Advertisement Banner
Advertisement Banner

०३ बुधबार, असार २०८३1st June 2026, 10:58:34 pm

सानो देशको सार्वभौमिकता बिना संघर्ष जीवित रहन्न

०२ मंगलबार , असार २०८३१७ घण्टा अगाडि

सानो  देशको सार्वभौमिकता बिना संघर्ष जीवित रहन्न

मानिसलाई संसारमा स्वतन्त्र र स्वाभिमानी भएर बाँच्न सङ्घर्ष नगरी सुख्खै छैन । स–साना देशहरूलाई पनि आफ्नो देशको रक्षा गर्न लगातार सङ्घर्ष गर्नैपर्दछ । साम्राज्यवादी, अर्थात् अरूको देशलाई आफ्नो अधीनस्थ सम्झिनेहरूका लागि अथवा आफ्नो स्वाभिमानलाई बन्दगी राखेर बाँचेकाका लागि पनि यो सत्य होइन ।
हाम्रो छिमेकी देश भारतले लामो समयसम्म गुलामी सह्यो । त्यस दासताबाट मुक्त हुन उनीहरूले एक सय वर्ष लामो बलिदानीपूर्ण सङ्घर्ष गरेको इतिहास भेटिन्छ । देशलाई आजाद गराउन थुप्रै युवाहरूले आफ्नो बलिदान दिएका छन् । उनीहरूले विदेशीको हस्तक्षेप र गुलामीको विरोधमा सङ्घर्ष गरेका थिए । तर भारतको आजादीसँगसँगै शासकहरूमा आएको अहंकार चुलिँदै गयो । त्यसैको परिणामस्वरूप चीनसँग सन् १९६२ मा र पाकिस्तानसँग सन् १९६५ मा युद्ध भयो । त्यो युद्धपछि भारतीय गुप्तचर विभाग ‘रअ’ सक्रिय भएको देखिन्छ । भारतको जासुसी संस्था ‘रअ’ र त्यसका तत्कालीन प्रमुख काव तथा पी. एन. हक्सर सम्मिलित श्रेणीमा श्रीमती इन्दिरा गान्धीले पाकिस्तानसँगको २२ दिने युद्धपछि तुरून्तै बैठक बोलाइन् । त्यो बैठकका निर्णय बाहिर आएनन्, तर व्यवहारले उनीहरूको उद्देश्य प्रष्ट पार्दै गयो ।
इतिहास रहस्यमय षड्यन्त्रमा बल्झिएको छ । हाम्रो देशको एकीकरणबाट छिमेकीहरू पनि अत्तालिएका छन् । चीनको पनि त्यो बेला नेपाललाई हेर्ने दृष्टिकोण अत्यन्तै नकारात्मक थियो । जसको एउटा उदाहरण बेत्रावती सन्धि हो । वि.सं. १८४९ (सन् १७९२) मा नुवाकोटको बेत्रावती नदीको किनारमा नेपाल, चीन र तिब्बतबीच त्रिपक्षीय ऐतिहासिक सम्झौता भएको थियो । त्यो सन्धि गर्न गएका प्रतिनिधिहरूसँग अत्यन्तै अमानवीय व्यवहार गरिएको थियो । राजा पृथ्वीनारायण शाहले गरेको एकीकरण आन्दोलनबाट ब्रिटिस भारत र चीन दुवै अत्तालिएका थिए ।
अंग्रेजहरूले नेपाल र नेपालीलाई प्रयोग गरेर भारतमा शासन लम्बाउनु मात्र थिएन, छिमेकी देशहरूसँग नेपाली युवाहरूलाई लडाएर हुकुमी शासन फैलाउने प्रयासमा पनि थिए । तर भारतीय जनताले पनि अंग्रेजहरूको विरूद्धमा विभिन्न संघ–संस्थामा आबद्ध भएर स्वतन्त्रता आन्दोलन चलाएका थिए । भारतीय आन्दोलनमा नेपाली युवाहरू पनि होमिएपछि ब्रिटिस भारतले नेपालमा आक्रमण ग¥यो र दुई वर्षको लामो सङ्घर्षपछि खलङ्गाको नालापानी युद्धबाट त्यो किल्ला खाली गरायो । उसले पानीको मुहान नथुनेको भए सङ्घर्ष लम्बिने निश्चित थियो । त्यो युद्धबाट अंग्रेजले नेपाली भूमि भन्दा पनि अमूल्य युवा शक्तिलाई महत्व दियो र सुगौली सन्धि भयो ।
त्यसबेला नेपाल र नेपालीहरू भारतमा गाभिए । तर करिब त्यसको सवा सय वर्षपछि अर्थात् सन् १९४७ मा अंग्रेजले भारतीय भूमि छाड्ने निधो ग¥यो । जब भारत आजाद भयो, त्यसपछि आजाद भारतका शासक तथा राजनेताहरूको छिमेकीलाई हेर्ने दृष्टिकोण सुरू–सुरूमा विस्तारवादी नै रह्यो । पछि एउटा साम्राज्यवादी मुलुकबाट 
त्यसपछि भारतले जिम्मा दिएर सिक्किम पठाएका बी.एस. दाशले पछि बिस्तारै चर्चा गरेका छन् । वास्तवमा सन् १९४७ मा सिक्किमले भारतसँगको विलय अस्वीकार गरेको थियो । तर नेहरूले सिक्किमलाई संरक्षित दर्जा बताएका थिए ।
दाश भन्छन्, “जब मलाई सिक्किम पठाइयो, त्यहाँ पुगेर मैले के गर्ने भन्नेबारे पनि मलाई जानकारी हुँदैनथ्यो । कावसँग सल्लाह माग्दा उनको जवाफ हुन्थ्यो, ‘मेरो काम सरकारको निर्णय कार्यान्वयनमा ल्याउने हो, सल्लाह दिने होइन ।’
राजा चोग्याल एउटा शक्तिहीन सालिकजस्तै अवस्थामा थिए । भारतले विभिन्न सन्धि–सम्झौताबाट उनलाई कमजोर बनाइसकेको थियो । त्यहाँको संविधानसभाको ३२ सिटमध्ये चोग्याल समर्थक राष्ट्रवादी पार्टीले जम्मा एक सिट हात पार्न सफल भयो । बाँकी सबै भारतीय पक्षका थिए । त्यसरी संविधानसभाको बैठकद्वारा सिक्किम भारतमा विलय भयो । २२औँ राज्य बनाउन संविधान संशोधन विधेयक २३ अप्रिल १९७५ मा भारतीय लोकसभामा पेस गरियो । विधेयक पारित भयो । १५ मे १९७५ मा जब राष्ट्रपति फखरूद्दिन अली अहमदले यो विधेयकमा हस्ताक्षर गरे, तब नामग्याल राजवंशको शासन, सिक्किमको राष्ट्रियता समाप्त हुन पुग्यो ।
भारतले नेपाललाई हेर्ने दृष्टिकोण पनि उस्तै–उस्तै छ । यसबारे राजा वीरेन्द्रले बुझेरै नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव राखेका हुन सक्छन् । नेपालको सिक्किमको जस्तै अवस्थाबाट फाइदा उठाउने प्रयास छिमेकी मुलुकले गर्दै आएको छ ।
पहिलेको तुलनामा भारतमा बीजेपीको सरकार आएपछि झन् त्यो खतरा बढेर गएको छ । उनीहरूको राजनीतिक एजेन्डा आरएसएस (राष्ट्रिय स्वयंसेवक संघ) ले निर्धारित गर्छ । यो एउटा हिन्दू राष्ट्रवादी संगठन हो, जसको उद्देश्य एसियामा हिन्दुत्वकरण गर्नु हो । यसको स्थापना २७ सेप्टेम्बर १९२५ मा भएको थियो ।
नेपालको संविधानसभाद्वारा वि.सं. २०७२ मा आएको संविधानलाई अहिले पनि समर्थन गरेका छैनन् । उनीहरू नेपाललाई पनि सिक्किमलाई जस्तै आफ्नो संरक्षित प्रदेश ठान्दछन् । नयाँ सरकारले संविधान संशोधन बहस पत्र तैयार थालेको छ ।
नेपालमा पटक–पटक नागरिकता विधेयकद्वारा भारतीय व्यक्तिहरूको प्रवेश गराएर नेपालीहरूलाई अल्पमतमा पार्ने, देशलाई फिजीकरण गर्ने र बिस्तारै सिक्किम बनाउने उनीहरूको योजना हो । यसको पूर्तिका लागि मधेसमा घुसपैठ हुँदै आएको छ । कतिबेला कस्तो घटना देशभित्र घट्छ, त्यसबारे कसैलाई थाहा हुँदैन ।
नेपालमा भारतीय ‘रअ’ र अमेरिकी जासुसी संस्था ‘सीआईए’ सक्रिय छन् । यो कुन बेला कसको भित्र छिरेको हुन्छ, त्यसबारे बुझ्न निकै गाह्रो छ । दरबार हत्याकाण्ड भएको थियो, जहाँ एउटा परिन्दा समेत पुग्न नसक्ने ठाउँमा दुश्मन पुगेर राजपरिवारको हत्या ग¥यो र फरार भयो । अहिले पनि त्यो कसले ग¥यो र किन ग¥यो भन्ने रहस्यमै छ । यही विषयलाई उजागर गर्नका लागि गृहमन्त्री सुधन गुरूङले छानबिन गराउने भएका छन् । सत्यतथ्य सार्वजनिक हुने आशा छ, हत्याकाण्डको लामो समय भएकाले के होला नहोला ?
हाम्रा देशका यस्ता–यस्ता व्यक्तिहरू रहस्यमय तरिकाबाट मारिएका छन् । उनीहरूको हत्या भएको छ, तर त्यसको रहस्य यति लामो समयसम्म खुल्न सकिरहेको छैन । २०५० जेठ ३ गते दासढुङ्गा हत्याकाण्डमा मदन भण्डारी र जीवराज आश्रित दुर्घटनामा मारिए । त्यो दुर्घटना थियो वा हत्या ? अहिले पनि रहस्यमय बनेको छ । मदन भण्डारीकै श्रीमती राष्ट्रपति बनिन्, पार्टी लामो समय सत्तामा रह्यो, छानबिन गराउनेतिर कसैले पनि ध्यान दिएनन्, फूल चढाएर बसे ।
२०५८ जेठ १९ मा घटेको घटना राजदरबार हत्याकाण्ड पनि आज २५ वर्ष पुग्यो, तर रहस्य अहिले पनि उस्तै छ । रहस्याको पर्दा उघ्रला भन्ने आशा छ । २०५४ साल भदौ २७ गते प्रेमसिंह धामीको दुर्घटनामा परी मृत्यु भएको थियो । उनी एक जना राष्ट्रवादी नेता थिए, जसले कालापानीको भूभागबारे संसदमा पहिलो आवाज उठाएका हुन् । उनको मृत्युको विषय, त्यो पनि रहस्यमय छ ।
वि.सं. २०५० र २०८२ बीचमा भएका उपरोक्त ऐतिहासिक घटनाहरूबाट पर्दा कहिले हट्ला ? त्यसको छिनोफानो कसरी होला, अनिश्चित छ । हामी आपसमा उल्झिरहने देशमा अरू कसैले अपराध गर्ने त भएको छैन? यस्तो आशङ्का सिर्जित भएको छ । अहिले देशमा आजभन्दा पहिले कुनै कालखण्डमा नभएका घटनाहरू हुँदै आएका छन् । अन्य गम्भीर विषयहरू पनि रहेका छन् ।
नेपालीको चाहना नेपालको राष्ट्रिय झण्डामुनि अखण्ड रहेर मात्र यो देशलाई लामो समयसम्म जोगाउन सकिन्छ भन्ने हो । छिमेकीको दलाली गरेर देश सुरक्षित रहन सक्दैन । पुराना दलहरूले जे गरे, परिवर्तनकारी नयाँ दल र जेनजी पुस्ताले त्यस्तो नकाम नगरिदिए हुनेथियो । युवाले संघर्ष गरून्, राष्ट्रियता जोगाउन् ।