Advertisement Banner
Advertisement Banner

१४ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

वर्षाको साँझमा तिमी

२४ बुधबार , भाद्र २०८३२१ दिन अगाडि

वर्षाको साँझमा तिमी

तिम्रो ओठको स्पर्शले, मनको प्यास बुझाइदेऊ,

मौन बनेका भावहरू, मायाले नै सजाइदेऊ।

एकातिर यो प्यास छ, अर्कातिर प्रेमको ज्वाला,

तिमी आए शीतल बन्छ, मनभित्रको त्यो उज्याला।

तातो तावामा पानीको, थोपा जसरी हराउँछ,

तिम्रो न्यानो सामीप्यले, मन त्यसै हराउँछ।

बाहिर बादल गड्गडिन्छ, झरी झर्छ झमझम,

भित्र भने तिम्रै नाममा, धड्किरहन्छ यो मन।

भिजेको त्यो केश तिम्रो, सुगन्ध बनी आउँछ,

अत्तरभन्दा मीठो बास्ना, सम्झनामा छाउँछ।

तिमी नजिक हुँदा हरेक, पल सुन्दर लाग्दछ,

तिमी टाढा हुँदा यो मन, निदाउनै मान्दैनछ।

यो साँझ अनि यो झरी, एक्लोपनको रात,

हरेक थोपा पानीले नै, ल्याउँछ तिम्रो बात।

केही बेर यसरी नै, अँगालोमा बसिदेऊ,

मनभित्रका अधुरा कुरा, आँखाले नै सुनाइदेऊ।

सुनेको छु वर्षाले पनि, प्रेमाग्नि झन् बाल्छ,

तिमी साथ हुँदा यो मन, स्वर्ग बनेर ढल्छ।

झरी परोस् रातभरि, चिसो बतास चलोस्,

तिम्रो मेरो प्रेमको दीप, सधैँभरि बलिरहोस्।