Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

नन्दप्रसादको शव अझै फ्रिजमा

१६ सोमबार , चैत्र २०७११२ बर्ष अगाडि

शिवप्रसाद सिग्देल
टिचिङ अस्पतालमा 'पहिले राष्ट्रिय स्वास्थ्यनीति तयार गर' भनेर डा.गोविन्द केसी आमरण अनसन बसिरहेका छन्। त्यही टिचिङ अस्पतालको मूर्दाघरको फ्रिजमा १ सय ९० दिनदेखि आमरण अनसन गरेर न्याय माग्दा माग्दै जीवन गुमाएका गोर्खाका

नन्दप्रसाद अधिकारीको शव छ। कस्तो दुर्भाग्य यो देशको? के डा.गोविन्द केसीले व्यक्तिगत केही चाहियो भनेका छन्? छैनन्, तर उनीमाथि कांग्रेस, एमाले आफ्नै प्रतिवद्धता पूरा गर्न तैयार भएनन्, त्यही अस्पतालको फ्रिजमा सदगद् नभएर

नन्दप्रसाद अधिकारीको शव फ्रिजमा चिस्सिएर थन्किएको छ। यी दुबै नेपालका नागरिक होइनन्? हुन्, भने यिनको सरकार कहाँ छ, यिनको लोकतन्त्र के हो? मरिसकेका नन्दप्रसाद र मर्ने हालतमा पुर्‍याइएका डा.गोविन्द केसीप्रति राज्यको दायित्व

के नुपर्छ? कर्तव्यहीन, सत्ताधारीमा सामान्य नैतिकता समेत नभएको यस्तो पनि मुलुक हुन्छ?
सिंगो मुलुक छोरा गुमाएका नन्दप्रसादको पक्षमा थियो, तिनले न्याय पाउनुपर्छ भन्ने नैतिक समर्थन गरिरहेको थियो तर सुशील कोइरालाले नन्दप्रसादलाई न्याय दिलाउन सकेनन्, नैतिक रुपमा च्यूत भए। अर्को डा.गोविन्द केसीले नन्दप्रसाद बन्न

नपरोस् भन्ने पुगेका अधिकारकर्मी र नागरिक समाजलाई प्रधानमन्त्री सुशील कोइरालाले 'मरे म के गरुँ त?' भनेर जवाफ दिएछन्। योभन्दा दुर्भाग्यजनक र कलंकपूर्ण लोकतान्त्रिक सरकार संसारमा अर्को कतै कुनै होला र? मुख्य समस्या एमाले रहेको

छ। एमालेले खोलेको मनमोहन मेडिकल कलेजले सम्बन्धन नपाएर छटपटिएको छ। सम्बन्धन नदिए सरकार छाड्ने धम्की पाएका प्रधानमन्त्री सुशील कोइराला सरकार ढल्ला भनेर त्राहीमाम भएका छन् र उनले यति लज्जास्पद संवेदनहीनताका साथ

प्रस्तुत भएका हुन्। उनी प्रधानमन्त्री नबनेका भए राज्य ढुकुटीबाट १२ करोड खर्च गरेर क्यान्सरको उपचार गर्न सक्ने थिएनन् र अझै एकपटक उनी अमेरिका पुगेर स्वस्थ हुन चाहन्छन् शायद। जतिसुकै उपचार गरे पनि मान्छे एकदिन मर्छ। सुशील

कोइराला पनि मर्छन्। सवाल यत्ति हो कि प्रधानमन्त्री सुशीलले डा.गोविन्द केसी र नन्दप्रसाद अधिकारी, श्रीमती गंगामाया अधिकारीप्रति जुन असुशील व्यवहार देखाए, त्यो निन्दनीय छ र यतिखेर म र मजस्ताहरुभित्र सुशील कोइरालाप्रति 'दयाभाव'

उर्लिरहेको छ।