Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

सन्तान – कथा

१५ शुक्रबार , जेठ २०८३१५ घण्टा अगाडि

सन्तान – कथा

सुरेशकुमार पाण्डे --------

खै जीवित भएको भए त आउँदो होला ? — आमाको यस्तै यस्तै शब्दहरूले विक्रमको हृदयमा चसक्क बिज्यो। ऊ भर्खरै विदेशबाट घर पुगेको थियो। गरिबहरूलाई त्यो बेलाको विदेश भन्नु भारत नै थियो। विक्रम घर पुगेको यही दुई घण्टा जति मात्र भएको थियो। यतिवेला पशुहरूलाई घाँसपात गर्ने समय भएको छ।

बाहिर अँध्यारो हुन आँटेको, तर भित्र अगेनामा आगो छैन। बाहिरको भन्दा घरभित्रको अँध्यारो बढी आभास हुन्थ्यो।तर अगेनाको सामुन्य भएको झ्यालबाट बाहिरको आंशिक उज्यालो आएको छ।

त्यसो नभन्नु आमा, भाइ एकदिन अवश्य आउँछ। ऊ एकदम् ठिकठाक छ। हुन सक्छ कतै काममा लागेको होला केथाहा पढाई पो गर्दै छ की ? — विक्रमले आफ्नो आमालाई सान्त्वना दिन खोज्यो। तर आमाको मन त हो, आफूले जन्माएको हुर्काएको छोरा सम्पर्कविहीन हुँदा विभिन्न प्रकारका खयाल आउनु स्वाभाविक हो। आज करिब अठार महिना बितिसक्दा पनि कुनै चिठीपत्र, समाचार नआउँदा मतीको मनमा यस्ता खयालहरू आउनुलाई पनि अस्वाभाविक कसरी भन्नेर ? गाउंलेकै मनभित्र आसङ्का पलेको थियो उनि त आमा थिइन।जसले आफ्नो प्राणभन्दा बढी माया गरेर हुर्काएको हो।
आमाको आँखाबाट निरन्तर बगेको आँशुले विक्रम पनि भावुक भयो।

छोरा, तिमीलाई भोक लागेको होला। म दिनभरी बनमा घांसपात गर्दै थिएँ, घरमा पानीको थोप्लो रहेनछ। म पानी लिएर आउँछु।

भन्दै मति उठेर तामाको गाग्रो डोकामा राख्ने प्रयास गर्दैगर्दा विक्रम जुरुक्क उठ्यो र भन्यो, दिनु आमा, यो गाग्रो म छिट्टै पानी लिएर आउँछु।

विक्रमले गाग्रो उठायो र पानी पँधेरातर्फ लाग्यो। पँधेरो खासै टाढा थिएन। ऊ तुरुन्तै पानी लिएर घर फर्कियो। आमाले गाई, गोरू र भैँसीलाई उनीहरूको मन् पसंदअनुसार पाडा(बाच्छालाई छुट्टै घाँस दिँदै हुनुहुन्थ्यो। सानो भाइ अगेनामा आगो बाल्दै थियो। उसले सिसाको बोतलबाट मट्टीतेल टुक्कीमा राख्यो र जलायो। घर बल्ल उज्यालो भयो।

घरमा अरू कोही पनि थिएनन्। एउटा सानो आठ(नौ वर्षको भाइ मात्र थियो। त्यो पनि स्कुल जान्थ्यो र घर फर्किएपछि आमाको हात बढाउँथ्यो। मतिलाई उसैको भर थियो। उसैको सहयोगमा आमाले गाई(भैँसीहरू पाल्नु भएको थियो।ऊ स्कुल पछि घरको काममा आमाको हात बढाउथ्यो। आउदा जादा दिनभरीको बाटो हिंडेर बाजारबाट सामान ओसार पसार उसैले गर्दथ्यो।

विक्रम घरको ठूलो छोरा हो। ऊ सानैदेखि लाहुरे भयो। अहिले ऊ जवान भइसके पनि विवाह गरेको थिएन। कहिलेकसो आमाले केही काम गर्न थालिन भने आमा, म गर्छु, छाड्नुू भन्दापनि केवल क्षणिक काउलो लगाएको जस्तै महसुस हुन्थ्यो। किनकि आफू केही दिनका लागि मात्र स्वदेश आएको र स्थायी बसोबास विदेशमै हुने भएकाले ती शब्दहरू लोकाचार मात्रका खोक्रा हुन्थे।

अहिले घाँसपात गरेर भित्र आइपुग्नुभयो। गोठेघर एकातिर मानिस, अर्कोतिर पशुहरूको बासस्थान थियो। उनीहरूलाई मिलेको अंशबण्डा यही हो। केही गाई(गोरू लिएर यही घरमा आएका थिए। पछि मतिले एउटा भैँसीको पाडी किनेर पालेपछि त्यसबाट भैँसीका सन्तान बढेका हुन्।

आमाका लागि ती पशु मात्र थिएनन्। उनीहरू आमाका दुःख-सुखका साथी थिए। घरमा कोही नहुँदा आमा उनीहरूसँगै गफ गर्नुहुन्थ्यो र रमाउनुहुन्थ्यो। दुःख पर्दा उनीहरूसँग बसेर रुनुहुन्थ्यो। आफ्नो कोखमा र काखमा राखेर हुर्काएका छोराछोरी प्वाँख लागिसकेपछि गुँड छाडेर जान्छन्, त्यस्तै मति पनि छोराछोरी आ(आफ्नै जिउ पाल्न सक्ने भएर उडिसकेका थिए। त्यसैले पनि होला, खै आमाको कति धेरै लगाव थियो यी गाई-भैँसीसँग। आत्मीयता थियो। उनीहरूले पनि उस्तै माया गर्थे। रिश उठेपनि ति डिंया बाच्छाहरूलाई लाठि कहिल्यै बर्षाउनु भएन।त्यसैले होला टाडाबाट बोलाउंदा पनि दौडिएर पुच्छर फन्नाउंदै आमाको नजिक आएर कहिले आमाका खुट्टालाई आफ्नो जिब्रोले चाट्थे,कहिले कपाल चाट्थे। पशु भएपनि आमामा अघात प्रेमथियो।
विक्रमले आमाको पशुप्रेम देखेर भावुक हुन्थ्यो। घाँस पनि पाखा पखेराम पुगेर उनीहरूको मनपसंद अनुसारको खोजेर उनीहरूलाई खुसी तुल्याउने साहस र प्रयासमा आमाको कत्ति कमी थिएन।पानीको झरी हौस् वा चिसो तातो नभनि उनिहरूको सेवाम आमा सधै तल्लिन हुनुहुन्थ्यो।
पानी ल्याएपछि गहुँको पिठो मुछ्नुभयो। सिन्की (गुन्द्रुक) लाई पहिल्यै भिजाउनु भएको रहेछ। एकैछिनमा रोटी पकाउनुभयो। आमाको हातको गुन्द्रुक भिजाएको र गहुँका रोटी विक्रमले पेटभरी खायो। त्यो कति मिठो भएको थियो उसलाई शब्दमा भन्न सकिदैन।

तीनै जनाले खाना खाईसके पछि विक्रमले आफ्नो झोलाबाट भाइलाई एउटा पाइन्ट र सर्ट झिकेर दियो। ऊ खुसी हुँदै उत्तिनैखेर पुरानै लुगाको माथि लगायो। आमालाई पनि विक्रमले एउटा धोती र चोली हातमा थमायो।

बाबु, मलाई यस्ता लुगा भन्दा निलो लठ्ठाको धोती र पप्लिनको निलो रङको चोलो ल्याइदिएको भए हुन्थ्यो। — आमाले धोती र चोलीलाई हेर्दै, मुसार्दै भन्नुभयो।

आमा, यी राम्रा छैनन् र ? — विक्रमले निधार चाउरी पार्दै सोध्यो।

त्यसो भनेको होइन छोरा । यी धेरै राम्रा छन्, तर काम गर्दा लगाउने जस्ता छैनन्। यताउता कतै जाँदा लगाउँने छु। — आमाले विक्रमतिर हेर्दै खिसिक्क हाँस्नुभयो। हुनुपनि हो काम गर्ने मानिसलाई राम्रो र किम्ती भन्दा बलियो चाहिन्छ।

विक्रमले पनि आमालाई सधैं हाँसेको देख्न चाहन्थ्यो। उसले कसरी आमालाई खुसी पार्ने प्रयासमा हुन्थ्यो। तर खै किन ऊ प्रायः असफल नै हुन्थ्यो। कहिले छोरीको, कहिले छोराको चिन्ताले आमाका आँखा सधैं भिजेका हुन्थे।छोरी पनि सानै देखि बिमार भएकोले विक्रमले उपचारका लागि भारतमै लगेको थियो।उसको पेटको बिमार राम्रैगरी निको भएको थिएन।अहिले पनि कसैलाई हेरदेख गर्न अह्राएर आफू भाईलाई खोजतलास गर्ने भनेरै स्वदेश फर्किएको थियो।
आफ्नो बुबाको मृत्युपछि विक्रमलाई यो घरको जिम्मेवारी आइपरेको थियो। तर त्योबेला ऊ आफै पनि सानो भएकाले जिम्मेवारी पूरा गर्न नसकेर पनि अलि चिडचिडापन उसमा देखिन्थ्यो। ऊ अक्सर रिसउथ्यो र सोचिरहन्थ्यो — आफ्ना भाइबहिनीहरूलाई कसरी बुबाको कमी महसुस हुन नदिऊँ ? आमालाई कसैले नराम्रो जवाफ लगाउँदा ऊ आक्रोशित हुन्थ्यो।अनि कयौं पटक लडाइपनि गर्यो। सानै देखि ऊ विद्रोही स्वभावको थियो।

घरमा आएको दुई दिनको समय यस्तै यस्तै आमा छोराका गफमा बित्यो।एकदिन फेरी घरको बाहिर पेटीमा बसेर आमा छोरा गफिंदै थिए।

बाबु, मेरो छोरा जिउँदो छैन होला। यदि जीवित हुन्थ्यो भने केही त पत्ता लाग्थ्यो। — आमाले फेरि उही कुरा दोहोर्याउँदै आँखाबाट आँशु बगाउन थाल्नुभयो।विक्रमले आमा रोएको देखेर आफैपनि भाभुक भयो।
ूआमा, मेरो भाइलाई केही भएको छैन। म खोज्छु उसलाई। यदि उसलाई भेटाइनँ र घर लिएर आउन सकेनँ भने म यो घर कुच्दिनँ।— विक्रमले यस्तो शब्द के आधारमा प्रयोग गरेको होला, ऊ आफैलाई पनि थाहा थिएन। तर त्यो विक्रमको शब्दले आमालाई भने एक प्रकारको सन्तुष्टि मिलेको थियो।छोराको कुरा सुनेर क्षणिक रूपमा भएपनि मतिको अनुहार उज्यालो भयो।

भोलिपल्ट ऊ यिनै शब्द दोहोर्याउँदै आमासँग आशीर्वाद लिएर घरबाट निस्कियो।

माइला, कता हिड्यौ ? — विक्रमको पछिबाट कसैले आवाज लगाएको विक्रमले सुन्यो। परिचित आवाजले ऊ निमेषभर ठिङ्ग अडियो।

भाइ खोज्न।— उसले उनितिर हेर्दै जानकारी गरायो।

कहाँ भेटियो र तिम्रो भाइ? — उनले फेरि प्रश्न गरे। उनी गाउँका गणमान्य मध्य एकजना वृद्ध थिए।

भेटिएको भए किन खोज्नु पर्थ्यो र ? — विक्रमले प्रतिप्रश्नसूचक उत्तर दिएर अगाडि बढ्यो।

तर उनका शब्द भने विक्रमको कानमा पटकपटक गुञ्जिरह्यो।

कहाँ खोजूँ भाइलाईरु पूर्व जाऊँ कि पश्चिम, वा उत्तर जाऊँ कि दक्षिणरु आखिर कहाँ होला त्यो ? — उसले आफैसँग पटकपटक यही प्रश्न गर्दै हिँडिरह्यो। ऊ अहिले बजारमा पुगिसकेको थियो।

उसलाई केही सुझेन, तर एउटा कुरा सम्झियो। एकजना चामलका व्यापारीले केही नाबालिकहरू प्रहरीका ठूला अफिसरहरूलाई वा हाकिमहरूलाई पठाउँछ भन्ने कुरा उसलाई कसैले कुनै दिन भनेको उसको मस्तिष्कमा झ्यस् आयो। ऊ एकछिन ठिङ्ग उभियो र केही सोंचे झै गर्यो । अब उसका पाइला उही व्यापारीको पसलतर्फ लागे।

त्यो बेला चामलको गल्ला लिएर उनीहरू फुटकरमा बिक्री गर्थे। ऊ अहिले ग्राहकलाई चामल तौलिँदै थियो। विक्रम उसको पसल नजिकै निमेशभर ठिङ्ग अडियो र उसलाई नियालिरहेको थियो।

एक पकक यसलाई सोध्नुपर्‍यो ? — एक मनले भन्यो।

होइन, यसले यत्तिकै भन्नेवाला छैन। यससँग केही सक्ताई गरेपछि सायद केही सुराग भेटिएला। — अर्को मनले भन्यो। उसको मनमा क्षणभरी यस्तै कुरा खेलिरहे।

अन्तमा विक्रमको एक्कासी मन दरिलो भयो। बंगारा कट्कायो र उसले व्यापारीलाई केही नभनी च्याप्प कठालो समात्यो।नजिकै अन्य ग्रहक अलि पर पर सरे।

ूके गरेको होरु को हौ तिमी ? — ऊ घबराउँदै भन्यो। डरले थरथर काँपेको थियो।पातलो सरिरको ब्यक्ति अनुहारमा पसिना आयो।

भन, मेरो भाइ कहाँ छ? — विक्रमको यो प्रश्नले ऊ झसङ्ग भयो र आफूलाई समाल्दै प्रशन गर्यो।

को भाइ ? हजुर को हुनुहुन्छ? — व्यापारीले विक्रमलाई चिन्न खोज्यो।

अहिले छिट्टै थाहा हुन्छ तपाईलाई । — विक्रमले उसलाई तान्दै तान्दै प्रहरी चौकीतर्फ डोर्‍यायो।

ूके गरेको बाबु तिमीलेरु यी बूढा त तिम्रा बाउ बराबरका व्यक्ति हुन्१ू — एकजना  परिचितले विक्रमलाई भनेर छुटाउन खोजे। तर विक्रमको भित्र एउटा अर्कै योजना थियो। उसलाई उनको यो कुराले कुनै असर गरेन। बङ्गारा किट्दै उसले प्रहरी चौकीतिर तान्दै लग्यो।

मैले तिम्रो भाइलाई नजा भनेको थिएँ, तर मानेन। ऊ डम्बरबहादुरसँग आफै गएको हो। — व्यापारीको मुखबाट डराएर यी शब्द निस्किए।ऊ यति छिट्टै कायल हुन्छ भन्ने विक्रमले सोचेको पनि थिएन।

यिनै शब्दबाट अब विक्रमलाई अफ्नो भाइसम्म पुग्ने आशा पलायो। उसले डम्बरलाई आवाज गर्‍यो, तर क्षणभरमै फेरि निराश भयो। उक्त डम्बरले यस्तो नाम गरेको केटा आफूसँग नभएको भन्यो।

अब ऊ यी व्यापारी र डम्बरको विरुद्धमा राजधानी पुगेर आईजीलाई नै निवेदन दिने र भाइलाई पनि खोज्ने निधो गर्‍यो।ऊ अत्यन्तै आक्रोशमा थियो ,डहनमा थियो। समयले पनि नेटो काट्दै छ ऊ हतारमा बस पार्कतर्फ जाने निधो गर्यो।

भाइ, कहिले जाने काठमाडौँ ?— असई देवीरामले सोध्यो। ऊसँग विक्रमको केही वर्ष पहिलेदेखि सामान्य चिनजान थियो।

दाई मत आजै जान्छु होला, तर कता जाने मलाई खासै थाहा छैन।बरू हजुरलाई केही जानकारी छ भने भनिदिनु न ? — विक्रमले बिन्ति गर्दै आफ्नो कुरा राख्यो।

त्यसो भए आज नजानु। हामी भोलि नाइट बसमा जान्छौँ, हामिसँगै जाउंला। हजुरलाई सजिलो हुन्छ। हामीले हाम्रा कार्यालयहरूको लोकेशन दिन्छौँ, तर हामी हजुरसँग सँगै हिँड्दैनौँ। हाम्रो तालिम पनि छ र हामी आफूभन्दा सिनियरसँग जान मिल्दैन।टाडबाट सम्भब सबै जानकारि गरउने छौं ।— असई देवीरामले भने।

दुबैजनाको सल्लाह भयो। अब विक्रमले असईसहित चार जनासँगै आफ्नै पनि टिकट बुक गरायो। उनीहरू भोलिपल्ट नाइट बसमा काठमाडौँका लागि नाइट बसमा गुडे।

अब हामी सबै जना एउटा होटलमा जाऔँ — मिनार होटलमा — र कोठा लिनुपर्छ। त्यसपछि कसो गर्ने सल्लाह गरौँला — असईले प्रस्ताव राखे।

हुन्छ।— भन्यो। त्यसबाहेक अब विक्रमसँग अर्को विकल्प पना त थिएन। किनकि प्रहरीहरूको अड्डा उनिहरूलाई थाहा थियो।

हनुमानढोका, नक्साल लगायतका सबैठउम खोजतलास गर्‍यो। कतै सुइँको लागेन। अब एआईजीको घरमा — माइतीघर पठाएपछि — एउटा निवेदन बोकेर विक्रम पुग्यो। आज सातौँ दिनसम्म कतै भाइको सुइँको लागेको छैन।ऊ निरास छ थकित छ हिंडाईले खुट्टामा फोका परेकाछन्।

यहाँ कुकुरदेखि सावधानू — मूल गेटको बाहिर लेखेको थियो। तर विक्रमले त्यो गेटबेल बजायो। गेटभित्र केही व्यक्तिहरू बोलिरहेको सुनिन्थ्यो। गेटको बराबरमा सानो सहायक गेट पनि आधा खुला नै थियो। साङ्गलाले बाँधेको कुकुर पनि भुकिरहेको थियो।

विक्रम त्यही गेटबाट आवाज लगायो, ए भाइ, ए भाई एआईजी साहेब घरमा हुनुहुन्छ ?

हुनुहुंदैन आज कतै जानुभएको छ। हजुर, केही काम थियो किरुू — बाहिर बगैँचामा काम गरिरहेका मालीहरू मध्ये एकजना युवाले सोध्यो।

भाइ, म दाङबाट आएको हुँ। मेरो भाइ कतै हराएको छ, उसैलाई खोज्दै खोज्दै आएको हुँ। नक्साल अफिसमा गएको थिएँ, त्यहाँ आज छुट्टी रहेछ। उहाँ घरमै हुनुहोला भनेर त्यहां देखि यता पठाइदिए। — विक्रमले थकित स्वरमा भन्यो। उसको ओंठहरू सुकेका थिए सरिर तात्तिएको थियो।

ूहजुर दाङबाट आउनुभएको होरु मेरो घर पनि रोल्पा हो। हजुरको भाइ अग्लो, पातलो छन्रु जुटे नाम त होइन कतै ? — उनीहरूमध्ये एकजना युवाले एकै स्वासमा सोध्यो।

हो भाइ — विक्रमले झट्ट भन्यो। ऊ हर्षित भयो। थाकेको शरीरमा शीतलता छायो।

कहाँ छ भाइ त्यो ? —थप तर सटिकमा सोध्यो।

अर्को जनाले एउटा गिलासमा पानी लिएर आयो। तिर्खाले मुख सुकेको थियो। एक सासमै गिलास रित्तायो।

त्यो त नेपालगञ्ज हुन सक्छ। हामी सँगै आएका हौँ। त्यो चामलको व्यापारीले नै पठाएको हो दाई त्यो दलाल रहेछ । तिमीहरूलाई पुलिसमा नोकरी पाउँछौ भन्यो, र अहिलेसम्म केही थाहा छैन। जुटेलाई डीएसपीले लिएर गएको हो।— उसले कुराको बिट मार्‍यो।

अब नेपालगञ्जका लागि हिँड्ने सुरमा विक्रम घडी हेर्दै बाहिर निस्कन थाल्यो।

ऊ दाइलाई थाहा होला ?— उसले एकजना भित्र आउँदै गरेको केटातिर इसारा गर्दै भन्यो।

दाइ, त्यो बागमविक्रम कहाँ छ होला अचेल ? — उसैले नयाँ आएका युवासँग सोध्यो।

त्यो त अचेल यतै छ। बागबजारमा त्यसको आवास छ — उसले भन्यो।

यो सुनेर विक्रम हर्षित भयो। आज उसले आफ्नो भाइ भेट्ने पक्का भयो। यस्तो लाग्यो उसलाई — जीवनभरिको खुसी एकैसाथ प्राप्त भयो।

हस् भाइ, धन्यवाद।ू — विक्रमले सबैलाई धन्यवाद दिँदै ढिला नगरी बागबजारतर्फ लाग्यो।

घामले नेटो काटिसकेको थियो। खल्तीमा रुपियाँ सकिन्छन् भनेर ऊ पैदल नै हिँड्थ्यो। आज सातौँ दिन, खुट्टाभरि फोरा परेर कयौँ फुटेका थिए। उसले भाइलाई भेट्ने खुसीमा ती घाउहरू दुखिरहेका थिएनन्।

सर१ डीएसपी शाहको घर कहाँनिर हो ? — बागबजार पुगेपछि एउटा प्रहरीको बुथमा विक्रमले सोध्यो।

को शाहरुू — प्रहरीले विक्रमतिर पिर्लुक्क हेर्दै ठाडो बोल्यो।

सर, डीएसपी शाह

खै, थाहा छैन मलाई त । — उसले बताउन चाहेन।त्यो बुथमा अकेलो ऊ मात्र थियो। विक्रम रोकिएन र अन्यठउंमा सोध खोज गर्ने उदेश्यले हिंड्यो।

बागबजारभरि घुम्यो। झमक्क रात पर्‍यो। अब कता खोज्ने ? ऊ मनमनै भन्यो। अहिले ऊ थाकेर लखतरान परेको थियो।एउटा युद्यबट हारेको सिपाई झैं ।

विक्रमले एउटा तरिका सोच्यो र ऊ फेरि प्रहरीको बुथमा पुग्यो।

सर, म माइतीघरबाट आएको हुँ। मलाई एआईजी साहेबले पठाउनुभएको हो। मलाई डीएसपी शाहको घरमा जानु छ।

विक्रमको कुरा नसकिँदै —हजुरले पहिल्यै भन्नुपर्थ्यो नि१ मैले घर देखेको छैन, हजुरलाई त्यो गल्लीसम्म पुर्‍याइदिन्छु। हिँड्नुहोस्। — प्रहरीले एआईजीको नाम सुनेपछि विक्रमलाई ऊ बस्ने गल्लीसम्म छाडेर आयो। उनिहरूको त्यो कलौनी नजिकै रहेछ।

गल्लीमा पुगेपछि उसले एउटा घरमा सोध्यो। एउटा वृद्धा महिलाले उसलाई अर्को घर देखाइन्। ऊ अर्को घर पुग्यो र डोरबेल बजायो।

ढोका खोल्न उसैको भाइ जुटे आयो।उसलाई देखेर विक्रम खुसिभयो ।अहिले उसको सामुन्ने आफ्नै भाई थियो जसलाई जिउंदो मर्दो थाहाथिएन।अहिले उहि भाई विक्रमको नजिक उभिएको थियो।

विक्रमले उसलाई अँगालो हाल्यो। दिनभरिको थकाइ मेटियो। त्यो मात्र होइन, दुई वर्षसम्मको त्यो भाइ हराएको पीडाबाट आज राहत मिलेको थियो। अहिले उसको भाइ आफ्नै नजिक थियो। उसले क्षणभर आमालाई सम्झियो र आफू आफ्नो उद्देश्यमा सफल भएकोमा विक्रम धेरै खुसी थियो।

ए जुटे१ को हो यो ? — एउटी अर्धबैँसे, कपाल काटेकी महिला नाइटसुटमा भान्सा कोठामा आएर सोधी।

उसलाई देखेपछि विक्रम जुरुक्क उठ्यो र दुवै हात जोडेर नमस्कार गर्‍यो।ऊ डिएसपीकी पत्नि हुनुपर्छ उसले अड्कल काडिसकेको थियो।

हस्, ठिक छ, ठिक छ। — उसले यत्ति भनी र जुटेलाई भित्र बोलाई।

विक्रमको शिर दुखेको थियो।

लिनुहोस्। — भित्रबाट आउँदा भाइले एउटा पेनकिलरको गोली ल्याएको थियो। गिलासमा पानी थमायो र उसले गोली खाएपछि केहीबेरमा आराम भयो ,टाउको हलुङ्गो भयो।भोक पनि लागेको महसूस् भयो।आज उसले बिहानै देखि एक कप चिया सेवाए केही खाएको थिएन।

एकछिनपछि उही महिला फेरि भान्सा कोठामा आई र भनी —। तिमी जुटेका दाजु हौरु किन आएका ? भाइसँग भेट हुन आएका हौ ? उसले नाकका प्वाला ठुला बनाउंदै सोधी

हजुर, भाइलाई लिएर जान आएको। आमा रोएर अपहत्य छ। यसको कतै अत्तोपत्तो थिएन, त्यसैले खोज्दै खोज्दै आएको। हामी भोलि नै जान्छौँ। — विक्रमले उसलाई उत्तरसहित आफ्नो उद्देश्य बतायो।

त्यसो हुँदैन। अहिले साहेब हुनुहुन्न। उहाँ आएपछि बल्ल कुरा गर्नु। मसँग भनेर त हुन्न ? — उसले ठाड्ठाडै भनी र भित्र पसी।

साहेब भोलि आउने कुरा भएको छ। मैले राति फोनमा भनेकी थिएँ। — उसले भोलिपल्ट बिहानै खबर सुनाई।

आजको दिनभरि दुई भाइ सँगै बसे। एकछिन बजारतिर घरेलु सामान लिन गए। धेरै समयका दुःख(सुख साटासाट गरे।

भोलिपल्ट डीएसपी आयो। बिहानै उसले बोलाइ पठायो।

साहेबले बोलाएको छ हजुरलाई। — भाइले जानकारी गरायो।

विक्रम उसको ड्रइङरूममा पुग्यो र नमस्कार गर्‍यो।

को हो ? बाहिरबाट आउँदा अनुमति लिनुपर्छ, थाहा छैन तँलाई ? — उसले नमस्कारको बद्लामा हकार्दै भन्यो।उसका आंखा राता राता थिए देख्दा गहुंगोरो भएपनि अहंकारले भित्रैबाट कालो देखिनथ्यो।

सर, म जुटेको दाजु। — विक्रमले आफ्नो बारेमा बतायो।

के प्रमाण छ तँ जुटेको दाजु भएको ? — उसले उल्टा(उल्टा प्रश्न गर्दै निहुँ खोज्न थाल्यो।

सर१ आफ्नो भाइलाई लिन आएको हुँ। हामी अस्तिकै दिन जाने थियौँ। हजुरको बाटो कुरेर बसेका हौँ। कृपया यसको हिसाब गरिदिनु। हामी आजै जान्छौँ।— विक्रमले सबै कुरा बतायो।

आहा, कति सजिलो छ हिसाब माग्न. दुई वर्ष पहिले कहाँ गएको थिइस् हँरु आज हिसाब माग्न आएको छस्। — उसले अलि चर्को बोल्दै थप्यो — ूहामीलाई थाहा छैन अनि तेरो भाइ हो भन्ने के छ प्रमाण तँसँग ? देखा त१ 
सर१ मेरो भाइ हो भन्ने प्रमाण त स्वयं भाइसँग सोधे भइहाल्छ नि। अनि मेरो भाइ नभएको भए म किन आउँथे यसलाई लिनरुू — विक्रमले सफाइमा भन्यो।

हामीजस्ता गण्यमान्य मानिससँग यी यस्ता परिचयपत्र हुन्छन्।— डीएसपीले आफ्नो परिचयपत्र देखाउँदै भन्यो।

आ-आफ्नो काम गर्ने ठाउँको परिचयपत्र सबैको पासमा हुन्छ। मलाई हजुरसँग कुनै बहस गर्नु छैन। म मेरो भाइ लिन आएको हुँ। यसको लेनदेन के छ, त्यसको हिसाब विवरण दिनु। हामी जान्छौँ। — विक्रम आफ्नो विचारमा अडियो।

अहिले हामी पठाउँदैनौँ। तँ गैहाल, दसैँ-तिहारमा आफै आउँछ तेरो भाइ, सम्झिस्र— डीएसपीले सिधै आफ्नो आदेश दिँदै भन्यो।विक्रमलाई सिङ्गै निल्छ की जस्तै गर्यो।

सर, म आफ्नो भाइलाई नलगी जाँदैन। यसको लागि मलाई अझै कतै जान परे पनि जान्छु। — विक्रमको त्यो कुरा सुनेपछि उसले खुट्टादेखि टाउकासम्म विक्रमलाई नियाल्यो।

थाहा छ तँ दाङको को होस्रु तेरोबारेमा सबै थाहा छ मलाई।म दाङमा बसेको मानिस हु । — उसले चेतावनी दिँदै भन्यो। उसको विचारमा धम्की मिश्रित थियो। तर कुन्नि किन ऊ अहिले अलिक नम्रतापूर्वक त होइन, तर अलिक बिस्तारै बोलेको थियो।

सर, मेरो रेकर्ड केही नराम्रो छैन। मलाई सबैले चिनेकै छन्।— विक्रमले भन्यो।

लैजा तेरो भाइ— अहिले उसले चर्को स्वरमा भन्यो।

जुटे, यो तेरो दाइ होर ? — उसले भाइलाई भित्र बोलायो र सोध्यो।

हजुर, यहाँ मेरा दाजु हुनुहुन्छ। — जुटेले विक्रमतिर हेर्दै भन्यो।

त्यसो भए यता आइज। — उसले भाइलाई भित्र लग्यो र कुनै कागजमा सहीछाप गरायो। यद्यपि विक्रमले पहिलेनै आफ्नो भाइलाई भनेको थियो — कुनै पनि कागजमा सही नगर्नु। तर उसले डराएर गर्‍यो वा केही आसमा गर्‍यो, सही छाप गरेछ।

ल, किराया। अब गैहाल, — उसले तीन सय रुपियाँ निकालेर जुटेको हातमा थमाउँदै भन्यो।

काठमाडौँबाट घोराहीलाई त्यो बेला चार सय पचास रुपियाँ एकजनाको भाडा लाग्दथ्यो।

के हो यो ? — विक्रमले जुटेको हातबाट खोसेर उसलाई फिर्ता दिँदै भन्यो।दिनुहुन्छ भने भाईको सबै हिसाब गर्नु हामिलई हजुरको भाडा चाहिंदैन।

यसले सबै पैसा लगिसकेको छ। तैपनि किराया थपथाप होला भन्ठानेर दिएको। अझ ठूलो हुन्छ। — भन्दै त्यो पैसा उसले आफ्नो गोजीमा राख्यो।

पञ्चायती व्यवस्था अनि यो डीएसपी — कुनै पनि आरोप लगाएर जेलमा हाल्न सक्ने भय पनि उत्तिकै थियो।त्यसबारे सम्भावित खतरा तर्फ ध्यान दिएर विक्रमले आफू त्यहाँबाट निस्कन नै समझदारी ठान्यो। जुटेले आफूले लगाउने कपडा एउटा झोलामा राख्यो ।

जुटे र विक्रम त्यहाँबाट दाङतर्फ जाने बसपार्कतर्फ लागे। नजिकैको बसपार्कबाट बसमा बसे।

विक्रमलाई एउटा खुसी यही थियो — उसको दुई वर्षदेखि हराएको भाइ भेटाएर सँगै लिएर घर जाँदै थियो। आमा यो देखेर कति खुसी हुनुहोला१ उसले मनमनै त्यही विचार खेलाउँदै थियो।छन त उसलाई दुइ वर्षसम्म फ्रिमा कजाएको यो फटाह प्रता भित्र भित्रै आक्रोश थियो। यस्ता शोषक र फटाहा देशको गरिमामय पदमा आसीन हुँदा गरिब र निमुखाको कसले न्याय दिनेरु यो पीडा पनि उसको मन(मस्तिष्कमा घर बनाएर बिराजमान थियो।

आज करिब दस दिनपछि ऊ आफ्नो भाइलाई लिएर घर फर्किँदै गर्दा उसले सबै दुःख र दर्द भुतुक्कै बिर्सियो। एक प्रकारको सन्तुष्टिले उज्यालो अनुहार लिएर दुवै दाजुभाइ घर पुगे।आमाले छोरालाई अंगालोमा बेरेर अलिबेर घिट घिट गर्दै रूनुभयो।तर अहिलेको रोदन खुसिको थियो ,छोरा भेटिएको त्यो अघात खुसिको क्षण खुसिको कुनै सिमथिएन्।

दाङ घोराही १८