
रतन रावल मुगु, साउन १४ ----------------------
समाजसेवा आफैँमा एक पवित्र कार्य हो, तर यसलाई आफ्नो जीवनकै मुख्य उद्देश्य बनाएर अघि बढ्ने व्यक्तिहरू समाजमा विरलै भेटिन्छन् । तिनै विरलै भेटिने व्यक्तिहरू मध्येका एक हुन्– मुगुका स्थापित समाजसेवी हुन मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं१३ थार्प म जन्मनु भएका पूर्व सशस्त्र प्रहरी बलका हवल्दार एवं धवाक खेलाडि अक्कल बहादुर बोहरा। लामो समयदेखि निःस्वार्थ भावनाले समाज रूपान्तरणमा लागेका बोहराले मुगुको मुगुको छायाँनाथ रारा नगरपालिका लगायतका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र दैवी प्रकोप उद्धारमा पुर्याएको योगदान अतुलनीय छ।
अक्कल कोपिला फाउन्डेसन मार्फत र आफ्नै व्यक्तिगत लगानीमा उनले गरेका थुप्रै उदाहरणीय कार्यहरूले अहिले सिङ्गो मुगु जिल्लाकै मुहार फेरिँदै गएको छ । समाजसेवी अक्कल बहादुर बोहराले स्थानीय स्तरमा पुर्याएका मुख्य योगदानहरू यसप्रकारका छन्।
शिक्षा क्षेत्रमा आमूल परिवर्तन र पूर्वाधार विकास
विद्यालय भवन र खेलमैदान निर्माण: छायाँनाथ रारा नगरपालिका वडा नं. १२ शोभामा विद्यार्थीहरूको सहजताका लागि २० लाख ९६ हजार ९१० रुपैयाँको लागतमा सुविधायुक्त विद्यालय फिल्ड चौर निर्माण गरिएको छ ।
विपद्मा विद्यालयलाई सहयोग छायाँनाथ रारा नगरपालिका वडा नं. ६ लिउडीमा हावाहुरी ले विद्यालयको छानो उडाएर पठनपाठन ठप्प भएको अवस्थामा यस फाउन्डेसन मार्फत तत्काल नयाँ छानो निर्माण गरिदिएका थिए। यति मात्र होइन कुनै विद्यालयमा शिक्षकको कमी भएकै कारण शिक्षक पनि आफैंले राखेर आफैले तलब दिएका
प्रविधि र शैक्षिक सामग्री वितरण मुगु जिल्लाभरिका विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका बोहराले रामेछापको मन्थली नगरपालिकास्थित प्रगतिशील विद्यालयलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर/फोटोकपी मेसिन समेत सहयोग गरेका छन् ।
सहज यातायातका लागि आरसीसी बाटो र सिँढी निर्माण
गाउँदेखि विद्यालयसम्म पहुँच: छायाँनाथ रारा नगरपालिकाको दलित बस्ती रञ्जनबालैमा विद्यार्थीहरू लाइ सजिलै विद्यालय आउन-जान सकून् भनी गाउँदेखि विद्यालयसम्म आरसीसी बाटो निर्माण गरिएको छ ।
लापु र रुघा गाउँको मुहार फेरियो: वडा नं. १३ को लापु गाउँ र रुघा गाउँका १५२ घरधुरीलाई प्रत्यक्ष फाइदा पुग्ने गरी गाउँभित्रै व्यवस्थित आरसीसी बाटो निर्माण गरिएको छ।
धार्मिक पदमार्ग निर्माण: वडा नं. १३ को गाउँदेखि प्रसिद्ध धार्मिक स्थल मालेकी माईसम्म जाने करिब ३ किलोमिटर लामो पैदलमार्गमा ढुङ्गाको व्यवस्थित सिँढी निर्माण गरिएको छ ।
धार्मिक, सांस्कृतिक तथा खानेपानी पूर्वाधार
धर्मशालाहरूको निर्माण: जेन्जी सहितको वीर सपूतहरूको सम्झनामा मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ६ रञ्जनबालैमा, धर्मशाला निर्माण र वडा नं. १४ बामखोला मसनघाटमा, वडा नं. ५ कार्किबाडामा र वडा नं. १३ मालेकी माई मन्दिर परिसरमा सुविधासम्पन्न धर्मशालाहरू निर्माण गरिएका छन् ।
घाट र पहुँच मार्ग व्यवस्थापन: नागरिकहरूको सहजताका लागि वडा नं. १० र ११ को पायक पर्ने स्थानमा तथा वडा नं. १२ मा मसनघाट निर्माण गरिएको छ । साथै, समाजसेवी बोहराले आफ्नी स्वर्गीय आमा गोरी बोहराको स्मृतिमा वडा नं. १३ मा मसनघाट र मसनघाटसम्म पुग्ने बाटो समेत निर्माण गरेका छन् ।
प्रवेशद्वार र खानेपानी धारा: वडा नं. १० मा आकर्षक प्रवेशद्वार गेट निर्माण गरिएको छ भने वडा नं. १०, ११ र १२ का विभिन्न स्थानमा सर्वसाधारणका लागि स्वच्छ खानेपानीको धारा जडान गरिएको छ ।
मानवीय सेवा र तत्काल राहत उद्धार
बाढी-पहिरो पीडितलाई उद्धार: वि.सं. २०८२ सालमा चरापा गाउँमा गएको विनाशकारी पहिरोका कारण ९ वटा घरमा पूर्ण क्षति पुग्दा समाजसेवी बोहराले तत्कालै घटनास्थल म प्रतिनिधि पठाएर राहत सामग्री वितरण गरेका थिए त्यस्तैगरी २०७९ सालमा सालीमा न ठूलो पहिरोले आयोजना मानिसको मृत्यु भएको थियो। त्यहाँ पनि सहयोग र राहत वितरण गरेर फाउन्डेसन भएको थियो। बाढी, पहिरो र प्राकृतिक प्रकोपमा परेका नागरिकका लागि उनी सधैँ अग्रपङ्क्तिमा उभिने गरेका छन् ।
बिरामीको निःशुल्क उपचार: आर्थिक अभावका कारण अस्पतालको शय्यामा छटपटाइरहेका असाध्यै विपन्न नागरिकहरूलाई उनले व्यक्तिगत खर्चमा उपचार गराई नयाँ जीवन प्रदान गर्दै आएका छन् ।
निष्कर्ष:
कुनै सरकारी ओहोदा वा राजनीतिक स्वार्थ बिना नै अक्कल बहादुर बोहराले मुगु र वरपरका क्षेत्रमा पुर्याएको यो योगदान समाजसेवाको एउटा उत्कृष्ट नमूना हो । आफ्नो कमाइको ठूलो हिस्सा बुवा-आमा र दिवङ्गत आत्माहरूको सम्झनामा सामाजिक काममा लगाउने बोहराको यो कदमले स्थानीय सरकारलाई समेत थप ऊर्जा र प्रेरणा थपेको छ । मुगुवासीका सुख-दुःखका सच्चा सारथी बोहराको यो अभियान आगामी दिनमा पनि निरन्तर अघि बढ्ने स्थानीयको विश्वास छ ।


