
सरकार विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) को बैठकमा व्यस्त छ, शिक्षा नीति, पाठ्यक्रम, अन्य कार्यक्रम निर्माण र कार्यान्वयन पक्षको तर्जुमा प्रक्रियामा जुटेको छ । एसईएसपीको निर्धारित ‘कस्टेड प्रोग्राम’ को यो अन्तिम वर्ष हो । आगामी वर्ष शिक्षालाई कुन दिशामा अघि बढाउने छलफल जारी छ ।
यही बैठकमा शिक्षा क्षेत्रको वर्तमान अवस्था, उपलब्धि, समस्या र आगामी आवश्यकताको विश्लेषण हुनेछ र त्यही आधारमा नीति निर्माण हुनेछ ।
शिक्षाविदहरूले भनेका छन्– देशमा भ्रष्टाचार व्याप्त छ, हत्या, लूट, बलात्कारका घटना दिनप्रतिदिन बढेका छन् । ३ महिनादेखि ६० वर्षका बृद्धासम्मको बलात्कार हुनेगरेको छ । समाज सभ्यबाटा असभ्यतातिर उन्मुख भएको छ । यसको मूलकारण नैतिक शिक्षाको कमीले गर्दा हो । नयाँ पुस्तालाई सिकाउनुपर्ने पहिलो शिक्षा भनेकै नैतिक शिक्षा हो, दोस्रो सिपमूलक शिक्षा हो । घोकन्ते शिक्षाले गर्दा युवापुस्ता रोजगारीका लागि विदेशीनु परेको छ । यसतिर ध्यान दिऔं ।


