकुर पनि यसै भनिरहेका छन्। हामी सहमति होस् भन्ने पक्षमा छौं। मधेस र पहाड छुट्याउन हुन्न भन्ने हाम्रो पनि मान्यता छ। तर सत्ताधारी मधेस पहाड छुट्याउन खोज्दैछन्। झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुरलाई मधेसी र पहाडीको नाममा छुट्याउन खोजेका छन्, त्यो हुनुहुन्न। सत्ताधारी मधेस पहाड छुट्याएर प्रान्त बनाउन खोजिरहेका छन्। झापादेखि कञ्चनपुरसम्मका २० जिल्लाका सबै मिलेर बसेका छन्। मधेस र थरुहठ बन्दा पनि मिलेरै बस्न पाउनुपर्छ। मधेसी र पहाडीका नाममा प्रदेश बनाएर विभाजन गर्न खोजिरहेका छन् कांग्रेस, एमाले।

सामर्थ्य र पहिचानका आधार तय भइसकेका छन्। भौगोलिक आधारमा संघीयता बनाउने हो भने ती ५ जिल्ला मधेसी भूभाग हुन्। त्यसैले मधेस र थरुहठमै हुनुपर्छ। ०६४ साल फागुन १६ को सम्झौता त्यही हो। त्यो सम्झौताको पूर्ण पालना

गराउनका लागि पनि मधेसी, जनजातिको मोर्चा बनाएर लड्नु आवश्यक छ। तर, विजयकुमार गच्छदार भिन्न मत राख्छन्। उनी आन्दोलनभन्दा वार्तालाई महत्व दिइरहेका छन्। प्रचण्डले आमहड्ताल रोकेर मधेसीको एजेन्डा बोक्न छाडेको

बुझाइ छ मधेसीहरुको। तर किन मधेसीले आमहड्ताल जारी राख्न सकेनन्? यसबारे मधेसी मोर्चाका सदस्य मौन छन् र उनीहरु अव मधेस आन्दोलन सुरु हुन्छ भनेर मधेसमा आगो बाल्न तत्पर बनेका छन्। यही कारण दुईतिहाईको फुर्ती लाउनेले

संविधान जारी गरे हुन्छ, हेरौंला भनेर सत्ताधारीलाई तर्साउने कुरा गरिरहेछन्।