Advertisement Banner
Advertisement Banner

२८ आइतबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

कुशे औंशी पौराणिकता धार्मिकता र परम्परा ---------डॉ केदार कार्की---------

२६ शुक्रबार , भाद्र २०८३२ दिन अगाडि

कुशे औंशी पौराणिकता धार्मिकता र परम्परा
---------डॉ केदार कार्की---------

आर्य संस्कृति एवं हिन्दू परम्पराअनुसार वर्षभरिमा मनाइने चाडपर्वमध्ये कुशे औंसी पनि एक हो । यसलाई एक पवित्र पर्वको रूपमा पनि लिइन्छ । प्रत्येक वर्ष भाद्रकृष्ण औंसीका दिन यो पर्व पर्दछ । यसको भोलिपल्ट दर खाने र पर्सिपल्ट हरितालिका तीज मनाइन्छ ।
यी दुई दिन हिन्दु महिलाहरूको विशेष पर्व भएकाले प्रत्येक दाजुभाइले आफ्ना चेलीबेटीलाई औंसीकै दिन घर ल्याइसकेका हुन्छन् । तीज पर्वको प्रवेश कुशे औंसीबाटै हुने भएकाले यसलाई तीजे औंसी पनि भन्ने चलन छ ।
कुशेऔँसी सनातन हिन्दु परम्परामा भदौ महिनाको अमावस्या (औँसी)का दिन मनाइने पर्व हो। कुशेऔँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ। कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म(कार्य गरिँदैन। कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशेऔँसीमा पुर्‍याउँदछन् र यजमानहरूले पनि सिधा(दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन्।
कुशे औँसीका दिन हिन्दु धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग
गरिने पवित्र कुश घर(घरमा भित्र्याउँछन्। शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा
पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको
कल्याण हुने धार्मिक विश्वास छ। हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई
भगवान विष्णुको प्रतीक मान्छन्। गोकर्णेऔँसीका नामले पनि चिनिने यस पर्वमा

छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन
खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ। बाबु नहुनेहरू विभिन्न
पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन्।
विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र
रसुवाको वेत्रावतीमा आ(आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान
गर्नेहरूको ठुलो घुइँचो लाग्छ।पितृदेवो भवभन्ने धार्मिक मान्यताअनुरूप यस दिन
छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा
सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई
तर्पण तथा सिधा दान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त
पाराजिकाय नामक मा उल्लेख छ।
मोतीजयन्ती
माध्यमिक कालीन नेपाली साहित्यका प्रणेता शृङ्गारिक युवा कवि मोतीराम
भट्टको जन्मजयन्तीका रूपमा विशेष कार्यक्रम सहित ज्ञानअज्ञात
साहित्यकारहरूप्रति समेत श्रद्धाञ्जली समर्पण गर्न मोतीरामका साहित्यको चर्चा र
कथा, निबन्ध, कविता, अझ खासगरी गजल वाचनद्वारा भव्य र रमणीय श्रद्धाञ्जली
कार्यक्रमहरू साहित्यिक सङ्घसंस्था र विद्यालय महाविद्यालयहरूमा आयोजना
गरिन्छन्।
भाद्र कृष्ण अमावस्याका दिन मनाइने कुशे औँसी सनातन हिन्दु परम्पराको एक
अत्यन्त पवित्र, धार्मिक र सांस्कृतिक पर्व हो। यस दिनलाई मुख्य रूपमा पवित्र कुश
भित्र्याउने दिन, बुबाको मुख हेर्ने दिन ९पितृ दिवस० र गोकर्ण औँसीका रूपमा
मनाइन्छ।

१। पौराणिक पृष्ठभूमि र उत्पत्ति
विष्णुको प्रतीक कुशस् मत्स्य पुराण अनुसार भगवान् विष्णुले बराह अवतार लिएर
पृथ्वीलाई जलबाट बाहिर निकालेपछि आफ्नो शरीर टकटकाउँदा खसेका रौँहरू नै
पृथ्वीमा ७३घढसकुश७३घढसका रूपमा उत्पत्ति भएका हुन्। त्यसैले कुशलाई भगवान् विष्णुको
प्रत्यक्ष प्रतीक मानिन्छ।

शिव र गोकर्णेश्वर कथास् पौराणिक मान्यता अनुसार भगवान् शिवले मृगरूप धारण
गरी श्लेषमान्तक वनमा विहार गर्दा ब्रह्मा, विष्णु र इन्द्रले उनलाई नियन्त्रणमा
लिन खोज्दा मृगको सिङ तीन टुक्रा भयो। त्यसमध्ये एक भाग स्थापित भएको
पवित्र स्थान गोकर्णेश्वर ९उत्तरगया० मानिन्छ। यसै दिन गोकर्णमा गई पिण्डदान र
तर्पण गर्दा पितृहरू मुक्त हुन्छन् भन्ने धार्मिक विश्वास छ।

२। धार्मिक महत्त्व र विधान
कुश छेदन ९भित्र्याउने विधि०स् वर्षभरि गरिने देवकार्य ९पूजापाठ० र पितृकार्य ९श्राद्ध,
तर्पण० मा पवित्र कुश अनिवार्य हुन्छ। कुशे औँसीका दिन विशेष मन्त्रोच्चारणका
साथ उखेलिएको कुश वर्षभरि शुद्ध मानिन्छ। ९यदि औँसी सोमबार परेमा उक्त
कुश १२ वर्षसम्म पवित्र रहने मान्यता छ०।

पवित्रता र सङ्कल्पस् हातमा कुशको औँठी (पवित्री) नलाइ र कुशासनमा नबसी
गरिएका धार्मिक कर्महरू निष्फल हुने शास्त्रीय विधान छ।

पितृदेवो भवस् शास्त्रमा ७३घढसपिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः७३घढस भनिएको छ।
जीवित पितालाई ईश्वरसरह मानेर पूजा गर्ने र दिवङ्गत पिताको नाममा श्राद्ध,
तर्पण र सिधादान गर्ने परम्परा यस पर्वको मुख्य धार्मिक पक्ष हो।

३। परम्परा र सामाजिक पक्ष
पक्ष मनाइने विधि र परम्परा
बुबाको मुख हेर्ने ९जीवित पिता० छोराछोरीहरूले आफ्ना बुबालाई मनपर्ने मीठा(मीठा
परिकार, वस्त्र तथा उपहार दिएर ढोगी आशीर्वाद लिन्छन्। विवाहित छोरीहरू पनि
माइत आई बुबाको मुख हेर्ने गर्छन्।
पितृ तर्पण (दिवङ्गत पिता) बुबा नहुनेहरूले काठमाडौँको गोकर्णेश्वर, देवघाट,
वाग्मती किनार वा नजिकैका पवित्र तीर्थस्थलमा पुगेर तर्पण, पिण्डदान र सिधा
दान गर्छन्।
पुरोहित र यजमान परम्परा ब्राह्मण(पुरोहितहरूले आ(आफ्ना यजमानका घर(
घरमा पूजा गरी तयार पारिएको कुश पुर्‍याउँछन् र यजमानबाट सिधा(दक्षिणा
ग्रहण गर्छन्।
यसै दिन नेपाली साहित्यका युगकवि मोतीराम भट्टको जन्म र निधन समेत
भएकाले यस दिनलाई मोती जयन्तीका रूपमा पनि मनाइन्छ।

कुशे औँसीले वैदिक सनातन धर्मको संरक्षण, प्राकृतिक वनस्पति (कुश) को महत्त्व र
माता(पिताप्रतिको अगाध श्रद्धा एवं पारिवारिक आत्मीयतालाई सुदृढ बनाउने काम
गर्छ। कुसे औंसीमा पिताको मुख हेर्ने अर्थात् पितृ दिवसको रूपमा मनाइने विशेष

सम्मान गर्ने र मातापिता नहुनेले तिर्थमा खासगरि गोकर्ण, विष्णुपादुकामा गइ
श्राद्ध, तर्पण, दान पुण्य गरि पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।
माता पितालाई जीवित एवं साक्षात देवता भनिएको छ । धर्म शास्त्रमा समस्त
मान्यजन भन्दा माता पिता लाई बढी सम्मान गरेको पाइन्छ ।

माता गङ्गासमा तीर्थं पिता पुष्करमेव च ।
गुरुः केदारकं तीर्थं माता तीर्थं पुनः पुनः ।
भरणं पोषणञ्चैव भोजनं रससंयुतम् ।
कारितामेव भो तात पितृदेव नमोऽस्तुते ।
हुन पनि व्यावहारिक जीवनमा पाइने शिक्षा दीक्षाका साथै पितृ अंश सन्तानमा
रहेका कारणले नै श्रुतीले पनि “आत्मा वै पुत्र” भनेर आफ्नो स्वरुपनै पुत्र रूपमा
उत्पन्न हो भनिएको छ । भरण पोषण गरि सक्षम एवं देशको आदर्श नागरिक
बनाएर खुशी एवं सुख बहन गर्ने क्षमतावान व्यक्तित्व बनाउनु भयो, त्यसका लागि
म सदा ऋणी छु भनेर माता पितालाई नमन गरेको प्रशङ्ग शास्त्रमा हामीले पढेका
सुनेका छौं । छोरा छोरीका कर्तव्य प्रदान कर्म हुन् । समस्त कर्महरूको समष्टी
नाम नै सत्कर्म हो । वर्ष भरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश
आजको दिन घर घरमा भित्र्याउछन् । शास्त्रोत विधी अनुसार ब्राह्मणहरू द्वारा
पूजा गरि छेदन गरेर यजमानहरूको मा पुर्याइएको कुश घरमा राख्नाले परिवारको
कल्याण हुने धार्मिक विश्वास छ । हिन्दुहरू कुश, तुलसी, पिपल र शालीग्रामलाई
भगवान विष्णुको प्रतिक मान्दछन् । गोकर्णे औंसीका नामले पनि चिनिने यस
पर्वमा आफ्नो सन्तान द्वारा परम्परा अनुसार पितालाई आदर सम्मान प्रकट गर्ने
र मिष्ठान्न उपहार दिने पनि चलन छ । ब्रह्मा जीको उत्पत्तिसँगै कुशको पनि

उत्पत्ति भएको हो । त्यसैले इन्द्रादी देवताहरू पनि कुशको पवित्र धारण गरेर मात्रै
यज्ञ, व्रत, जाप गरेको प्रशङ्ग पुराणहरूमा धेरै पाइन्छ । बज्र समान शक्तीशाली
कुशको पवित्र स्वस्थानी व्रत कथा अनुसार वृन्दाले विष्णु भगवानलाई घाँस
हुनुपरोस् भनि श्राप दिएकाले घाँस नै कुशको रूपमा अम्रिएको भन्ने कुराले स्पष्ट
पारेको छ । जसरी पनिभगवानसंग सम्बन्धित भएर आएको कुशलाई यज्ञादीमा
प्रयोग मात्र हैन आचार्यकर्ताले शुद्धता एवं रक्षणाय तथा बलशाली बन्न पनि
मद्दत गर्दछ । कुशको पवित्र लगाउने, कुशको आसनमा बस्ने, धार्मिक कार्य गर्नुपर्ने,
धार्मिक कार्य सम्पादन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि ।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।
अतः कुशे औंसीको पवित्रता र परम्पराले हाम्रो समाजमा महत्त्वपूर्ण स्थान ओगट्दै
आएकोमा कुनै अतिशयोक्ति नहोला ।