Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

बिपी नीति छोड्दा विपत्ति

२६ मंगलबार , श्रावण २०८३२१ दिन अगाडि

बिपी नीति छोड्दा विपत्ति

२०७८ सालमा सनातन संस्कृति समाज नेपालका अध्यक्ष हरिबोल भट्टराईको संयोजकत्वमा बिपीको सम्झना गर्दै एक वृहत भेला गरियो र नेपाली कांग्रेसले (विपी) को सिद्धान्त र विचारलाई फ्याँकेको हुँदा देशले गति पक्रन नसकेको ठहर गरिएको थियो । यही समाजले राष्ट्रिय एकताको लागि संयुक्त आन्दोलन २०७८ स्थापना गरेको थियो । तर त्यसलाई नेपाली कांग्रेसले लत्यायो, वीपीको सम्झना त बेला बलामा ग¥यो तर इमानदारी देखाउन सकेन, वीपीको सिद्धान्तमा कहिले पनि लागेन । 
देशका विभिन्न शहर र कुना काप्चाबाट समेत भाग लिनु भएको सो भेलामा नेपाल अधिराज्यको संविधान २०४७ नै नेपाली जनताको स्पन्दन हो किनभने यो संविधान निर्माणमा राजा, दलहरू र जनता तीनै पक्षको थिए भन्ने सारका आधारमा वरिष्ठ अधिवक्ता एवं सनातन संस्कृति समाजका सह–अध्यक्ष विष्णु भट्टराईले तयार पारिएको प्रतिवेदनलाई छलफल पश्चात् पारित गरिएको थियो । कार्यक्रममा काभ्रेका युवा कष्ण श्रेष्ठले आन्दोलनको केन्द्र्र्र नारायणहिटी हुनुपर्छ, किन माइतीघर भइरहेछ भन्ने प्रश्न उठाएका थिए । अन्य वक्ताहरूमा तारानाथ लुइटेल, डा.ठाकुर मोहन श्रेष्ठ, बाल सन्त श्रीनिबास आचार्य, मीना सुवेदी, राजनीतिक विश्लेषक भरत दाहाल, वृहत राजसंस्थावादी समूहका नेता किशोरी महतो आदिले राजसंस्था पुनस्र्थापनाको विकल्प नै नभएको अभिव्यक्ति दिएका थिए । तर कांग्रेस अहंकार र स्वार्थमा चलिरह्यो ।
जसको परिणाम जेनजी बिद्रोह र पूर्वसभापति शेरबहादुर देउवा दम्पत्तिले विद्रोहमा कुटाइ खानुप¥यो । उपचारका नाममा देश छाडेर विदेश भाग्नुप¥यो । अब साउन २८ गते देउवा स्वदेश फर्कदैछन् । आखिर चाहिने त आफ्नै माटो रहेछ, आफ्नै परिवेश र राजनीतिक धरातल चाहिने रहेछ ।
हुन त जेनजी विद्रोह हुँदा केपी ओली प्रधानमन्त्री थिए । उनले पनि सत्ता छाडेर सेनाको सहारामा भाग्नु प¥यो । शेरबहादुर देउवा र ओली यी त्यस्ता पात्र हुन्, जसले नेपाली राजनीतिमा जनविरोध भयो भने के सम्म हुनेरहेछ भन्ने दृष्टान्त बनेका छन् । यी दुईको नियतिलाई हेरेर राजनीतिमा लागेकाहरूले आफूलाई जनअपेक्षामार्गमा लगाउन जरूरी छ । अन्यथा जे पनि हुनसक्छ ।
राजनीति समाज बदल्नका लागि हो, आफू सम्पन्न हुनका लागि होइन ।
राजनीतिको यो गुढार्थ जसले बुझेन, उसले दुर्भाग्य भोग्नेछ ।