
बहुदल भ्रष्टाचारमय भयो, लोकतान्त्रिक गणतन्त्र भ्रष्टाचारकै कारण गनायो । यो सव बिकृतिका विरूद्ध जेनजी पुस्ताले बिद्रोह गरे, यो विद्रोहमाखजनताले साथ दिए, चुनावमा आफ्नो मौन अभिमन व्यक्त गरेका हुन् । प्रम बालेनले एकजना पनि भ्रष्टाचारीलाई नछोड्ने कसम खाएका छन्, यसकारण भ्रष्टाचारका फाइलहरू खोलिने तैयारी भइरहेको बुझ्न सकिन्छ ।
देशले दुर्गति र बिकृतिबाट परिवर्तन खोजेका हुन् । परिवर्तन युवाले दिनसक्छन् भनेर रास्वपा र रवि बालेनलाई चुनाव जिताएका हुन् । तर बालेन सरकारलाई अदालतले साथ नदिएको देखिन्छ । भ्रष्टाचारविरूद्धका निर्णय भयो कि भ्रष्टाचारीहरू धरौटीमा छुट्ने गरेका छन् । यसकारण सरकारले न्यायाधीशमाथि पनि छानबिन हुनसक्ने कानुन बनाउँदै गरेको चर्चा छ ।
सत्य र न्यायको खोजी अभियानका अभियन्ता बरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ ले सार्वजनिक जग्गा हिनामिना प्रकरणमा उच्चपदस्थ व्यक्ति वा पूर्व प्रधानन्यायाधशि नै भए पनि निष्पक्ष छानबिन गरी कारवाही गर्न बालेन सरकारलाई चुनौती दिएका छन् । सार्वजनिक जग्गा घोटाविरूद्ध अख्तियारमा उजुरी दिएका अधिवक्ताले छानबिन र कारवाही निष्पक्ष र कानुनसम्मत हुनुपर्ने बताएका छन् ।
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर उनको निसानामा परेका छन् । उनकै शव्दमा चोलेन्द्र शमशेरले स्याउको कार्टुनमा करोडौं रकम ओसारे भन्ने समाज समाचार आएको प्रसङ्ग कोट्याउँदै प्रम बालेन सक्ने हो भने सर्वोच्च अदालतबाट धरानको सर्दू जलाधारमा ५ हजार रोपनी जग्गाको घोटाला गर्ने कल्याण श्रेष्ठ र सुशीला काकीलाई पनि पक्राउ गर्नुपर्छ । सर्दू जलाधारको जग्गा व्यक्तिको नाममा पुग्नेगरी फैसला गर्ने न्यायाधीशहरू कानुनी दायरामा आउने कि नआउने ?
सरकार भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता व्यवहारमै उतार्न चाहन्छ भने छानी छानी निशाना साध्ने होइन, अदालत, सरकार, संवैधानिक निकायका पूर्व पदाधिकारीहरू जोडिएका सबै फाइल खोलेर निष्पक्ष अनुसन्धान अघि बढाउनुपर्छ, दोषीमाथि कारवाही हुनुपर्छ । सरकारको राडार कता कता तेर्सिएला, पखौं ।
नेपाली सेनालाई स्वर्ण पदक
बेलायतमा भएको क्याम्ब्रियन पेट्रोलमा ३५ देशका १४० टोलीमा नेपाली सेना पहिलो भयो, २०१७, १९, २५ पछि २०२६ मा पनि नेपाली सेना प्रथम भएको हो ।
सैनिक विज्ञहरू भन्छन्– नेपाली सेनामा व्यवसायिक क्षमता उत्कृष्ठ छ । यही समयमा प्रधानसेनापति पनि बेलायत भ्रमणमा हुनुहुन्थ्यो, नेपालको गौरव बढाउने यो अवसरमा उहाँले हौसला दिनुभएको समाचार छ । नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनका लागि होस् कि देशभित्रैका विपद् होस्, निर्वाह गरेको जिम्मेवारी, प्राकृतिक विपद्का बेला देखाएको साहस र कठिन परिस्थितिमा नागरिकको जीवन रक्षाका लागि गरेको समर्पण सदैव प्रशंसायोग्य रहेका छन् । स्मरणीय छ, नेपालले सन् १९५८ देखि राष्ट्रसंघीय शान्ति स्थापनाका अभियानमा निरन्तर योगदान दिदै आएको छ । करिब १ लाख ६० हजार नेपाली सैनिकले विश्व शान्तिका लागि मिसनमा सेवा गरिसकेका छन् । मिसनमा खटिदा ७० भन्दा बढी सैनिकले ज्यान पनि गुमाएका छन् ।


