Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

फेल योजना आयोग किन चाहियो ?

०७ सोमबार , चैत्र २०७३१० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ- 
    तेह्रौं योजना असफल भयो । सरकारले त लाज मानेन, मानेन योजना आयोगका उपाध्यक्षदेखि कुनै सदस्यले पनि लज्जावोध गरेनन् । पढेलेखेकाहरुले पनि पार्टीको पुच्छर समातेर पदमा जाने र लज्जाहीन भएर राजस्व खानेमात्र काम गर्ने हो भने यिनको गैह्रजिम्मेवारी र नैतिक आचरणमा प्रश्न किन नउठाउने ?
    प्रधानमन्त्री त प्रधानमन्त्री भइहाले, उनलाई सरकार बनाउन, टिकाउन र चलाउनमै समय जान्छ । तर, उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, स्वर्णिम वाग्ले, चन्द्रकान्त पौडेल, सुनिलबाबु श्रेष्ठ, सोमलाल सुवेदी, शान्तराज सुवेदी, चन्द्रकुमार घिमिरे, अरविन्द कुमार मिश्र, हिरेन्द्र प्रधान, कृपा सिन्धु प्रसाद, प्रभा बुढाथोकी, गीताभक्त जोशीहरु सबै राजनीतिक पार्टीले नियुक्त गरेका व्यक्तिहरु हुन् । मुख्य सचिव र अर्थसचिव पनि सत्तारुढ दलकै कृपापात्र मानिन्छन् । जेहोस्, यी सबै डाक्टर, प्रोफेसरहरु हुन् र नेपाल बुझेका छन् । तर यिनले बनाएको योजना फेल भयो भनेपछि यिनले आफूलाई असफलताको जिम्मेवार ठान्नुपर्छ कि पर्दैन ?
    भूकम्प आयो, नाकावन्दी भयो, कर्मचारीले खर्च गरेनन् भनेर पन्छिन मिल्छ ? नेपालमा योजना बनाउन सकिन्छ तर कार्यान्वयन गर्न सकिदैन भने यिनले सरकारलाई, जनताले सुन्नेबुझ्ने भाषामा भन्नसक्नुपर्छ– योजना आयोगको काम छैन । सांसदले नै करोड करोड विकास बजेट चलाउने भएपछि किन चाहियो योजना आयोग ? हामीले सामुहिक राजीनामा गर्‍यौं भन्ने नैतिक ताकत डाक्टरहरुमा हुनपर्दैन ? सबैभन्दा नैतिक चरित्र उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठमा देखिनुपर्ने हो, तर सबै सदस्यहरु पार्टीका जागीरदार बनेर तलव खाइरहेका छन् । कठैबरी ।