Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

साम्राज्यवादी प्रतिस्प्रधाको जातोमा गरीब देशहरू

२६ मंगलबार , श्रावण २०८३९ घण्टा अगाडि

साम्राज्यवादी प्रतिस्प्रधाको जातोमा गरीब देशहरू

अहिलेको सबैभन्दा ठूलो सङ्कट भनेको उद्योगिक् र व्यपारिक प्रतिसप्रर्धा नै हो । विश्वका शक्तिशाली राष्ट्रहरूले आफ्नो अधिनमा राखेर विश्वलाई आफ्नै दबदबा बनाइराख्ने प्रयासमा गरिब देशहरूलाई निसाना बनाउंदै आएका छन् । ऊ आफैले आतङ्कवादी जन्माउने हुराकाउने र आफ्नो काम पुरा भयोभने उसैलाई सिद्दाईदिने  खेल पनि खेल्दै आएको छ ।
धनी देशहरूले पनि गरिब देशहरूलाई उनिहरूले देश नै नसम्झिने र त्यहांका जनताहरूलाई मानिस नसम्झिने धनी देशहरूको व्यवहारले गर्दा गरिब देश र त्यहाँका जनताहरूको अस्तित्व नै खतरामा परेको देखिन्छ । जस्तै पहिले सार्क देशहरूमा भारतको एक्लौटे राज थियो । अहिले खास गरेर विश्वको सबैभन्दा शक्तिशाली देश भनिने अमेरिकी साम्राज्यवाद यतिबेला विश्वमा सबैभन्दा प्रभावशाली बनेको छ । ऊ धेरै पहिले देखि नै विश्वमा आफू एकलौटो महाशक्तिको रूपमा स्थापित हुन अरू प्रयत्न गर्दै आएको थियो ।
खास गरेर सोभियत रूसको बिघटन पछि त ऊ एक्लो महाशक्तिको रूपमा देखिन्छ । उसले कुनैपनि देशलाई आफू बरारी गरेको देख्न सक्दैन् । जापानको हिरोसिमा र नागासाकीमा बम हानेर त्यहांको अर्थ व्यवस्था र मानव समेतलाई ठूलो सङ्कटमा पुराएको अमेरिकी साम्राज्यवादले आफ्नो साम्राज्य कायम राख्न अहिले चीनलाई घेर्ने योजनामा छ ।
ऊ विश्वको शक्तिशाली बनिरहन अमेरिकी साम्राज्यवादले संसारका देशहरमा आफ्नो स्वार्थ पुरा गर्न आतङ्क फैलाउंदै आएको कुरा कसैबाट लुकेको छैन । उसले सक्यासम्म साना र आर्थिक स्तरमाथि उठ्न नसकेका देशहरूमा बिभिन्न प्रलोभनमा पारेर त्यहाँको सार्वभौमसत्तामा आफ्नो मनपरि गर्न त्यहा कटपुत्ली सरकारहरू बनाउने र आफूले चाहे अनुसार उनिहरूलाई उपयोग गर्ने उस्को व्यवहार रहंदै आएको छ । उसले भनेको नमान्ने मुलुकहरूको हबिगत सबैको सामुन्य छर्लङ्गै छ । एक पल्ट अमेरिका कुनै देशभित्र प्रवेश गर्यो भने फर्कदैन ।
जसले आफूलाई विश्वको प्रथम जनतान्त्रिक देश भनेर नथाक्ने अमेरिका विश्वको जनतन्त्रको दुश्मन् बनेको छ । हुन त जनतन्त्रवादी नेताहरू स्वार्थी र लोभी हुनाले पनि हे । विदेशीभन्दा पनि आफ्नो राष्ट्रमा कुठाराघात गर्ने वातावरण आफै तैयार गर्दै आएका छन् ।
उसलाई अरू भन्दा पनि विश्वमा आफ्नो खौफ रहिरहोस् र उसलाई कुनैपनि देशले उछिन्न वा बराबरी गर्न नसकोस् भन्ने चिन्ता मात्र छ । साम्राज्यवादको शक्ति भनेको हरेक क्षेत्रमा प्रभाव हो ।
जसले विश्वको बजारमा आधुनिक हात हतियार निर्यात गर्दै आएको छ । पछिल्लो लटमा अहिले चीनले उसलाई उछुनिरहेकोमा उसलाई यति डाह भएको छ कि उसले चीनको व्यापारलाई पटक पटक अङ्कूशको प्रयत्न गर्दैछ ।
अहिले एआइलाई प्रयोग गरेर उनीहरूले रोबोट तैयार पारेका छन् । जो मानिस जस्तै देखिने वा चार खुट्टाले दौड्ने रोवट पनि छन् । त्यसमा पनि चीन विश्वमा सबैभन्दा अगाडी छ । चीन संसारकै सबैभन्दा शक्तिशाली राष्ट्र बनेको छ । उसले  अर्टीफिसल इन्ट्रीलेजसन (एआई)लाई प्रयोग गरेर रोवोट उत्पादन् र उद्योगिक क्षेत्रमा एक्लैले विश्वको ५५ प्रतिशत  अर्थात आधा भन्दापनि धेरै कब्जा गरिसकेको छ । तीस लाखभन्दा बढी रोवटले चीनको उद्योगिक क्षेत्रमा काम गरिरहेका छन् । उहिं अमेरिकामा जम्माजम्मी चार लाखले  काम गरिरहेको बताइन्छ । यसरी विश्वको रोबोट बाजारमा चीनले राज गरिरहेको छ । त्यो देखेर डोनाल्ड ट्रम सरकारले रोबोटको आयातमा रोक लगाउने निर्णय गरेको छ । नेजर कम्युनिकेसन एम सीसी द्वारा उसले थुप्रै देशहरूमा चीनबाट निर्माण भएका बस्तुहरूमा अंकूश लगाउने प्रयत्न गर्दै आएको छ । एमसीसी बोर्ड भनेको अमेरिकाको एउटा शक्तिशाली हतियार बनाएर चीन जस्ता देशहरूको अर्थ व्यवस्थालाई नोक्सान् पुराउने उनिहरूको उदेश्य हो । अहिले नेपालमा उसको दृष्टि परेकै चीनलाई घेर्न हो । चीनलाई घेर्न नेपाल भन्दा सजिलो ठाउँ उसलाई कुनैपनि हुन सक्दैन् । 
अमेरिकाले परमाणु अस्त्रकै बलमा धेरै देशहरूलाई डर देखाएर आफ्नो कुचेष्टा पुरा गरेको पनि छ । विश्व बजारमा आफ्नो मात्र दबदबा रहिरहोस् र दादागिरी रहिरहोस् भनेर उसले सधैं प्रयास गर्दै आएको छ । ट्रमले यक्रेनलाई युद्ध नरोके उसका सबै तेल निर्यातमा निशाना साध्ने भन्दै धम्काएको थियो । उसले भारतले रूसबाट तेल खरिद गर्दा आपत्ती जनाउदै २५ प्रतिसत आयल कर लगाउने कार्यकारी आदेश जारि गरेर कुल कर दर ५० प्रतिसत पुराएको थियो । आकम्रण गर्दै आएको छ । अफगानिस्तानमा उसले लामो समयसम्म कब्जा जमायो । भन्दै नभएको आरोप लगाएर सद्दामहुसेनलाई १३ दिसम्वर सन् २००३मा पक्रियो र ३०दिसम्वर २००६ मा फाँसीमा झुण्डायो । सद्दामको सपरिवार मारिए । विश्वले गरेको बिरोधको पुरै बेवास्था गर्यो । अमेरिकालाई कुनै देशले केही पनि गर्न सकेनन् । भेनेजुएलाका राष्ट्रपति  निकोलस मादुरो र उन्को पत्नीलाई ३ जनवरी सन् २०२६ मा बेडरूमबाटै छोपेर न्यूयोर्क पुराएको थियो । उनिमा लागू औषध र आतङ्कवादका साथै कोकिनको तस्कर गरेका आरोपहरू लगाएको थियो ।
इरानसङ्ग लामो युद्ध भइरहेछ । यस्ता कयौं उधारणहरू छन् । अहिले उसैलाई टक्कर दिन जन्मिएको चीनलाई ठेगान लगाउन अमेरिकालाई नेपालको भूमि चाहिएको छ । यसरी धनी तथा साम्राज्यवादी मुलुकले आफ्नो स्वार्थ पुरा गर्न विश्वका गरिब देशहरूलाई निसाना बनाएका हुन्छन् । एकातिर उसले चीनसङ्ग उस्को प्रसंसा गर्दै चीनिया राष्ट्रपति सि जिन्पिङलाई महान नेता भन्छ, आर्कोतिर चीनलाई कसरी तह लगाउं भन्ने दिनरात योजना बनाउँछ ।
विश्वको बजारमा चीनका समान बिक्री नहुन् भनेर उसले सधैं चीनलाई रोक्ने प्रयासमा छ । कसैको रिशले चीन डराएको छैन बरू उसले विश्व बजारमा  निरन्तर अमेरिकालाई पच्छार्दै गएको छ । यद्यपि चीन आफै पनि साम्राज्यवादी बाटो छोपेको देश हो । त्यहाँ कामरेड माओत्सेतुङ्गको निधन लगत्तै प्रतिक्रान्ती भएको थियो । आज माओकै नेतृत्वमा भएको नयां जनवादी व्यवस्थाकै जगमा टेकेर विकास भएको छ । चीनले समाजवादी व्यवस्था छोप्नुपर्ने हो तर उसले आर्थिक उन्नतीका साथै साम्राज्यवादी बाटो छाडेको हो ।
हाम्रो देश नेपालका लागि चीन भारत दुबै छिमेकी देश हुन् । दुबै देश सङ्ग हाम्रो आत्मिय सम्वन्ध छ । त्यहाँका जनता सङ्ग आपसी सद्भाव र भाइचारा छदैछ । हाम्रो प्रयास पनि छिमेकीहरूसङ्ग मित्रवर सम्बन्ध रहिरहोस भन्ने नै छ । हामीले कुनैपनि देशको सार्वभौमिकता त्यो देशको अखण्डतालाई स्वीकार्ने र राष्ट्रिय हित र जनतन्त्रको पक्षमा उठेका तमाम सही आन्दोलनहरूको नैतिक समर्थन गरेपनि कुनै पनि देशको आन्तरिक मामिलामा दख्खल दिने गरेको इतिहास भेटिदैन । हाम्रो उदेश्य छिमेकीहरू सँग सदियौं मैत्रिपूर्ण सम्बन्ध राखिरहने नै हो । इतिहास साक्षी छ नेपाल राष्ट्र कसैको अधिनस्त रहेन । अन्य देशमा चलेका विदेशी हस्तक्षेपका बिरूद्धमा नेपालीले आवाज उठाउँदै आएका छन् । भारतीय जनताको स्वाधिन आन्दोलनमा नेपाली विरहरूले साथ सहयोग दिएका थिए । आजादी पछि पनि नेपाल र नेपाली जनताले छिमेकी मुलुकको सधैं सम्मान् गर्दै आएको छ । तर नेपालीहरूको यो सद्भावलाई छिमेकले सधैं मुल्याङ्कन् नकारत्मक रूपबाट गर्दै आएको देखिन्छ ।हाम्रो लागि चीन वा भारत दुबै छिमेकी देश हुन र दुबै देशसङ्ग हाम्रो आत्मिय सम्वन्ध छ र हुनुपनि पर्छ ।
हाम्रो देशमा प्राकृतिक श्रोत साधनहरू प्रशस्तै छन् । मात्र विकासको नियत भएका शाशकको कमी छ । मौकाप्रस्त विदेशी दलाल र स्वार्थी नेताहरूले नेपालमा विकास हुन दिएका छैनन् । हाम्रो देशलाई विदेशीहरूले जातीय र क्षेत्रिय  सम्प्रदायिक युद्धमा धकेल्ने प्रयास गर्दै आएका छन् । नेपाली जनता सचेत छन्, लडाकु छन् त्यसैले कसैको हिम्मत छैन  नेपाललई हेप्न । हामीमा एकता अपरिहार्य छ । बिभिन्न षड्यन्त्रकारीहरू बेलाबेलामा जातीय र क्षेत्रिय द्वन्द्व गराउने प्रयास गर्दैछन् ।
सचेत वर्ग कुनै जातीय र धार्मिक मुद्दामा लडेको हुँदैनन् । हामी नेपाली हौं । नेपाललाई माया गर्छौं र अखण्डता लागि आवाज उठाउँछौ । आफ्नो देशलाई षडयन्त्रकारीको जालमा फस्नबाट जोगाउँदै आएका छौं ।