Advertisement Banner
Advertisement Banner

३२ बिहिबार, असार २०८३13th July 2026, 9:36:25 am

लज्जाहीनको ओखती छैन

१२ सोमबार , असार २०७४९ बर्ष अगाडि

अधिवक्ता शिवप्रसाद सिग्देल -

राष्ट्रपति विद्या भण्डारीले भूकम्पले ध्वस्त भएका पुनर्संरचना महाभियान सञ्चालनको कोशेढुंगा हालेको दिन जनवरी १६, २०१६ को दिन हो । त्यसको साक्षी बसेका थिए– उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री तथा नेताहरु सुशील कोइराला, पुष्पकमल दाहाल, केपी ओली, कमल थापा, विजयकुमार गच्छदार, महानगरकपिता, पुननिर्माण प्राधिकरणका प्रमुख लगायतका उच्च नेता, पदाधिकारी, प्रशासक, सुरक्षाकर्मीहरुसमेत थिए । आज १८ महिना भयो, रानीपोखरी पुनर्निर्माणको जग हालेको । रानीपोखरी हरियो घा“स उम्रेको छ । यो रानीपोखरी होइन, घा“स पोखरी बन्न पुगेको छ ।

देशका टाउकेहरुले शिलान्यास गरेको र दिनहु“ हिड्ने राजधानीको मूल सडक छेउको रानीपोखरीको यो बेहाल छ भने पहाडी इलाकाका खण्डहर बनेका संरचनाहरुको हालत कस्तो होला ? राष्ट्रिय महत्वको रानीपोखरीको, दरवार हाइस्कूलको मर्मत सम्भार हुनसक्दैन भने च्यातिएका त्रिपालमुनी जीवन गुजारीररहेका आमनागरिकले कति र कसरी राहत पाएका होलान् ?

यो त अति भयो, यी कस्ता जनप्रतिनिधि हुन् । यिनको नैतिकता किन यसरी छताछुल्ल भइरहेको होला । नचाहिने कुरामा जति पनि पैसा हुने, चाहिने र तत्काल जनता र राष्ट्रको हितमा गर्नुपर्ने कामका सम्बन्धमा भने यतिसम्मको लापरवाही । लज्जा पनि लजाउन थाल्यो सरकारमा बस्नेहरुको चालाले ।