
भारतको नयादिल्ली स्थित जन्तर-मन्तरमा बिरोध प्रदर्शन् अहिले समापन भयो। सरकारको अडियल रबैयाले यसलाई अंझ लम्बाउने सङ्केत थियो। ढिलै भएपनि सरकारको सद बुद्धी पलायो जन दबावले उनिहरूको जग हिलाएपछि।
आन्दोलन् चलेपछि प्रधानमन्त्री नरेन्द्रमोदी संसदमा नगएको आरोप मुख्य बिपक्ष दलकी नेता प्रियङ्का गान्धीले पत्रकारलाई बताइन्।साच्चैभन्नु पर्दा काग्रेश पनि आन्दोलनकारीको बिचमा धेरै पछि पुगेको हो।
आन्दोन् को भविश्य सरकारको हातमा पनि हुन्छ ।यसलाई उसले गरेको दमन् लाठिचार्ज ले आन्दोलन् झनै बढाएको देखिन्छ।पेपर लिक पछि तुरून्तै सरकार आफैले एक्सन् लिनुपर्ने थियो।
जुनसुकै देशमा आन्दोलन भयपनि त्यसको मुल्याङ्कन् पनि पक्ष र बिपक्षमा आउंछन्।तर निश्पक्षमा भने खासै आउदैनन्।मिडियाहरू धेरैजसो सरकारकै गुणगान् गर्ने बढी देखिन्छन्। खास गरेर भारतमा यस्तै भएको छ।सरकारको बिरोधमा खासै लेख्न मान्दैनन्।सबैमा पावर र पुजिको प्रभाव हुन्छ नै ।
बिजेपीले सत्ता सम्हालेपछि सबैभन्दा पहिले उसले मिडियामाथि आफ्नो प्रभाव जमाएको थियो ।त्यसैपनि सरकारको बिरोधमा लेख्नु भनेको शङ्घर्ष गर्नु हो।सरकारको हितमा लेख्नु भनेको केही सुबिधा पाउनु हो ,भन्नेबारे उनिहरू प्रष्ट छन्। आमिले सधैं देख्दै आएका छौं कसैले पनि शङ्घर्षको बाटो खुसिभयर अप्नाउदैनन्।व्यवस्थापनमा भ एको कम्जोर पक्षनै गृहयुद्धको जन्मदाता हुन्छ।
विद्रोह शङ्घर्ष विध्मान् परिस्थितीलाई पन्छाउने आट राख्नेहरूले मात्र गर्छन्।व्यवस्थामा रम्नेहरूले त्यस्तो आंट गर्न चाहांदैनन्।त्यही व्यवस्थालाई ढाकछोप र त्यसैको गुणगान गरेर फाइदा उठाएका हुन्छन्।
दिल्लीको पर्दर्शन् कुनै एउटा राजनीति पार्टीको मसला थिएन रत कयौं राजनैतिक पार्टीले त्यो आन्दोलनलाई नैतिक समर्थन् दिन पुगे।त्यो एउटा राष्ट्रिय मुद्दा थियो। यद्यपि यस्मा बिभिन्न राजनैतिक पार्टीहरूका आ आफ्नै स्वार्थ पनि हुनसक्छन्।
खासगरि दिल्लीका पुर्व मुख्यमन्त्री अरबिन्द केजरिवारले खुलेर नीटका विद्यार्थीहरूको समर्थन् गरेका थिए,साथै शिक्षाविद्को आमरण अनसनमा पनि उनि पुगेका थिए।उस्तै मुम्बैबाट बाल ठाकरेका सन्तती उद्म ठाकरेपनि केजरीवाल सगै देखिएका थिए। उनि बालठाकरे जो शिवसेनाका संस्थापक पनि हुन् उनैका छोरा तथा महाराष्ट्रका १९औं मुख्यमन्त्री उद्धव ठाकरे पनि आन्दोलनको बिचमा रहेका थिए। प्रियन्का गांधी र राहुल गांधीले पनि सरकारको बिरोधमा र आन्दोलनकारीको पक्षमा आवाज आ आफ्नै तवरले उठाएका छन्।
समाज सेवक योगेन्द्र यादव पनि आन्दोनकारीको बारेमा सोधपुछ् गर्न पुगे,उनि पनि अन्ना आन्दोलनका सहयात्री थिए कुनैबेला।उन्ले यस्तो जवर्जस्त विद्यार्थी आन्दोलन सन् १९७४मा भएको र अहिले पचास वर्षपछि फेरी भएको दावी गरेकाछन्।
अन्नाहजारेले मोदीलाई पत्र पठाएर हिंशक गतिबिधी बन्द गर्न सुझाव दिएकाथिए।उनि गांधीवादी सामाजिक ब्यक्ति हुन्।उन्ले आफूले गरेको २२पटकको आन्दोलनमा यस्तो हिंशक नभयको बताएका थिए।दशव़टा कानुन बनाउन सफल अन्नाहजारेले जनतालाई मालिक बताएकाछन्।जनताले दिएको जनादेशमा मोदीको मोहर हुनुपर्ने आसायको पत्र पठाएर आन्दोलनकारीको हितमा आवाज उठाएकाथिए।
यसरी के बुझिन्छ भने नीटका विद्यार्थीको आन्दोलन् बलियो बनेको थियो।
प्रभावशाली बन्न सक्यो र सरकारले घुडा टेक्यो।जसलाई बिभिन्न संग संस्थाको सहयोग र समर्थन् नभएको भए आन्दोलनले सफलता पाउने थिएन।यो बिजेपी सरकारको लागि एउटा शिक्षा पनि हो।
त्यो आन्दोलन। समग्रहमा मैडिकल प्रवेश गर्ने तैयारी गरेका तमाम नीटका विद्यार्थी हरूको भविश्यसङ्ग जोडिएको अहम मुद्या थियो।उनिहरूका बा आमाले कुन राजनीति पार्टीलाई समर्थन् गर्छन् त्यो बिषयसङ्ग यस आन्दोलनको कुनैपनि सरोकार छैन।यस आन्दोलनको सरोकार थियो, विद्यार्थीको भविश्य सङ्ग।जसले विद्यार्थीको भविश्यसङ्ग खेलवाड गर्यो शिक्षा मन्त्री धर्मेन्दर प्रधानको राजिनामा सङ्ग मात्र उनिहरूको सरोकार थियो।साथै जजसले पेपर लिकपछि आत्महत्या गरेका छन्। उनिहरूको आश्रृतलाई क्षतिपूर्तीको माग पनि गरेका थिए।
में सन् २०२६ मा (NEET) मेडिकल प्रवेश परिक्षाको प्रश्नपत्र चुहाव़ट अर्थात( Paper Leak) साथै CBSE मूल्याङ्कनमा भएको गडबडी ( धान्दली)को बिरोधमा बिभिन्न राज्यका विद्यार्थीहरूले भारतको राजधानीमा बिरोध प्रदर्शन गर्दै दोशिलाई कार्वाही गर्न सकारलाई दबाव दिए।
उनिहरूले भ्रष्टाचारको बिरोधमा रोष प्रकट बिरोध प्रदर्श गरेकोमा सरकारले तुरून्तै उनिहरूलाई बोलाएर उक्त भ्रष्टाचारिलाई कार्वाही गर्दिएको भए राजधानीमा यस्तो तमाशा हुनेथिएन्।विद्यार्थीहरूको उक्त माग नजायज पनि थिएन।उनिहरूले आफ्ना माग राख्ने ठाउपनि यही हो।
तर सरकारको नियती दमनकारी हिंशक थियो जसले लोकतन्त्रलाई आफ्नो मुठ्ठीमा राखेर शाशन गर्न खोज्यो। परिणाम अहिले मोदीको कुर्सीमा समेत प्रश्न चिन्ह खडा भएको छ।यद्यपि उनिहरूले ढिला भएपनि बुद्दी पुराएकाछन्।यसबाट हाम्रो देशको सरकारले पनि केही शिक्षा लिनुपर्छ।
केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधान् तत्काल राजीनामा, परिक्षा बिवाद वा मानसिक तनावका कारण आत्महत्या गरेका विद्यार्थीहरूका आश्रृतहरूलाई आर्थिक सहयोग क्षतिपूर्तिको उनिहरूको मागलाई कसैलेपनि नजायज भन्न सकेकाछैनन्। २०जुलाई २०२६मा मनसुन अधिवेशन् सुरू भएकै दिन हजारौं युवाहरूले संसद भवन कुच गर्ने कर्ममा प्रदर्शनकारी र सुरक्षा कर्मिको बिचमा भएको क्षड्पमा दर्जनौं आन्दोलनकारी र ११८जना सुरक्षा कर्मी घायल भएका थिए। सरकारको प्रदर्शनकारीहरूलाई कुचल्ने जुन ब्यवहार भयो त्यसैले बिभिन्न राजनैतिक दलहरूको ध्यान् खिचेको हो ।पंजाब,हरियाणा,राजिस्थान,उत्तरप्रदेश,लगायत दक्षिण भारत र माहाराष्ट्सम्मका युवाहरू भोकै प्यासै आन्दोलित भएकाथिए।उनिहरूले आफ्नो मागलाई जीवन मरणको प्रश्न बनाएका थिए।त्यसले गर्दापनि आन्दोलनको भविश्य उज्वल थियो।
यद्यपि प्रसिद्द पर्यावरणविद् तथा शिक्षाविद् सोनाम वाङचुक २७दिन देखि आमरण अनसन्मा बसे। तर पनि सरकारको अडियल पन बरकरार राख्यो ।यसैसङ्ग भारतमा २४जुलाई २०२३मा गठन भएको( CJP) ककरोच जनता पार्टी नामक संगठनले पनि भारतब्यापि आन्दोलन् चलाएको देखिन्छ।सरकारले सकेसम्म उनिहरूको प्रदर्शनलाई दमन गर्ने,बलपूर्वक कुचल्ने दुशसहास गर्दै थियो।
भारतको आजादी पछि केन्द्रमा लामो समयसम्म काग्रेस (आई)ले सरकार चलायो।उनिहरू जनतामा तित्ता भएपछि बिजेपीको सरकार आयो अहिले भारतमा उनिहरू पनि जनताको बिचमा नाङ्गिदै छन्।जनतामा शाशन् होइन सेवागर्नेहरू उनिहरूका आंखाका नानी हुन्छन्।त्यसको उधारण स्वायम दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरिवाल हुन्।
एकजना केजरिवाललाई हराउन बिजेपीको केन्द्र देखि राज्य सरकारलाई करिव १५वर्ष लागेको थियो।त्यो पनि झुटा आरोपमा फसाएर दिल्लीका जनताहरूलाई आफूतिर खिचेका थिए।
हामिलाई यो भोटको राजनीतिमा खासै विश्वास लाग्दैन तरपनि भारतको दिल्लीमा केन्द्रीय सरकार पक्षको केजरिवालले निद हराम गराएका थिए।
लोकतन्त्रमा भोटलाई बढी महत्व दिइन्छ,त्यस हिसावले पनि हेर्दा एउटा सामाजिक ब्यक्तित्वलाई राजनीतिमा आउन त्यो बेलाका कांग्रेसहरू आफैले बाध्य गराएका थिए।भ्रष्टाचार बिरोधी अन्नाहजारेको आन्दोलनमा सरिक हुनगएका केजरीवालले सन् २०१३मा आम आद्मी पार्टी बनाए र सन् २०१३मै कांग्रेसकी दिग्गज नेता तथा दिल्ली कि मुख्यमन्त्री शिलादीक्षित् लाई ४०८९मत अन्तरले हराएका थिए।
जसले लामू समयसम्म दिल्लीमा जनताको सेवा गरे।तीनपटकसम्म उनि मुख्यमन्त्री बने।तर सन् २०२५को निर्वाचनमा बीजेपीका प्रवेश वर्माले हराएका थिए।त्यसबेलापनि केजरिवालले २५९९९मत लिएकाथिए।यद्यपि उन्लाई झुटा आरोपमा जेल हालिएको थियो र उनि जमानतमा छुटेका थिए।जस्को फैसला केजरिवालको पक्षमा केहि दिन पहिले आएको हो ।
भारतमा बीजेपी सन् २०१४देखि केन्द्रमा शाशन गरिरहेको छ।अहिले जति सुकै दबाव दिएपनि आन्दोलनमा युवाहरू उत्रियका छन्।सरकारको दमन् अन्याय अत्यचारका बाबजुद प्रदर्शनकारिहरूको मनोबल गिरेको छैन्। यद्यपि प्रधानमन्त्री आफैले सोसलमिडियामा मध्यराती एउटा बयान दिएका थिए।उनिभन्छन् " नीटको लिकिज सामन्यहोइन जसले परिक्षा पेपर लिक गराए उनिहरूलाई जेलभित्र राखिएको छ।विद्यार्थीको वर्ष खराब नहौस् भनेर तुरून्तै कार्वाही गरियो र पेपर दिन लगाएर १९गते त्यसको रिजिल्ट पनि आइसकेको छ।
अब त्यसलाई छानबिन गर्न फष्टट्रेक कोर्टका लागि बिभागलाई आदेश दिइएको छ।उनिभन्छन् सोमबार देखि सुरूहुने सदनमा त्यसको छलफल पनि राखिने छ।"उनको यही स्टासपछि आन्दोलन झनै बढेको थियो।
त्योबेलासम्म पनि उनि विद्यार्थीको मागलाई सम्मोदन हुनेगरी राख्न सकेका थिएनन्।उनिहरूको माग माथि भनेको जस्तै पहिलो धर्मेन्द्र प्रधान जो शिक्षामन्त्री हुन उन्को इस्तिफा र मानसिक असरपरेर आत्महत्या गरेकाहरूका नीटका विद्यार्थीका आश्रृतहरूलाई मुवाब्जा दिने भन्नेबारे मोदीले चुं सम्म पनि गर्नसकेका थिएनन्।जब आन्दोलन बढ्यो उनलाई लाग्यो अब यो जनसैलाबले सराकरनै बगाईदिन्छ।तब मात्र उन्ले धर्मेन्द्रलाई हटाए।
नीटको पेपरमा भएको लिकबाट रूष्ट भएर करिव २२जना विद्यार्थीहरूले मानसिक सन्तुलन गुमाई आत्महत्या गरिसकेका छन्।तर प्रधानमन्त्री नरेन्द्र मोदीले भन्छन् जुनसुकै परिस्थितिमा पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई हटाइन्न।यही उन्को शब्दले त्यो युवाहरूको आन्दोलनमा घ्यू थपेको थियो।
एसले के बताउछ भने स्वायम प्रधानमन्त्री आफैले पनि भ्रष्टाचारको बिरूद्धमा एक्सन् लिन चाहांदैनन्।जसले विद्यार्थीहरूको आन्दोलन् अझैपनि चर्किने सम्भावना देखेपछि उनि डराएका थिए।
मोदी आफैले पनि शिक्षामन्त्रीलाई हटाएर त्यसको छानबिन गराइदिएकोभए यस्तो समश्या आउने थिएन।अहिले आफूलाई अब्बल दर्जाको लोकतन्त्र भन्नेहरूबाटनै लोकतन्त्रको हत्या गर्ने प्रयास हुंदै आएको जग जाहेर छ।तरपनि सरकारले जनतदवावपछि धर्मेन्द्र प्रधानको राजिनामा माग गरेपछि अहिले धर्मेन्दर प्रधानले राजिनाम दिए।यसरी भारतीय युवाहरूले चलाएको आन्दोलनले सफलता हासिल गरेको छ।जनताको शक्तिलाई कुचल्ने प्रयात्न सफल हुनसक्दैन् भन्ने यो एउटा बलियो प्रमाण पनि हो।


