Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सफल होला हिन्दूमोर्चा? : रोशन कार्की

२३ सोमबार , चैत्र २०७११२ बर्ष अगाडि

संविधानमा हिन्दूराष्ट्र उल्लेख गर्नुपर्छ। यो अभियानमा राप्रपा नेपाल र अध्यक्ष कमल थापाको आवाज मत्थर भए पनि विश्वहिन्दू परिषद र हिन्दूवादीहरुको संगठन बाक्लिदै र उनीहरुको आवाज घन्किने क्रम बढ्दो देखिन्छ। नेपाली कांग्रेसका नेता

खुमबहादुर खड्का, लक्ष्मण घिमिरे, हरिबोल भट्टराई, तारानाथ रानाभाटहरु यो समूहमा थपिएका छन्। प्रत्येक हप्ता भारतीय हिन्दूहरु नेपाल आइरहेका छन् र पशुपतिको दर्शन गरिरहेका छन्। चैत आधा हुादा भाजपाका नेता र आरएसएसका

कार्यकर्तासमेत काठमाडौंमा देखिए। पहिले कोठे गोष्ठी गर्थे, बैठक, सभासम्मेलन हुादै अव सनातन धर्म ओमकार परिवार सम्मिलित भएर आन्दोलन गर्ने हैसियतमा पुगेका छन्। यद्यपि ९० प्रतिशत ओमकार परिवार एक भए भने हिन्दूधर्मविरुद्ध

कसैको केही चल्नेछैन। नेपाल विश्वकै एकमात्र हिन्दूराष्ट्र कायम हुनसक्छ। त्यसै पनि नेपाल पशुपतिको पहिचानले चिनिन्छ, यो पहिचान राख्न पनि हिन्दूहरु एक हुनैपर्ने भएको छ।
धर्मनिरपेक्षता होइन, हिन्दूराष्ट्र हुनुपर्छ। यो आवाज अव नेपाली जनआवाज बनिसकेको छ। प्रत्येक हिन्दूवादी भन्न थालेका छन्– हिन्दूराष्ट्र संविधानमा उल्लेख गरिएन भने त्यो संविधान होइन, कागजको खोस्टोमात्र साबित हुनेछ। नेपाली जनताले

धर्मनिरपेक्षता उल्लेख भएको संविधान अस्वीरका गर्नेछन्, च्यात्नेछन्। यसरी धम्कीका साथमा निष्ठाको आधार मजबुत देखिन जरुरी छ। जब आम हिन्दूवादी एक स्थानमा जम्मा हुन्छन् र समर्थनमा जुट्छन् तवमात्र हिन्दूत्वको रक्षा र सुरक्षा निश्चित हुनेछ।

अहिलेसम्म धर्मनिरपेक्षतावादीहरु क्रिश्चियनको डलर डकारिरहेका छन् किनभने हिन्दूवादीहरु विभाजित देखिन्छन्।
बलियो संगठन छ सनातन हिन्दूराष्ट्र स्थापना महाभियानको। यसमा खुमबहादुर खड्का, तारानाथ, आनन्द ढुंगाना, कुमार रेग्मी,शिवराज जोशीहरुको संलग्न छन्। यता हेमबहादुर कार्कीको नेतृत्वको विश्व हिन्दू महासंघ र महासघका राष्ट्रिय,

अन्तर्राष्ट्रियस्तरका प्रतिनिधिहरु हिन्दूत्वको रक्षाका लागि दत्तचित्त भएर लागिरहेकै छन्। संयुक्त सनातन मोर्चा बोकेर डा.मीठाराम विश्वकर्मा, दीपक सुवेदी, संहिता शास्त्रीहरु पनि मैदानमा उत्रिसकेका छन्। यसमा थपिएका छन् बैदिक सनातन

हिन्दूराष्ट्र नेपालका गुणनिधि पन्थीहरुको समूह। अरु पनि अनेक व्यक्ति, समूह र संगठनहरु हिन्दूत्वका लागि लडिरहेका छन्। यसरी आ–आफ्ना तरिकाले टुक्रे लडाइले धर्मनिरपेक्षताले हार मान्नेछैन। हिन्दूत्व पुनर्स्थापना गराउने भए सबै

हिन्दूवादीहरु संकीर्ण सोचबाट मुक्त भएर एकतावद्ध देखिनुपर्छ। एकतामा जुन शक्ति हुन्छ, त्यो शक्तिका सामु हिन्दूविरोधीहरु झुक्न बाध्य हुनेछन्।