Advertisement Banner
Advertisement Banner

२० बुधबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

जिव्रो लर्कियो वा भावना झल्कियो ?

१९ मंगलबार , जेठ २०८३१९ घण्टा अगाडि

जिव्रो लर्कियो वा भावना झल्कियो ?

सधैं प्रधानमन्त्रीले संवोधन नगर्ने आरोप लागी रहन्थ्यो तर उन्ले धित् मर्नेगरि सदनको रोष्टममा आएर संम्मोधन गरे र फसाद पारेकाछन्।अहिले भन्दैजाँदा उन्को भित्रको अर्को प्रतिबिम्भ झल्किन पुगेपछि अब देशैभरीबाट बिरोध हुन थालेको छ।एउटा पिडित देशका महान प्रधानमन्त्रीको संम्मोधनले विश्वमा चर्चा पाउने भयो।तर कस्तो खालको चर्चा रुजब की स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेको भारत भ्रमणमा जाने निश्चित भएको छ।नेपालले भूमि मिचेको हो वा बालेन्द्र शाहले भारत खुसि पार्नलाई यसो गरेका हुन रु यसलाई यो कोणबाट पनि हेरिंदै छ।
के साच्चै प्रधानमन्त्री बालेन्द्र शाहले भनेको जस्तै नेपालले पनि भारतको जग्गा मिचेको छ त रु अहिलेसम्म कुनैपनि देशका प्रधानमन्त्रीले यति ठूलो सहास जुटाएका थिएनन् सदनबाट आफूले विदेशीको भूमि अतिक्रमण गरेको तर अहिले बालेन्द्र शाहले यस्तो हिम्मत जुटाएका छन् । अहिलेसम्मको इतिहासमा  यसरी आफ्नै संसदको रोष्टमबाट आफ्नो देशले पनि छिमेकी देशको भूमि अतिक्रमण गरेको वा मिचेको भन्ने विश्व रिकाट कित ट्रम्पलाई जान्छ तर उनले पनि आफूले मिच्नसक्ने भनेर धम्काउछन् मिचेको छु भन्दैनन्। हाम्रो देशका प्रधानमन्त्रीलाई मान्नै पर्छ।
यद्यपि यो उन्को पहिलो राष्ट्रघाती अभिब्यक्ति होइन, उन्ले पहिलेपनि नेपाललाई बफर राष्ट्र बताएका थिए।त्यसको पनि चौतर्फिय बिरोध भएको थियो।नेपाल कसरी बफर राष्ट्र बन्यो त्यसैको अर्को कडि़को रूपमा उन्ले दिएको यो अभिब्यक्ति हो।
अब प्रधानमन्त्रीलाई त्यसको बारेमा पनि प्रष्ट पार्नुपर्छ कुन कुन ठाउँमा नेपालले भारतको भूमि मिचेको छ रु कतै उनि भारतलाई खुसीपार्न कतिपय मधेशवादीहरूले उठाउँदै आएको नयाँ मूलुकको बारेमा त बोलेका छैनन् रु अहिलेसम्म नेपालको भूभाग छिमेकी मूलुक भारतले कयौं ठाउँमा मिचेको देखिएको थियो।तर अहिले स्वयम देशका प्रधानमन्त्री आफैले संसदको रोष्ट्रमबाट देशले अरूको जमिन मिचेको बताएकाछन्।के यस्तो साच्चै हुनसक्छ रुउनि भन्छन् ू म प्रधानमन्त्री भएपछि पत्ता लगाएं भारतले मात्र होइन नेपालले पनि भारतको भूमि मिचेको छ।
साहिद् सुगौलीमा भएको सन्धि बाट गुमेको भूभाग जसलाई सन १९५०को शान्ति तथा मैत्रि संधिले खारेज गरिसकेको कुरा भन्ने हिम्मत प्रधानमन्त्रीमा आउनसकेन र अहिले उन्ले आफ्नै आखाको अगाडि आफ्नो भूमि प्रसस्तै मिचेको छ।तर भारतको भूमि नेपालले मिचेका कुरा आफैले अगाडी सारेकाछन्।के साच्चै  सरकार आफैले सिक्किमीकरणगर्ने अभ्यास गर्दै छ रु उनले उठाएको यस बिषयले यस्तै आसङ्का जन्मायो ।नेपाल अहिलेसम्म कसैको एक इञ्च भूभाग नलिएको देशलाई यस्तो प्रधानमन्त्रीको अभिब्यकतिले विश्वमा कस्तो संदेश पुग्यो होला रु
यद्यपि प्रधानमन्त्रीले आफ्नो आसायबारे पनि स्पष्टिकरण दिंदै आम नागरिकसँग माफी पनि मागेकाछन्।उन्को आसाय दुबै देशको बारेमा सत्य र तथ्य संसदमा बुझाउने थियो तर अन्तिममा उन्को जिव्रो लर्कियो भनेर पनि धेरैले भनेकाछन्।उनि देशका प्रधानमन्त्री हुन् कुनै सामन्य ब्यक्ति होइनन्।बोल्दा कसरी बोल्ने खयाल गर्दथ्यो।

सन् १८१५/१६को सुगौलिसन्धिबाट गुमेको भूभागको बारेमा प्रधानमन्त्रीले एक शब्द नबोल्नु अहिले कालापानी लिपुलेख र लिम्पियाधुराको बारेमा नबोलेका प्रधानमन्त्री जब चीन र भारत दुबै देशको समझ्दारीमा नेपाललाई नसोधिकन बाटो बनाउन थाल्दछन् त्यसपछि जनताको ध्यान खिच्न दुबै देशलाई पत्र पठाएका बालेन्द्र शाह संसदको रोष्टमबाट इफ्नो देशले छिमेकीको भूभाग मिचेका कुरा गर्दछन्। उन्को यो संसदलाई गरेको संम्मोधनले सारा नेपालीको हृदयमा ठेंश पुगाएको छ।
प्रधानमन्त्रीले एउटा कुरा के बुझाएनन् भने नेपालले नियतबस भारतको भूभाग मिचेको छ वा केही अन्यकारणबस रु आशिंक भूभाग मिचिएको छ  रु यसबारेमा पनि खुलस्त आउनुपर्दथ्यो।नेपालको भूभाग टिस्टा देखि सतलजसम्म छिमेकीले जानेर भोग चलन गर्दै आएको छ।नेपालका सिमाना पर्ने २७तराईका जिल्लाहरूमा कविर ६९स्थानहरूमा भूभाग भारतले मिचेको बताईदै आएको छ।सिमानाका जङ्गे पिलरहरू पनि सारेका घटनाहरू बिगतमा प्रसस्तै छानविन गर्नेहरूले बताउँदै आएकाछन्।तर आज प्रधानमन्त्री आफैले छिमेकीको भूभाग मिचेको बताएकाछन्।
हामिले भन्छौं कसैलेपनि कसैको देश जानेर मिच्नु हुँदैन देशमात्र होइन भाषा संस्कृती पनि आफ्नै प्रकारका हुन्छन्। जसले राष्ट्रियतालाई चिनाउँ छ र विश्वमा आफ्नै प्रकारको पहचान बनाईदिन्छ।कुनैकारण यदि गलतिले कसैको स्वभिमान माथि आँच पुराउने काम भएको छ भनेपनि त्यस्तो व्यवहारलाई सुधारेर छिमेकी देशसँगको संवन्धलाई प्रगाढ बनाउन प्रयात्न हुनुपर्छ।तर कसैका अगाडी आफ्नो राष्ट्रियता र स्वभिमानको भेटी चढाउनु हुँदैन।
छिमेकी मूलक चीन र भारत दुबै एसियाका शक्तिसाली देश हुन जसको चपेटमा नेपाल पर्दै आएको छ।नेपाल एउटा सानो र भूपरीवेस्ठिक देश हो।जसले आफ्नो देशको भूभागको रक्षा गर्न र छिमेकीले आफ्नो अधिनस्त राखेको स्वायम आफ्नै भूभाग समेत फिर्ता ल्याउन सकिरहेको छैन।सन् १९५०को सन्धिको धारा आठले सुगौली सन्धि खारेज गर्दा पनि देशले उक्त भूभाग फिर्ता ल्याउनेआंट गर्न सकेन तर आज छिमेकीको भूभाग मिचेका कुराहरू आएकाछन्। प्रधानमन्त्री जस्तो गरिमामय र राष्ट्रको प्रमुख पदमा बसेको ब्यक्तिले आफ्नो हैशियतको मुल्याङ्कन नगरी जेपायो त्यही प्याच्च बोल्नु हुन्न भन्नेबारे अलिक साबधान हुनैपर्छ।
यथार्थमा भन्नुपर्दा नेपाललाई ब्रिटिष्ट भारतले सुगौली संधिबाट आधा नेपाल भारतमा गाभेको छ।एउटा विशाल देश र त्यो देशका जनता टुक्रिएर अर्को देशमा पुगेकाछन्।यस्तो ऐतिहासिक पिढा खेपेको देशले कसैको भूमि नियतबस मिच्ने आंट गर्नै सक्दैन।बरू हाम्रा नापुषक साशकहरूले अंग्रेज भारत र नेपाल सङ्ग भएको शान्ति तथा मैत्रि संधिबाट खारेज गरिएको उक्त सुगौली संधिलाई व्यवहारिकता दिन सकेनन्।त्यो  आत्मगलानी प्रकट गर्नुको सट्टा आफूलाई नै मिचाहाको रूपमा उभ्याएकाछन्।
उन्को यो भनाई कतै नियतबस आएको त होइन किन की उन्ले सफाइमा भनेकाछन् ूम प्रधानमन्त्री भएपछि देखें।।ूयो भनाई उनले दिएको सफाइ थियो। कतै मधेशवादीहरूको दवाबमा परेको उनिभित्रको भावना झल्किएको त होइन रु मधेशवादी नेताहरूको भनाई थियो ूअब हाम्रो माग पुरा हुन्छ।ूभारतको पनि बालेनको समर्थनमा व्यापक मिडियाबाजी थियो। प्रधानमन्त्रीको अभिब्यक्तिले देशभित्र सिक्किमीकरण हुने अभ्यास हुँदै छ भन्ने आसङ्का उब्जिएको छ।