Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भागवत्बाट के ज्ञान लिने ?

०५ मंगलबार , श्रावण २०८३२२ दिन अगाडि

भागवत्बाट के ज्ञान लिने ?

 –मातृका दाहाल-------
–परेवाबाट पाएको ज्ञानः कहिल्यै एक्लै नहुनु
–अजींगरबाट पाएको ज्ञानः खानका लागि नदौडिनु
–समुन्द्रबाट पाएको ज्ञानः सधै समान हुनु (चैत र साउन कबmभ)
–पुतलीबाट पाएको ज्ञानः रूपको घमण्ड नगर्नु
–माहुरीबाट पाएको ज्ञानः खान अरूलाइ नसाँच्नु
–हात्तीबाट प्राप्त ज्ञानः अर्काको बस्तुमा लालचा नगर्नु
–भमराबाट प्राप्त ज्ञानः मीठो पाएँभन्दैमा एकैठाउँमा नबस्नु
–मृगबाट पाएको ज्ञानः रसरंगमा नबोल्नु, भावरसमा नभुल्नु
–माछाबाट पाएको ज्ञानः क्वाप्प नखानु, प्याच्च नबोल्नु
–वेश्याबाट प्राप्त ज्ञानः आशाबाट परमशुख, निराशाबाट दुख
–कमलकोटीबाट प्राप्त ज्ञानः सज्जनको संगत भए सप्रन्छ (माकुरोबाट कमलकोटी)
–कुमारीबाट प्राप्त ज्ञानः एकान्तमा बस्दा कसैको पनि ठक्कर हुँदैन
–वाणकर्ताबाट प्राप्त ज्ञानः एकाग्रचित्त गरे सफल
–माकुराबाट प्राप्त ज्ञानः संग्रह गर्दा घाटा
–चराबाट प्राप्त ज्ञानः जिम्मेवारी सकिएपछि बसाइसर्ने ।
–गुरूः जहाँपायो त्यही झट्टै बुइ नचढ्नु÷ अरूविश्वास नगर्नु