Advertisement Banner
Advertisement Banner

११ मंगलबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

Image

प्रतिपक्षीको आन्दोलन !

शाश्वत शर्मा

११ मंगलबार , कार्तिक २०८३६ घण्टा अगाडि

प्रतिपक्षीको आन्दोलन !

नेकपाका अध्यक्ष प्रचण्डले सबै प्रतिपक्षीलाई मिलाएर कात्तिक ७ गतेदेखि आन्दोलनको शंखघोष गरेका छन् । बालेन सरकारले गरेको राष्ट्रघात, भ्रष्टाचार र अनियमिततालाई जनतासम्म पु¥याउन र यो सरकारलाई असफल पार्दै आफ्नो वर्चस्व कायम गर्न प्रचण्डले कम्मर कसेका छन् । प्रचण्डलाई जनताले किनारा लगाइदिएका माधव नेपालदेखि मधेशवादी दलहरूलाई साथ लिएर अघि बढ्दैछन् । केही नाममात्रको कम्युनिष्ट पार्टीहरूलाई पनि आन्दोलनमा सहभागी गराएका छन् । जो जनताबाट र आफैबाट स्खलित भइसकेका छन्, तिनले दुई तिहाईको सरकारविरूद्ध आगो ओकल्न र सडक संघर्ष गरेर अलोकप्रिय पार्न सक्ने सम्भाबना कम छ भन्छन्, विश्लेषकहरू । यद्यपि प्रचण्ड डाइनामिक लिडर हुन्, उनी शुन्यबाट १० वर्ष जनयुद्ध गरेर सत्तामा पुग्नसक्ने ल्याकत राख्छन् तर आफ्ै जनयुद्धलाई सत्तामा सुम्पेर माओवादलाई नकेपामा रूपान्तरण गरेर फेरि आन्दोलित हुँदैछन् । उनी कति सफल होलान् ?
यिनै कम्युनिष्टहरूले बालेन साहलाई लुसिफरको संज्ञा दिएका हुन् । बालेन साहले तत्कालै मुख फर्काएका थिए– ‘चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’ बालेन साहका तीखो प्रतिकृया र उनको जब्बर व्यवहार कायमै छ । कार्यकारी प्रधानमन्त्रीजस्तो गरी सरकार चलाइरहेका छन् ।
सिंहदरवारदेखि पालिकासम्म फैलिएको भ्रष्टाचार कम भयो, शुन्य सहनशीलतामा पुगेको छैन । सुशासन चाहियो भन्ने जेनजी पुस्तासत्तामा पुगे पनि सुशासन कायम गराइसकेका छैनन् । यहीकारण बिगतका भ्रष्ट नेता र पार्टीहरूले नै भन्न थालेका छन्– जेनजीहरूले गाउँसम्म उठ्ती धन्दा चलाउन थालिसकेका छन् । जेनजीको नाममा धन्दा चलाउने बालेन सरकारले बोलेजस्तो केही गर्न सकेन । 
हिजोका शासकहरूले मुलुकको दोहन गरेर मुलुक सिध्याउन कुनै कसर बाँकी राखेनन् । माओवादीले जनयुद्धकालमा मार्ने आगो लगाउने काम गरेकै हो, लोकतान्त्रिक चोला फेरेपछि १८ वर्षमा ११ वर्ष सत्ताको साझेदार भएर लुट्नुसम्म लुटेकै हो । ती दल र यो जेनजी सरकारमा भिन्नता देखिन सकेको छैन । हिजो न्याय थिएन, आज पनि न्याय मारिदैछ । हिजो राष्ट्रविरूद्ध गम्भीर षडयन्त्र भएकै थियो, आज राष्ट्रवाद उत्साहित भइसकेको देखिन्न । बालेन सरकार र रास्वपाले तत्कालै आफ्नो निर्णय र कार्यन्वयनमा तीब्रता नदिने हो भने प्रतिपक्षीहरूले जनताको आँखामा छारो हालेर र  भ्रम सिर्जना गरेर पुनः सत्ता कब्जा गर्न सक्छन्, यस्तै षडयन्त्र देखिदैन ।
प्रतिपक्षीले बालेन सरकारविरूद्ध सडकमा आगो बाल्ने, आँधीबेहरी ल्याउने भनेर जागरण अभियानका नाममा चलायमान भएका छन् । यी सबै कुराको जानकारी बालेन सरकारले राखेको छ । जब सरकारले पुराना भ्रष्टाचारका फाइल खोल्न तैयारी गरेको छ, त्यति नै बेला प्रतिपक्षीहरू सरकारलाई गलाउन बिद्रोहको आँधी ल्याउन अग्रसर भएका हुन् । अब हेर्नु छ, षडयन्त्रकारी सफल हुने हुन् कि सरकारले जनतासँग गरेको करारनामा पूरा हुने दिन देखिने हो ? सुशासन दिन्छु भन्ने सरकारको अग्नि परीक्षा सुरू भएको छ, हेरौं केही दिन नतिजा कस्तो आउने हो ?