Advertisement Banner
Advertisement Banner

२३ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

शिक्षक : ज्ञानको दीप

०२ शुक्रबार , आश्विन २०८३२१ दिन अगाडि

शिक्षक : ज्ञानको दीप

लेखक : गोबिन्द राज ओझा (राजन )----------

शिक्षक एउटा ज्योति हुन्, अँध्यारो हटाउँछन्,

शिक्षक एउटा ज्ञान हुन्, जीवन बाटो देखाउँछन्।

ज्ञान, कला र संस्कारले, मानव मन सजाउँछन्,

शान्ति, प्रेम र सद्भावले, सुन्दर विश्व बनाउँछन्।

गुरु हुन् ज्ञानका सागर, अमृतधारा बगाउँछन्,

अज्ञानताका पर्दाहरू, विवेकले नै हटाउँछन्।

सत्य, श्रम र अनुशासनको, पाठ सधैँ पढाउँछन्,

असल कर्म गर्ने बाटो, आफ्ना शिष्यलाई देखाउँछन्।

शिक्षक एउटा दीप बनेर, आफैँ जली उज्यालो दिन्छन्,

विद्यार्थीका सपनाभित्र, आशाका फूलहरू फुलाउँछन्।

देश विकासको मूल आधार, शिक्षामै बलियो हुन्छ,

गुरुको ज्ञान र संस्कारले, राष्ट्र उज्यालो बन्छ।

गुरु सम्मान, शिक्षा सम्मान, यही हाम्रो मान होस्,

ज्ञान-विवेक, प्रेम-शान्तिको, चारैतिर बिहान होस्।

शिक्षकप्रति श्रद्धा राखौँ, कर्मप्रति विश्वास गरौँ,

शिक्षित, सभ्य, समृद्ध नेपाल—मिलेर हामी निर्माण गरौँ।