
बाबु तिमीले कहाँ लिएर जान थालेको अँझै आइपुगेन ठाउँ ? श्यामलाल छोराको अनुहार तीर हेर्दै भन्यो। “ आएपछि त हामी झरिहाल्छौं नी बाबा; सकुन्तला बाबालाई एउटा स्याऊ काटेर देउ त ; त्यो खाएपछि औषधी खानुहुन्छ बाबाले । “– कैलाशले आफ्नो स्वास्नीलाई आदेश दियो । आफूले गाडी चलाउदै थियो । श्यामलाल छोरा र बुहारी सङ्गै थिए । उनी आनन्द सङ्ग स्याऊ खांनथाले । यसरी छोराबुहारीले श्यामलालको सेवा गरेको पनि पहिलो पटक नै हो ।
श्यामलालको अर्धङ्गिनी खसेको लगभग तीन वर्ष जति भएको होला । कारमा बसेका श्यामलाल स्याऊ खांदै बाहिरतिर नियाली रहेका थिए । मनमनै सोंचिरहेका पनि थिए । पुराना दिनहरूमा आफूले गरेको दुःख त्यो गरिबी र कोइलाबासदेखि नुनको भारी बोकेको उनलाई अहिले धमिलो देखिने आँखाहरूमा पुराना दिनहरू प्रष्ट देखिरहेका थिए ।
विवाह भएको लामो समयसम्म छोरा नजन्मिदा आफ्नैले अपुत्रो भनेर भनेको त्यो अमिलो शब्द जसले अहिलेपनि श्यामलालको कानमा घोचिरहेको थियो । लामू समयपछि यही कोइलाबासको बाटो पैदल हिंडेर भारतको तुल्सीपुरबाट दिल्लीको लागि रेल गाडी छोपेका थिए । लामो उपचार पछि तीनवÞटा छोरी पछि कैलाशको जन्म भएको थिया े।
आफूले दुःख गरेर तीन वर्षसम्म चौकीदार बनेर कैलाशको आमालाई उपचार गराएपछि कैलाशको जन्म भयो तर पछि वर्षदिनको नपुग्दै छोरा बिमारी भयो र श्यामलालले तराईमा भएको आफ्नो दुइ बिघा जमिन बेचेका थिए । दुःख बिमारमा कहिल्यै लापर्वाही गर्दैनथे । दुबैजनाले काम गरेर छोरा छोरीलाई हुर्काए पढाए र कैलाशलाई डाक्टर बनाए । कैलाशले प्रेम विवाह गरेको हो ।
आज शान्ता सँगै भएको भए छोरा बुहारीले कति सेवा गर्दाहोलान् । मलाई यसरी कारमा गुडाउनेहरूले आमालाई पनि त घुमाउदा हुन् । –श्यामलालले मनमनै कुरा खेलाई रहेका थिए । आज पहिलो पटक छोरा बुहारीले गरेको प्रेमले श्यामलाल अत्यन्तै हर्षित देखिन्थे । मनमा अंझै छोराको गाडीमा घुम्न पाउदा कति धेरै प्रफुल्तित थिए । उनलाई जीवनको सुख्ख महसूस् भएको थियो ।
आफूले जीवनमा एउटा पुरानो साइकल किनेर चलाएको पनि संझिरहेका थिए । त्यही साइकलमा साप्लो, कोदाली राखेर खेत बारीमा काम गरेको उनका आँखा ओरिपरी घुमिरहेको थियो । आज छोराले गाडी गुडाइरहेको थियो, गाडीमा एसीको चिसोले कहिले कसो त उनलाई सितलताले आनन्दित भएर होला उँघ लाग्थ्यो । बुहारीले घरी घरी खाने कुरा हातमा थमाउदै स्याउका बोक्रा केलाएर दिँदा श्याम घरी भावुक हुन्थे र बाहिरतिर नियाल्न थाल्थे । यति धेरै मायाको खानी उनिहरूले लुकाएका रहेछन् – श्यामलाल सोंचिरहेका थिए ।
‘कता हो त्यो वृद्धाश्रम कतै भुल्नु त भएन ?’ श्यामलालको कानमा बुहारीको तिखो आवाज पर्यो । उनि झसंङ्ग भए, वृद्धाश्रम ! कतै सपना त देखिन ।
भुलेको छैन तर उता बाटो बन्दै रहेछ त्यसैले अर्को बाटो आएँ । कैलाशको उत्तरले श्यामलाललाई उनीहरू वृद्धाश्रम नै जाने कुरा गरेको भने पक्का भयो । तर किन जाने ? अँझै थाहा थिएन ।
हुनसक्छ वृद्धाश्रममा म जस्तै बुढा बुढी थुप्रै होलान्, उनिहरूको लागि केही दानपुन्य गर्न थाले की ? श्यामलालले सकारात्मक अड्कल काडे ।
उनी केही बोलेनन् । एकछिनमा वृद्धाश्रमको गेटमै गाडी रोकियो । यो छिमेकी मूलुक भारतको प्राचिन बनरसको ऐतिहासिक सहर थियो । थुप्रै मन्दिरहरू थिए, तीर्थालुहरू पनि थिए ।
घरबाट आउँदा घुम्न जाने कुरा त भएका थिए । छोरा बुहारीको योजना बारे श्यामलाललाई थाहा थिएन ।
कैलाश गाडीबाट ओर्लियो र गेटमा पहिल्यै उभिएको एकजना व्यक्तिसँग केही कुराहरू गर्यो, अनि सकुन्तलालाई इसारा गरेर बोलायो । डिक्की खोली र एउटा सुर्केस निकाली र गेटमा पुराई । बाबा आउनुहोस्, कारको गेट खोलेर साहारा दिँदै श्यामलाललाई पनि झारी ।
के भयो बुहारी ? हामी कहाँ जानथालेको ? –श्यामलालले आश्चार्य हुदै प्रश्न गरे । उनको अनुहार अहिले अँध्यारो थियो । आउनुहोस् न पहिले भित्र त जाऊँ त्यसपछि सबै थाहा हुन्छ । सकुन्तलाले श्यामलालको हात छोपी र डोराउन खोजी । श्यमलालले उस्को हात हटाएर वृद्धाश्रममा प्रवेश भए ।
बाबा यहाँ हजुरलाई कुनै कुराको कमि महसूस् हुनेछैन, यो आफ्नै घर हो । कैलाशले श्यामलाललाई वृद्धाश्रमको भवन देखाउँदै भन्यो ।
श्यामलाल बोलेनन् । उनले कैलाशको अनुहार हेरिरहे हेर्दाहेर्दै कैलाशको त्यो बालपन संझिए ! कैलाश की आमा तिमी बारीमा किन आयौ बाबु कोसँग बसेको छ ? श्यामलालले आफ्नी पत्नीलाई सोधे ! चिन्ता नलिनु घरमा सबै हुनुहुन्छ । उनले भनिन् । होइन –होइन तिमी घरमा जाउ । कसैको भरमा पर्नु हुदैन । श्यामलाल आफैले भनेका ती शब्दहरू आफ्नै कानमा ठोकिँदै थिए ।
सानो छँदा उसलाई एक्लो छाडेनन् बरू ऊ ठूलो भएपछि आफैले बाजारमा बसेर पढ्न थाल्यो । जस्तै जस्तै कलास चड्दै गयो उस्तै बाबा आमासँग भेटघाट पातलिँदै गएको थियो ।
परारको वर्ष आमाको मृत्यु हुँदा पनि ऊ घरमा थिएन । बा अब हजुर यतै बस्नुपर्छ हामीले यहाँहरूलाई सम्झाएका छौँ । हजुरलाई कुनैपनि समस्या पर्ने छैन । कैलाशले सम्झाउँदै भन्यो ।
बाबु अब यत्ति बताइदेउ अब उप्रान्त तिम्रो र मेरो सम्वन्ध के रहने छ ? श्यामलालले छोरासँग सोधे । बाबा कस्तो कुरा गर्नुहुन्छ यो वृद्धाश्रममा आएपछि हाम्रो बाबुछोरा विचको सम्वन्धनै खत्तम हुन्छ र ? कैलाशले आश्चार्य प्रकट गर्दै भन्यो ।
कसैले पनि आफ्नो छोरा बुहारीबाट बुढेसकालको सहारा बनोस भन्ने आशा गरेका हुन्छन् । तर बुढेसकालमा वृद्धाश्रममा पुराउने व्यक्ती कसरी छोरा हुनसक्छ ? आजबाट हाम्रो बाउ छोराको संवन्ध पनि सकियो । श्यामलालले आँसु झार्दै यत्ति भने । आफैभित्र भक्कानिए ।
तर बाबा हजुरलाई बोझ सम्झेर यहाँ ल्याएको होइनौँ, हामी दुबैजना काममा भएकोवेला हजुर एक्लो हुनुहुन्छ कहिले काँही पानी दिने मानिस पनि घरमा हुदैनन् त्यसैले हजुरलाई यहाँ ल्याएका हौँ । कैलाशले बाबुलाई सम्झाउने प्रयास ग¥यो ।
बाबु मैले आफू बा भएको आफ्नो कर्तव्य त पुरा गरें तर तँ छोरा हुने लाएक रहेनछस् । अब तेरो जिम्मेवारी पुरा भयो अब कहिल्यै यहाँ आउनु पर्दैन । मलाई तिमिहरू सँग यत्ति दुख्ख पोख्नु छ आखिर यसरी झुट बोलेर ल्याउनु भन्दा तैँले मलाई घरमै मेरो आफ्नै अबस्थामा छोडेको भए हुनेथियो । किन यसरी आफ्नो देशको सिमाना कटाएर अर्काको भूमिमा ल्याउनुपर्यो, वृध्दाश्रम त उतैपनि थिए ? श्यामलाले खड्किएको प्रश्न गरे ।
वृद्धाश्रम लान्छौँ भनेको भए हजुरले आउन मान्नु नै हुने थिएन ।
बाबु मेरो संपत्ती मेरो सेकपछि तेरै त थियो । तेरो उपचार गर्दा जसले दुइ बिघा जमिन बेचियो र तँलाई जीवनभरिको कमाइले डाक्टर बनायौ । जम्मा एक कट्ठामा बनेको एउटा दुइ तले घरकै लागी यसरी वेइमानी गर्नु किन पर्यो तँलाई ? श्यामलालको यो प्रश्नको कैलाश सँग कुनै उत्तर थिएन, ऊ बोलेन ।
तर यो सबै दृश्य सँगै गएको आठ वर्षीय छोरा सञ्जयले नियाली रहेको थियो । सञ्जय आश्रम र हजुरबाको फोटा खिचेर गूगल, फेसबुक सबै ठाउँमा पोस्ट गरिसकेको थियो ।
बाबु तिमीले खिचेका फोटा के गर्छौ ? कैलाशले सोध्यो । छोरोले भन्यो– डैडी यो फोटा त मैले ठेकानाका लागि खिचेको ।
तँलाई यहाँको किन चाहियो ठेकाना ? आमा सकुन्तलाले प्रश्न गरी ।
भोलिपर्सी हजुरहरूलाई पनि त ल्याउनु पर्ने होलानी यहाँ । सञ्जयले बडो लजिलो शैलीमा बतायो । बाबुआमा दुबैले सञ्जयलाई ट्वाल्ल परेर हेरिरहेका थिए । उनीहरू त त्यो वेला केही बोलेनन् तर छोराको त्यो शब्द मन् मस्तिकमा घर जमाएको छ । उनीहरू मनमनै आत्तिएका देखिन्थे । आमाबाबु मुखामुख धेरैबेर मुखामुख गरिरहे । उनीहरूको मुहार कालोनिलो भएकोबाट सहजै बुझिन्थ्यो ।


