Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भुवाहरू १

०५ मंगलबार , श्रावण २०८३२२ दिन अगाडि

भुवाहरू १

भुवाहरू १
एकदिन 
मेरो अन्तरगतकी एउटी अफिसर मेरो कोठामा आई
र भनि–
‘सर म पनि हिमालतिर टुर जान्छु’
मैले भनेँ –
तिमी भर्खरकी सुत्केरी छ्यौ
काखमा बालक बोकेर
डाँडाकाँडा कसरी हिड्छ्यौ ?
कार्यालयमा काम छ, गर
उ रिसाई मसँग र गएरै छोडी पहाडतिर
अहिले उसको लोग्ने
पुत्र छोडेर हिँडेकी पत्नी
सहकर्मीसँग पोइल गएको उजुरी दर्ता गराउँन 
मेरो अघिल्तिर आइरहेछ

भुवाहरू–२
मेरो अफिसमा क्लिनर थिइन् एउटी बृध्दा दिदी
हरेक बिहान 
भगवानलाई चढाएको फूल, प्रसाद र नैवेद्य बाँडथिन्
एकदिन उनी रित्तो हात, रूँदै अफिस आइन् र भनिन्–
‘हजुर, बस चढने पैसा थिएन , मन्दिर जान सकिन’
मैले भनेँ – 
भगवानले सबै दिन्छन् भनेर कुदिरहेछौँ हामी
‘आफ्नै दर्शनमा आउने भक्तलाई समेत 
दुई चार पैसा नदिने 
कस्तो हगि भगवान
त्यसदिनदेखि आजसम्म 
दिदी मन्दिर जानुभएको छैन