Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

बेलाबेलामा समय सुधार्दै जानपर्ने महेश्वर जुजु राजोपाध्याय

०५ मंगलबार , श्रावण २०८३९ घण्टा अगाडि

बेलाबेलामा समय सुधार्दै जानपर्ने 
महेश्वर जुजु राजोपाध्याय

सूर्यको १ वर्ष ३६५ दिनको । चन्द्रमाको केवल ३५४ दिनको १ वर्ष । यसलाई मिलाउन अधिक मास पुरूषोत्तम महिना थपिन्छ । तैपनि ७२ वर्षमा १ दिन फरकै पर्छ । एक दिन सारौं भन्दा शुक्रबारलाई शनिवार भन्न मिलेन तिथि र नक्षत्रहरू पनि मिलेन । हाम्रा पुर्खाहरूले २१५० वर्षमा पर्न आउने पुरूषोत्तम महिनालाई हटाएर समय सुधारे । ने.सं. ५५९ संम नेपाल हाँकेका अध्ययनशील राजा ज्योतिर्मल्लले यस ग्रह गतिबारे सार कुरा प्रचार गरूं भनी ज्योतिष विद्याको सार कुराहरू पहिल्याएर ज्योतिः सिद्धि सार ग्रन्थै लेखे । छोरा राजा यक्ष मल्लले यस प्रकृतिलाई ध्यानै दिएन । देवी देवतावाट शक्ति पाउने तिर मात्र लागे ।
श्री पशुपतिनाथले तिम्रै दरवार अगाडि मेरो मन्दिर वनाउनु, म त्यहीं वसिदिन्छु भन्ने आज्ञा भयो । भक्तपुर दरबार अगाडि यक्षेश्वर पशुपति स्थापना गरी सेवा गरे । चण्डेश्वरी माताले देशको सिमाना बढाउनु आज्ञा भई एक करोड स्वर्ण मुद्रा नै बक्सियो । सेनाहरू बढाउँदै हतियारहरू पनि किनी मोरङ्बाट गोरखा संम र शिकारजोङबाट तिर्हुत संम जित्न पुगे । वाँकी रहेको पैेसा भक्तपुर तलेजु मै गाडेर माँलाई सुंपे ।
समय सुधार्ने तिर ध्यान नदिएकैले होला दशा लाग्यो र आफ्नै पौरखले आर्जन गरेको विशाल नेपाललाई टुक्रयाएर अंशवण्डा गरी दिए । १. राय मल्ल २. रत्न मल्ल ३. रण मल्ल ४. राम मल्ल ५. अरि मल्ल ६. पूर्ण मल्ल छोराहरू र १. छोरी धर्मवती समेत ७ जना सन्तानका नाम देश टुक्रयाएर भाग लगाई दिए ने.सं. ५८५ तिर । 
पाटनको राजा धर्मवतीले मेरा पिताज्यू पराक्रमी भक्त राजा भइकन पनि आफैले किन देश टुक्रयाउन पुग्नु भयो भनी निक्कै सोच्न पुगिन् । कारण फेला परेन एक दिन आफु सँग रहेको पितामह बाज्ये राजा ज्योतिर्मल्ल रचित ज्योतिः सिद्धिसार ग्रन्थ पढ्न पुगिन् ।
ज्योतिष शास्त्र भनेकै श्री सूर्यको गति बुझाउने शास्त्र हो । सूर्यको गतिसँग मिलेको चाडपर्वले सुख शान्ति ऐश्वर्य बढाउँछ र विश्वकै भलो हुन्छ भन्ने कुरा चित्त बुझ्यो र अन्य ग्रन्थहरू पनि पढ्न थालिन् । 
ने.सं. ५०० देखि ५१६ संम नेपाल हाँकेका जयस्थिति मल्लले बाँधि गएका नीति नियमहरू पनि पढिन् । हाम्रा चाडपर्व समय अनुसार मिलाएरै लानु । चीसो समयमा मनाइने चाडपर्व गर्मी समयमा पारे रोग व्याधि बढ्छ मति पनि विग्रिन्छ र अशान्ति हुन्छ भन्ने कुरा राजा धर्मवतीलाई चित्त बुझ्यो र स्वस्थानीको गोमा, गौ माताको गोबरवाटै जन्मेर पनि बच्चै देखि दुःख पाइन् । छोरा नवराजले जनमानसमा प्रभाव पारी त्यति बेलाको पुरूषोत्तम महिनालाई भक्ति पूर्वक नै विदा गरी समय सुधारेको शुभ कार्यले ब्राम्हणीलाई पनि राजमाताको वैभव दियो । बूढी अवस्थामा भए पनि परम सुख शान्ति दियो । अहिले वाचन गरिने स्वस्थानीमा यी कुरा स्पष्टै खुलाउन प¥यो भनी विद्वान्हरूको संमेलन नै गराइन् । तैपनि अर्काले लेखाएकै स्वस्थानी कथा भन्ने गरिए । राजा धर्मवतीको इच्छा पूरा भएन । आफ्नै सहोदर दाइ भाइ राजाहरूले पनि साथ दिएनन् । नारीको अपमानै गरेकाले शान्तिले राज गर्न पाएनन् । कलह अशान्तिमैं देश कमजोर हुँदै गयो र मल्ल कालै गयो । स्वर्ण युगवाट पित्तल युग या स्टील युगमा झरे । शाह काल पनि अशान्ति मै विते ।
अभैm पनि भारतले सुधारे पछि सुधारौंला भन्छन् दासहरू । 
चैत्र ४ गते नै १२ घण्टाको दिन र १२ घण्टाकै रात भयो । यो विषुव काल नै वैशाख हुनुपर्नेमा दिन लामो रात छोटो हुने दिनमा लगी नयाँ वर्ष वैशाख १ भनी भारतको गुलामी गरे । यसरी सबै चाडपर्व एक एक महिना पछि पारे अर्काका दासहरूले ।
बेमौसमको विष्का जात्रा तीसौं वर्षसंम ढुङ्गा हान्ने त्रूmर जात्रा भए । कोरोनाले विश्वै हल्लाइन्, करोडौं नरवलि लिइन् । अभैm लिंदै छिन् । अब त युद्ध नै भइ रहेछ । गरीबहरूले काम पाएनन् । भोकै मर्नुपर्ने स्थिति छ ।
अब त चेतौं ! देवताहरू पितृहरू सूर्यको गति अनुसार एक एक महिना अगाडि नै आ–आफ्ना भाग पाउन आउनु हुन्छ । तपाई हामी एक महिना पछि भनी चुपचाप बस्छौं त रिसाएर जाने नै भए । चित्रगुप्त दयः सर्वे कालं जानन्ति सूर्यतः । चित्र गुप्त आदि सबै देवता पितृहरू सूर्यवाट नै समय निर्धारण गर्नु हुन्छ । देवी भागवतको १० स्कन्ध ३ अध्यायको २१ श्लोक । 
विचार गर्न सक्ने महानुभावहरू !
देवता पितृहरू आउनु भएकै तिथि मितिमा संमान पूजा वन्दना गरौं ! आशीर्वाद पाउँछौं । एक महिना पछि भनी चूपचाप बस्यौं त चित्त दुखाएरै फर्कनु हुन्छ त पापै लाग्छ । 
घरमा आएका जो कोहीलाई पनि मान गरे खुसी हुन्छन् । अटेर गरी अपमान गरे रिसाएरै जान्छन् । कहिल्यै आउँदैनन् । संबन्धै राख्दैनन् । यो संवेदनशील कर्तव्य हो । विचार गरौं गराऔं । दशैं तिहार श्राद्ध देवताको लागि गरिन्छ, समाजको लागि हैन । समाज खुसी पार्ने कि देवतालाई खुशी पार्ने ? सोचौं !
अहिले अशान्ति छ हाहाकारै छ । 
पुनश्चः समाजको लागि पनि र आफ्नो लागि पनि दुवै समयमा चाडपर्व मनाउन पनि सकिन्छ । विचार गरौं ।

पर्व समय सुधार राष्ट्रिय समाज नेपालका संस्थापक 
अध्यक्ष– महेश्वर जुजु राजोपाध्याय, ठँहिटी, काठमाण्डौ – १७ ।