Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

बुद्ध, बुद्ध

२६ सोमबार , भाद्र २०७४९ बर्ष अगाडि

पदम हमाल -
ज्ञानको माध्यमबाट संसार हल्लाइदिएका बुद्धलाई एकदिन सपनामा देखेर मैले पनि अलिकति ज्ञान मागे तर बुद्धले मलाई सोझै दिन नसक्ने हुनाले मैले एउटा किताबको चोरी गरं,े त्यसले पनि मेरो दिमाग भरिएन तब लाचार भएर बुद्धसँग क्षमा माग्दै भने किताबको चोरी हुन सक्छ तर ज्ञानको चोरी कहिल्यै हुन सक्दैन त्यसैले एक पटकलाई माफ गरेर जति सक्नुहुन्छ त्यति मात्र ज्ञान दिनुहोस् त्यसपछि म संसार कै राम्रो र सक्षम मानिस बन्न सकुँ । बुद्धले यति मात्र भने– “तिम्रा लागि असंभव भन्ने कुरा मेरो शब्दकोश मै नभएकोले सदा खुशी रहनु र कार्य गर्दै जानु“ तथास्तु । 
अन्त्यमा बुद्ध बन्न नसकेता पनि बुद्धका भनाइहरुलाई बिपनामा अनुशरण गरेका कारण मेरो त ठीकै छ अनी तपाईंहरुको के छ नि ?
बुद्धको ज्ञान सबैका लागि निर्वाणा प्राप्तिको ज्ञान हो । सच्चा मनले बुद्धवाणी आत्मसात गर्नसके मानिसको कल्याण हुन्छ, समाज र देशको कल्याण हुनेछ ।
बुद्ध त नेपालमै जन्मेका हुन् । हाम्रा लागि बुद्ध ज्ञानमात्र होइन, गौरव पनि हुन् र बुद्धको अनुशरण गर्ने हो भने नेपाल पृथ्वीको स्वर्ग नै बन्न सक्नेछ । बुद्धलाई चक्रवर्ति राजाहरुले चिने, हामी नेपालीले कहिले चिन्ने र अनुशरण गर्ने होला ?