Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

भोटेकोशी बाढीः बुद्धिनारायण श्रेष्ठ भन्छन्

१६ मंगलबार , भाद्र २०८३४ घण्टा अगाडि

भोटेकोशी बाढीः बुद्धिनारायण श्रेष्ठ भन्छन्

एउटा नक्सा नेपाल–चीन सीमानक्सा हो र अर्कोचाहिँ नेपालको स्थलरूप नक्सा हो । चीन भएर नेपाल पस्ने ल्हेन्दे खोलाको सहायक खोलाको ३२२५ मिटर उचाइमा पुरेपु हिमनदीको ढिस्को तलतिर बग्दै झरेर खोला रोकिदा पानी जमेर ताल बन्यो ।
ताल फुट्यो । फुटेको तालको पानी ल्हेन्दे खोला हुँदै रसुवागढीतर्पm बेजोड गतिमा बढ्यो । पानीले रसुवा, टिमुरे, स्याफ्रबेसी, धुन्चे, धारापानी, बेत्रावती, नुवाकोट, बिदुरको बस्तीलाई तहस नहस बनायो ।
चिनियाँ भूमिमा उत्पति भएको ल्हेन्दे खोलालाई रसुवागढीदेखि दक्षिणमा भोटेकोशी भनिन्छ । यही खोला अझ दक्षिण स्याफ्रुबेसी कटेपछि त्रिशुली नदी भनिन्छ । यही खोलाले प्राकृतिक बितण्ड मच्चायो ।