Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अबको आवश्यकता राष्ट्रवादी शक्तिहरू एकताबद्ध हुनु हो

०६ बुधबार , श्रावण २०८३२२ दिन अगाडि

अबको आवश्यकता राष्ट्रवादी शक्तिहरू एकताबद्ध हुनु हो

२०२६ सालतिरको नेपाली कांग्रेसको राजनीतिक अवस्थालाई हेर्दा, १९४७ अघिको भारतमा रहेको भारतीय कांग्रेस पार्टीको राजनीतिक घटनाक्रमसँग धेरै हदसम्म समानता देखिन्छ। महात्मा Mahatma Gandhi का विचार र सिद्धान्तले राजनीतिक उचाइ त हासिल गरे, तर अन्ततः भारतीय कांग्रेस विदेशी शक्तिको प्रभाव र नेहरू परिवारको केन्द्रमा सीमित हुन पुग्यो। त्यसैगरी, नेपालमा पनि नेपाली कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नरहेको २०८२ भदौ २३/२४ को Zen-Z आन्दोलनको प्रभावले २०४७ र २०६३ पछि स्थापित राजनीतिक संरचनामाथि गम्भीर प्रश्न उठाएको देखिन्छ। अवैधलाई वैध बनाउने निर्णय र मूल्यहीन राजनीतिक अभ्यासले कांग्रेसको वैचारिक धरातल कमजोर बन्दै गएको अनुभूति हुन्छ। दक्षिण एशियाको इतिहास हेर्दा, यहाँका राजनीतिक शक्ति र शासन व्यवस्था प्रायः आफ्नै बलबुताभन्दा बाह्य प्रभाव र शक्ति सन्तुलनको आडमा टिकेको देखिन्छ। देश ठूलो होस् वा सानो, भौगोलिक स्वरूप जस्तोसुकै भए पनि यो यथार्थ फेरिएको छैन। यद्यपि, दक्षिण एशियाको वैचारिक र सैद्धान्तिक राजनीतिमा Mahatma Gandhi, Bishweshwar Prasad Koirala र Ganesh Man Singh जस्ता नेताहरू आज पनि प्रेरणाका स्रोतका रूपमा स्थापित छन्। गान्धीपछि उनको परिवार भारतीय राजनीतिमा सक्रिय रूपमा देखिएन, तर नेपालमा विपी कोइराला र गणेशमान सिंहका परिवारले अझै पनि नेपाली प्रजातन्त्रको मौलिक संस्कृति, राष्ट्रियता र लोकतान्त्रिक मूल्यको संरक्षणमा सक्रिय भूमिका निर्वाह गरिरहेका देखिन्छन्। तर पछिल्लो समय उनीहरूमाथि पनि भारतमा गान्धीपछिको राजनीतिक परिस्थितिजस्तै घेराबन्दी सिर्जना गर्ने, राजनीतिक अस्तित्व कमजोर पार्ने र बाह्य शक्तिको आडमा योजनाबद्ध रूपमा प्रभाव समाप्त गर्ने प्रयास भइरहेको आभास हुन थालेको छ। अबको आवश्यकता भनेको राजनीतिक शक्ति सन्तुलन कायम गर्दै नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता जोगाउन सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकताबद्ध हुनु हो। राष्ट्रको नेतृत्व गर्ने ऐतिहासिक अवसर विपी र गणेशमानका उत्तराधिकारीहरूले गुमाउनु हुँदैन। जय नेपाल