Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

क्रान्तिको पराजय भयो : धर्मरत्न श्रेष्ठ

२५ सोमबार , फाल्गुण २०७११२ बर्ष अगाडि

डा.बाबुराम भट्टराईले भारतलाई हस्तक्षेप गर्न निम्त्याए, त्यो त राष्ट्रघात भयो भनेर आपत्ति नजाएर प्रवक्त पम्फा भुसालले वक्तव्य निकालेपछि अर्का नेकपा–माओवादीका शीर्ष नेता सीपी गजुरेलले भनेका छन्– महानायकले गति छाडिदिदा जनक्रान्ति पराजीत भयो। फागुन २० गते टर्किस एयरलाइन्सको विमान दुर्घटनाको उद्धार कार्यमा भारतीय वायुसेवालाई सैनिक हस्तक्षेपको एक्सरसाइज गर्न दिएको आरोप छ सीपी गजुरेलको। सीपीले भन्न सकेनन्, उनले क्रान्ति गरेका थिए कि नेपालको राजतन्त्र विरुद्ध भारतले र हिन्दूराष्ट्रविरुद्ध क्रिश्चियन मुलुकहरुले? क्रान्ति अरुले गरिदिएका हुन् र उपलव्धिको, स्वाधीनता र राष्ट्रवादको खोक्रो नारा लगाउन अघि सरेका छन्, बैद्य एण्ड कम्पनी। यसैकारण सामाजिक सञ्जालमा प्रकाशित एउटा प्रतिक्रिया यस्तो छ: 'नेपालमा रगतको खोलो बगाएर भारतको शरण पर्दा केही भएन, बाबुराम उतै लम्पसार पर्दा केही भएन, अहिले समस्या सल्टाउन सहयोग लिँदा वैद्यको टाउको दुखेछ। – सुदीप श्रेष्ठ।' के यो प्रतिक्रियाभित्र नेपाल र नेपालको शान्ति, एकता, भाइचारा, राष्ट्रवादविरोधी अनेक रहस्य लुकेका छैनन् र? किन देख्दैनन्? पराधीन भए पनि सीपीले उठाएको प्रश्न देशवादी नै छ। उनी भन्छन्– भारतीय सेनाले नेपाली सेना परिचालन गर्ने? यस मामिलामा राजनीतिमात्र होइन, अन्य क्षेत्र पनि गैंडाको छालाजस्तो संवेदनहीन भइसकेको छ। हो, यो स्थिति जन्मायो कसले? सीपीजस्ता पराधीन मानसिकता बोकेका नेताहरुले होइन? आज मुलुकमा निराशा छ, पलायनवाद बढेको छ, कुण्ठाले जनता पीडित छन्। यो अवस्थामा महानायकले गति छाडे भनेर आर्तनाद गर्नुको के अर्थ छ र? स्वयं सीपी र उनका नेता वैद्यले पनि त गति छाडेकै छन्। गतिवालाको चाला यस्तै हुन्छ र? देश बोकेर सडकमा निस्केको भए जनताले साथ दिन्थे। देश बोक्न नसक्ने, विदेशी नेताको पूजा गरेर नथाक्नेहरु यस्तै गफ गर्छन् सायद। गफाडीहरुले क्रान्तिको बाँकी काम पूरा गर्न सक्दैनन्। किनकि यिनलाई फेरि विदेशीले नबोकी माखो मार्न सक्दैनन्। भन्नलाई सीपी गजुरेलले भनेका छन्– हामी सामन्तवाद र साम्राज्यवादी पहाडरुपी शत्रुलाई पन्छाउन चिनियाँ कथाको बुढो मुर्ख मान्छे हुनुपरेको छ। तर उनको यो कथन नेपाली कथाको शोम शर्माको भन्दा फरक छ र? शोम शर्माहरु सपना स्याहार्छन्, बैद्य र सीपीहरु सपना देखिरहेका छन्। सडक संविधान जारी गर्छौ भनेर डिङ हाँकिरहेका छन्। डिङ हाँकेका विषयलाई जनताले पत्याउने दिन गइसकेन र सीपीजी?