Advertisement Banner
Advertisement Banner

३० मंगलबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

आधुनीक तीज बजारको कब्ज़ामा

२८ आइतबार , भाद्र २०८३२ दिन अगाडि

आधुनीक तीज बजारको कब्ज़ामा

डॉ केदार कार्की----------------
तीज नेपाली महिलाको महत्वपूर्ण पर्व हो । विशेष गरी हिन्दु महिलाका माझ प्राचीन कालदेखि नै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाती र वर्गमा पनि प्रसिद्ध बनेको छ । सबै चेली जम्मा भएर सुखदुःख साटासाट गर्ने यो पर्व महिलाका लागि रमाइलो चाड हो । पछिल्लो समयमा तीज आधुनिकतातर्फ गए पनि यसको मौलिक संस्कृतिलाई भने कायमनै राख्न आवश्यक छ ।

हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले छोरी पार्वतीको कन्यादान भगवान
विष्णुसँग गरिदिने वचन पार्वतीलार्ई मन नपरेपछि आफूले मन पराएको वर पाउन
जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । उनले शिव लिङ्गको स्थापना गरी
पानी पनि नपिइकन लामो समय निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर
बर्तको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि
शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो ।
सोही तिथिदेखि हिन्दू नारीले यस दिनलार्ई उत्सवका रूपमा मनाउन थालेका हुन् ।

संस्कृत शब्दको तृतीयाबाट बोलिचालीको भाषामा तीज हुन गएको हो । तीजलार्ई
हरितालिका पनि भनिन्छ । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ
साथी हुन्छ । भाद्र शुक्ल तृतीयाको दिन पार्वतीलार्ई विष्णुसँग निश्चय गरिएको
विवाहबाट जोगाउन उनका खुसिले हरण गरेर लुकाएका कारण यस दिनलार्ई
हरितालिका भनिएको हो । शिब पार्वतीको यसै दिन विवाह भएका कारण तीजलार्ई
प्रणय दिवसका रुपमा लिइन्छ ।

हिन्दु कथामा आधारित तीज अहिले पर्वका रुपमा विकसित भएको छ । पार्वतीको
सिको गर्दै आफूले रोजेको वा असल पति पाउन विवाह नभएका महिला व्रत बस्न
थाले । आफ्ना पतिको दिर्घायुका लागि विवाहीत महिला व्रत बस्ने गर्छन् । तीजको
सम्बन्ध माइतीपक्ष र गीतसँग गाँसिएको छ ।

तीजमा माइती पक्षले चेलीलाई माइत बोलाउँछन् । माइती नहुनेका दिदीबहिनीलार्ई
मावली र आफन्तले बोलाउने गर्छन् । चेलीबेटी बोलाउने र खुवाउनेक्रम जनै
पुर्णिमादेखि सुरु हुन्छ । नाचगानको क्रम भने साउने सङ्क्रान्तिबाटै सुरु हुन्छ ।
त्यसपछि नागपञ्चमी, जनैपूर्णिमा र कृष्ण जन्माष्टमीमा पनि नाचगान गर्ने
परम्परा छ । कृष्ण जन्माष्टमीको अघिल्लोे दिन पनि चेलीबेटीलार्ई माइती पक्ष
तथा आफन्तले बोलाउने र दर खाने चलन छ । विशेष गरी हरितालिका तीजमा
चेलीबेटीको जमघट हुन्छ । पहिले पहिले चेलीबेटी जम्मा भएर आफना पीर, व्यथा
र बेदना गीतको माध्यमबाट व्यक्त गर्ने परम्परा रहे पनि अहिले भने बजारमा
कलाकारले ल्याएका गीत बजाएरै नाच्ने क्रम बढ्दै गएको छ ।
वास्तवमा जन्मघर छोडेर माइतीमा जम्मा भएका चेलीले आफनो सुख दुःख
गीतबाटै व्यक्त गर्ने रमाइलो पर्व हरितालिका तीज हो । जन्मघर छोडेर कर्मघर
जाँदाको अनुभव तथा माइतीप्रति गुनासा तथा अपेक्षा गीतबाटै प्रस्तुत ह्नथा । तर,
अहिले पूराना भाका सुनिन छाडेका छन् । पूराना आँगन चौताराको ठाउँ पार्टी
प्यालेसले लिएपछि पूराना भाका पनि नयाँ गीत र रचनामा बदलिएका छन् ।अहिले
बसेर नाच्ने गाउने भन्ने चलन हराइसक्यो । कसले गीत निकाल्नु कसले मादल
बजाउनु सबैलार्ई नआउने भएकाले गीत बजाएरै नाच्न सजिलो हुन थालेको छ ।

अहिले महिला घरको काम गरेर अफिस पनि जानुपर्ने हुन्छ । यस्तो अवस्थामा
घरमा चेलिबेटी बोलाएर समय दिन पनि गाह्रो । घरको काम गर्ने की नाच्नेगाउने,
अब त पार्टी प्यालेस जानुको विकल्प छैन । यसलार्ई नराम्रो मान्न हुँदैन’, सभ्य
तरिकाले जहाँ बसेर पनि चाड मनाउन मिल्ने एक कामकाजी महिलाको भनाई
रहेको छ ।
नारीको महान् पर्व हरितालिका तीजका कारण सामान किनेमेल गर्नेको भिडले
सहरबजार तातिरहेको छ। ओइलाएको बजारलाई तीजले ब्युँताउने काम गरेको छ।
सहरका अधिकांश फेन्सी पसल, पार्टी प्यालेस, कस्मेटिक सुनचाँदी पसल, फुटपाथदेखि
सुपरस्टोरसम्म तीजको किनमेल गर्नेको भिड लागेको छ। अझ जताजतै घन्किरहेको
तीजको भाकाले बजारमा विशेष रौनक छाएको देखिन्छ।

नेपाली महिलाले हर्ल्षोल्लासका साथ मनाउने तीजका अवसरमा हुने फेसन सो,
सांस्कृतिक कार्यक्रम, फुड फेस्टिबलजस्ता कार्यक्रमले समेत बजारमा किनमेल गर्ने
महिलाको भिडभाड बढ्दै गएको पाइन्छ। महिलाले गर्ने सोह्रशृंगारदेखि धार्मिक
सामग्री, दर, सौभाग्यका उपहार किनमेल गर्नेको संख्या वृद्धि भएको व्यापारी
बताउँछन्। फलफूल एवं मिठाइ पसलमा पनि विशेष भिडभाड देखिन्छ।

सबैभन्दा बढी भिड त सुनपसलमा पाइन्छ। गरगहनाले सजिएर तीजमा हिँड्ने
महिलाको बेग्लै जमात रहेकाले सुन तथा चाँदीपसलमा ग्राहकको भिड रहने गरेको
छ। यस वर्ष सुनको अभाव रहने सुरुआती लक्षण देखिए पनि हल्लाभन्दा उल्टो
बजारमा छ्यापछ्याप्ती सुन पाइएको र स्थिर भाउका कारण व्यापार वृद्धि भएको
छ।

तीज नेपाली समाजको एक महत्त्वपूर्ण सामाजिक, सांस्कृतिक तथा धार्मिक पर्व हो।
परम्परागत रूपमा यो पर्व महिलाहरूले आफ्ना सुख(दुःख साटासाट गर्ने, माइती र
चेलीबीचको सम्बन्ध प्रगाढ बनाउने र व्रत बसी परिवारको समृद्धि एवम्
सुस्वास्थ्यको कामना गर्ने अवसरका रूपमा मनाइन्थ्यो। तर, आधुनिकता र
बजारीकरणका कारण तीजको स्वरूपमा व्यापक परिवर्तन आएको छ।
आधुनिक तीज र बजारीकरणका प्रमुख आयामहरूस्

भड्किलो र खर्चिलो दरस् पहिले तीजको अघिल्लो दिन मात्र सात्विक र शुद्ध
परिकार खाएर दर खाने परम्परा थियो। अहिले भने तीज आउनुभन्दा एक(दुई
महिना अघिदेखि नै पार्टी प्यालेस र होटलहरूमा तडकभडकका साथ दर खाने
कार्यक्रम आयोजना गरिन्छ।

उपभोगवादी संस्कृतिस् तीजलाई लक्षित गरी कपडा, गहना, सौन्दर्य सामग्री र
विभिन्न उपभोग्य वस्तुहरूको तीव्र बजारीकरण हुने गरेको छ। पर्वको
मौलिकताभन्दा पनि कसले कति महँगो पहिरन र गहना प्रदर्शन गर्ने भन्ने
होडबाजी बढेको छ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रभावस् सामाजिक सञ्जालमा तस्बिर र
भिडियो पोस्ट गर्ने होडबाजीले तीजलाई आन्तरिक भावनात्मक मिलनभन्दा पनि
बाह्य प्रदर्शनको माध्यम बनाएको छ।

सङ्गीत र संस्कृतिमा व्यापारस् विगतका तीजका गीतहरूमा महिलाका वेदना,
समाजका कुरीति र पारिवारिक सुख(दुःखका कथा हुन्थे। अहिले व्यावसायिक
सफलता र ७३घढसभ्युज७३घढस पाउनका लागि तीजका नाममा दोहोरी र उत्तानो शैलीका गीतहरू
बजारमा आउने गरेका छन्, जसले तीजको मौलिक मर्मलाई कम गर्दै लगेको छ।
मूलतः नेपालमा जब १९८० पछि र विशेषतः १९९० पछि संसारभरि भूमण्डलीकरण
र नवउदारवादको अर्थनीति सुरु भयो, त्यसपछि नेपालमा मात्र नभएर संसारभरिका
सांस्कृतिक र धार्मिक गतिविधिलाई उपभोक्तावादी बनाउने गुरुयोजनाअन्तर्गत
चलाउन थालियो । यही क्रममा तीज पनि आयो । यसले राजनीतिक पार्टीहरूलाई
पनि लपेटमा ल्याएको छ । अब व्यापारीहरू त लाग्ने नै भए । तीज त्यसपछि
उपभोक्तावादी चाड बन्यो । सबभन्दा बढी गहना प्रदर्शन गर्ने, सबभन्दा बढी खाने,
सबभन्दा बढी लुगा देखाउने र एक महिनाअघि देखि नै समय बढी खर्च गर्ने चाड
बन्यो यो ।

त्यति नै बेला नवउदारवादी अर्थनीतिका कारण नेपालमा मध्यमवर्गीय एउटा
नोकरशाही वर्ग देखाप¥यो । उसलाई फास्टफुड मन पर्ने, बेलुका गएर कतै खानुपर्ने १
फर्निचर उद्योग, बियरका कारखाना, रक्सीका ब्रान्डहरू थपिँदै गए । यसरी
उपभोक्तावाद विस्तार भयो । त्यसको प्रभावमा अहिले तीजसँगै नेपालका सबै पर्व
तानिएका छन् । संस्कृति र प्रचलनको स्तरमा पर्व मनाउने कुरा त ठीकै छ ।
त्यसभित्रका धार्मिक चिजहरूलाई कटौती गर्दै जाने र विशुद्ध सांस्कृतिक रूप दिने
त्यो अर्कै कुरा हो ।अहिले समाजका निम्ति एउटा नयाँ कलेवर थपिएको छ–
संस्कृति जोगाउने कलेवर । यो कलेवरभित्र उपभोक्तावादलाई व्यवस्थित ढंगले
बजारीकरणतिर लगिँदैछ । नेपाली समाजका निम्ति यो प्रवृत्ति निकै नै घातक छ ।

बजारको कब्जामा नेपालका सांस्कृतिक पर्वहरू गइसके । अब कति जान दिने भन्ने
मात्र हो । व्यापारीले एक वर्षअघिदेखि नै कति किलो के ल्याउने भन्ने कुराको
हिसाबकिताब गर्न थालिसके । त्यसका लागि पत्रिकामा कति विज्ञापन दिने,
टेलिभिजनमा कुन विज्ञापन दिने, कुन हिरोइनलाई कुन ठाउँमा ल्याएर फोटा
छापिदिनेसम्म सबै व्यवस्थित हुन थालिसक्यो । मान्छेको मानसिकतै किनिसकियो

नेपाली समाजका सबै पर्व गीतसँग सम्बन्धित छन् । गीत नभएको पर्व हुँदैन ।
किनकि, त्यो जनजीवनको हजारौँ वर्षको अभ्यासबाट बनेको हुनाले त्यसको
गीतसंगीत हुन्छ । तर, अहिले १९९० पछि संगीत स्वयं उपभोक्तावादतिर गयो । यो
लोकगीत भनेर जुन गाइएको छ, त्यहाँ कहाँ लोक छ रु त्यो लोकगीत नै होइन नि ।
त्यो त पहिले पहिलेका लय टापटिप पारेर मान्छेलाई केही बेरका निम्ति तरंगित
पार्ने चिज मात्र हो । लोकगीत भनेको त लोकले बुझेको हुनुपर्छ ।

लोकलाई थाहा नभएको गीत ल्याएर लोकगीत हुन्छ रु त्यो त कोठामा बनाएर
बजाएको हो नि । योे संगीत क्षेत्र त सबैभन्दा बढी उपभोक्तावादी भएर
निक्लिसक्यो । व्यापारीले त जे बिक्छ, त्यही बेच्दिने त हो । यहाँ मान्छे त
बिकिरा’छ तीजमा । यति पैसा दिन्छु गीत गाइदिन आऊ, यदि पैसा दिन्छु
नाचिदिन आऊ भनेर मान्छे नै किन्दिरा’को छ तीजमा । अनि, गीतसंगीतको के
कुरा गर्नु रु

हामी उपभोक्तावादी संस्कृतिबाट बढी ग्रसित छौं। तर चाडपर्वहरू बजारले मात्रै
कब्जा गरेको छैन। चाडपर्वलाई हिजो कुनैबेला राजनीतिले पनि कब्जा गरेको थियो।
अहिले पनि तीजको सन्दर्भ पारेर छलफल तथा बहस हुने गर्छ। आजपनि तीजमा
सबैजना एक ठाउँ बसेर नाचौं भन्ने गर्छौं। तीजलाई यसरी पनि हामीले उपभोग
गरिरहेका छौं।

अहिले मानिसको बजारसँग सम्बन्ध स्थापित भएको छ। केही समय अगाडिसम्म
छड्के तिलहरी तीजको प्रतिकको रुपमा देखिन्थ्यो भने अहिले रातो सारी अनिवार्य
जस्तै भइसकेको छ। रातो सारी तीजको पहिचानको रुपमा आउन थाल्यो। त्यसैले
पर्व मनाउने क्रममा धेरैकुरा बजारसँग जोडिएको छ। बजारमा जे कुरा पाइन्छ
त्यसका आधारमा त्यो वस्तुको महत्व पर्वमा देखिन्छ। रातो सारी जसरी पहिचान
बन्यो, त्यसैगरी फेशन पनि बन्दैछ।

सबै महिलाले उस्तै रंगको सारी लगाउने मात्रै नभएर उस्तै बुट्टा भएको कपडा
लगाउने गरेको पनि देखियो। तीजमा मात्रै होइन अन्य चाडपर्वमा पनि चाड
अनुसारका भेषभुषा लगाउने प्रचलन आइसक्यो। हाम्रो समाजमा जति पनि कुरा
स्थापित हुँदै गएका छन्, ती बजारसँगै जोडिएका छन्। मानिसहरूका सम्बन्ध,
व्यवहार र मानिसको आकर्षण पनि बजारसँग जोडिएको छ। हिजो भनिएको पतिको
नाममा व्रत बस्ने कुरा पनि अब बिस्तारै तोडिँदै गएको छ। अब यसलाई रमाइलोका
लागि मान्ने चलन सुरु भएको छ।पछिल्लो ८÷१० वर्षयता तीज मनाउने तरिका
फरक भएको देख्न सकिन्छ।

अहिले कति मानिसहरू पार्टी प्यालेस तथा होटलमा तीज मनाइरहेका छन्। यसको
मतलव बजारसँग मानिसको पहुँच बढ्दै जाँदा पर्वमा पनि मानिसले बजारलाई
प्रयोग गर्छ। यदि यसलाई बजारले आम्दानी गर्छ भन्ने दृष्टिकोणबाट हेर्ने हो भने
स्वभाविक रुपमा बजारले अधिकतम रुपमा हामीलाई शोषण गरिरहेको छ।चाडपर्वका
बेला सामाजिक दबाबले पनि महँगो बजारमा सर्वसाधारणको आर्थिक भार बढ्छ।
बजारमा निगरानी र उपभोक्ता हितमा सरकारी संयन्त्रले काम नगरे कालोबजारीले
चलखेल गर्दै उपभोक्ता लुट्ने गरेको समेत पाइन्छ।
बजारीकरणले गर्दा तीजको पहुँच र चमकधमक बढेको देखिए तापनि यसले न्यून
आय भएका परिवार र महिलाहरूमा मानसिक तथा आर्थिक दबाब सिर्जना गरेको
छ। पर्वको नाममा हुने यस्ता भड्किला प्रदर्शनलाई निरुत्साहित गर्दै तीजको
मौलिक, सांस्कृतिक र सामाजिक मूल्य(मान्यतालाई जोगाउनु आजको आवश्यकता
हो।