Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

स्वास्थ्यकर्मी र अस्पतालमा असुरक्षा बढ्दै, सम्बन्धित निकाय मौन

१२ मंगलबार , जेठ २०८३७ घण्टा अगाडि

स्वास्थ्यकर्मी र अस्पतालमा असुरक्षा बढ्दै, सम्बन्धित निकाय मौन

मानिसको जीवनसँग सम्बन्धि केहि ऐन र कानुनहरू निर्माण गरी संबेदनशील क्षेत्रमा लागु गरिएको छ । स्वास्थ्यकर्मी र संस्थाको मूल उद्देश्य मानवजातिलाई आवश्यक पर्दा स्वास्थ सेवा उपलब्ध गराउने हो । स्वास्थ्य विषय अध्ययन गराउने समयमा नै स्वास्थ्यकर्मीलाई देवता र स्वास्थ्य संस्थालाई मन्दिरको रूपमा मान्नुपर्दछ भनेर जानकारी गराएको हुन्छ । स्वास्थ्यकर्मी यस्तो व्यक्ति हो जसले प्राकृतिक रूपमा भएको शरीरको कुनै अङ्गमा केहि खराबी भयो भने त्यसलाई वैज्ञानिक विधिबाट यथास्थितिमा ल्याउने उसको दायित्व र जिम्मेवारी हुन्छ । स्वास्थ विषय अध्ययन गर्ने व्यक्ति जो सुकै भए पनि उसले औषधि उपचार र परिक्षण गर्दा, जातभात, धर्म, धनि गरिब तलमाथि नगरी निष्पक्ष र सहनशिलताक साथ आफ्नो दायित्व पुरा गर्नुपर्दछ ।
यसरी काम गर्दा पनि हाल विभिन्न विषय, सेवा स्वास्थ्य परिक्षण औषधि प्रयोग गराउने शिलशिलामा स्वाथ्यकर्मी र सेवाग्राहीको वीचमा बारम्बार तनाब सिर्जना भै स्वाथ्यकर्मी, स्वास्थ संस्था र सेवाग्राही वीच असमझदारी र संवेदनशील नहुँदा स्वाथ्यकर्मी माथि हातपात र स्वास्थ संस्था तोडफोड गर्ने घटनाहरू भै रहेको हुँदा यस्तो कार्य रोकी मानिसको स्वास्थ उपचारमा सहज र सौहार्दपूर्ण वातावरण बनाउने उद्देश्यले स्वास्थ सेवालाई नियमित, भरपर्दो, मर्यादित र प्रभावकारी बनाउनु पर्दछ । स्वास्थ उपचारको क्रममा उत्पन्न हुने आकस्मिक घटना र आर्थिक दायित्वबाट स्वाथ्यकर्मी र स्वास्थ संस्थाको सुरक्षा गर्ने कानुनको आवश्यकता परेको हुनाले स्वाथ्यकर्मी र स्वास्थ संस्थाको सुरक्षाको र स्वास्थ सेवालाई प्रभावकारी बनाउने उद्देश्यले स्वाथ्यकर्मी र स्वास्थ संस्थाको सुरक्षा सेवा सम्बन्धि ऐन २०६६ र पहिलो संसोधन २०७९ मा ल्याइएको हो ।
यो ऐन प्रारम्भ भएपछि समयको परिवर्तन मानिसको आचरणमा आएको अस्वभाभिक प्रवृति, सेवाग्राही र सेवा प्रदायक बीचको अविश्वास, आर्थिक विषय लगायतका कारणहरूले गर्दा नेपालमा मात्र होइन सबै जसो देशहरूमा स्वास्थ्य सेवा उपलब्ध गराउने  क्रममा एक आपसमा झगडा, द्वन्द, कुटपिट, तोडफोड जस्ता घटनाहरू थपिदै  भएको छ । मानिस अस्वस्थ हुने धेरै कारणहरू भए पनि मानिस बिरामी दुई किसिमबाट अस्वस्थ हुन्छन । एक प्राकृतिक प्रकोप र दोस्रो शरीरमा आवश्यक पर्ने कुराहरूको अभाव र गड्बडी । कारण जे सुकै भए पनि मानिसहरू बिरामी र अस्वस्थ भएपछि मुख्य बाटो वा उपाय नै स्वाथ्यकर्मी र स्वास्थ संस्थाको सम्पर्कमा चाँडो पुग्नु पर्ने नै हो । अरू बाटो हुदैन खोजेमा स्वाथ्यमा झन् समस्या बढ्न सक्दछ । 
मानिसको कुनै किसिमको पनि स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा सेवा ग्राही र सेवा प्रदायकको उद्देश्य एउटै हुन्छ सेवा प्रदायकले जसरि जति सक्दो चाँडो आवस्यकता अनुसार सेवा उपलब्ध गराएर सेवाग्राहीलाई स्वस्थ बनाउने र सेवाग्राही पनि आफुलाई स्वस्थ हुने अवस्थामा पुग्ने । एस्तो साझा उद्देश्य भएको सेवाग्राही र सेवा प्रदायक बीच हुने झगडा, तनाब, कुटपिट, तोडफोड लगायतका घटना बढ्दैछन् त यस बारे दुवै तर्फबाट कानुनको अधिनमा बस्नुपर्दछ  । नबसेको खण्डमा कुन चाही पक्षको गल्ति हो त्यसको समाधानको लागि यो ऐन आएको हुँदा यस ऐनमा भएका प्रावधान वा व्याख्यालाई दुवै पक्षले पालना गर्नु पर्दछ  र नगरेको खण्डमा ऐन अनुसारको दण्ड दिनुपर्दछ  । यति पवित्र कार्यमा पनि किन अस्वभनिय घटनाहरू आउने अवस्था हुन्छ भनेर विचार गर्दा सेवाग्राही र सेवाप्रदायकका आफ्ना आफ्नै भनाइ र असन्तुष्टिहरू छन् र यी असन्तुष्टिहरूलाई दुवै पक्षले आफ्नो आफ्नो गल्ति, स्वभाब र आचरणलाई सुधार्नु पर्दछ । 
सेवाग्राहीको तर्फबाट हुने असन्तुष्टि र गुनासाहरूमा समयमा चिकित्सकहरू नआउने, आए पनि विज्ञ नआउने, विषय भन्दा बाहिरको आउने, उपकरण, औषधि लगायतका आवश्यक जांच नहुने आर्थिकभार बढाउने, असजिलो अवस्था आएमा अन्यत्र लैजाउ भन्ने, सोधेको विषयमा राम्रो जानकारी नदिने आवश्यक भन्दा बढी औषधि लेख्ने, आवश्यक नै नपरे पनि अस्पतालमा भर्ना गर्ने जस्ता छन् भने सेवा प्रदायकको भनाइ र गुनासोमा स्वाथ्यकर्मी भन्दा आफै जान्ने हुने, अनावश्यक  हुलहुज्जत गर्ने, चाहिने भन्दा बढी मानिस ल्याउने, चिकित्सकलाई थर्काउने , झगडा गर्ने, हातपात गर्ने र राम्रोसंग बिरामीको सेवा गर्ने वातावरण नबनाउने र बिरामीलाई औषधि उपचारक्रममा  केहि भएमा अनावश्यक तनाव दिने आर्थिक सेवामा लिनदिन गराउन लगाउने जस्ता कुराहरूले गर्दा यी दुई समुह बीच झगडा भइरहने हुनाले यो ऐनको कार्यन्वयन गरिएको हो । ऐन लागु भए पनि सेवा सम्बन्धित क्षेत्रबाट समय र परिस्थिति अनुसार ऐनको कार्यन्वयन नहुँदा समस्या झन् जटिल हुँदै आएको छ । आज प्रत्येक दिन प्रत्येक समय निजि, गैरसरकारी, सरकारी लगायत स्वास्थ्य संस्थाहरूमा यस्ता घटनाहरू भइरहेको हुँदा अब सेवा सम्बधि निकायबाट यो ऐनको प्रभावकारी कार्यन्वयन अनिवार्य रूपमा कडाईका साथ गर्नु पर्दछ, अन्यथा स्वास्थ संस्था र स्वास्थ्यकर्मीको बीच झन् बढी तनाब सिर्जना हुँदै जाने अवस्था आउन सक्दछ । यस्ता घटना हुन नदिनको लागि ऐनमा यस किसिमको व्यवस्था गरिएको छ । ऐनको दफा ३.३ मा आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुने ः कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई देहायका कार्य गर्न वा गराउन हुँदैन ः– 
(क) स्वास्थ्य संस्थामा आगजनी गर्न, 
(ख) स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुरÞ्याउन, 
(ग) स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुरÞ्याउन, 
(घ) स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न, 
(ङ) स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुरÞ्याउन, वा 
(च) स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न ।
ऐनको दफा ४ मा सुरक्षा माग गर्न सक्ने ः 
(१) कसैले कनै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी उपर वा स्वास्थ्य संस्थामा दफा ३ विपरीतको कुनै काम कारबाही गरेमा वा गर्न लागेमा त्यस्तो स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थाले स्थानीय प्रशासनसँग सुरक्षाको माग गर्न सक्नेछ । 
(२) उपदफा (१) बमोजिम सुरक्षाको माग भएमा स्थानीय प्रशासनले तुरून्त सुरक्षाको व्यवस्था गरिदिनु पर्नेछ ।
(३) कुनै ठाउँ र अवस्थालाई विचार गर्दा कुनै स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवामा अवरोध पुग्न जाने भई स्थायी रूपमा सुरक्षाको व्यवस्था गर्न समितिबाट लेखी आएमा नेपाल सरकारले त्यस्तो स्वास्थ्य संस्थामा स्थायी रूपमा सुरक्षाको व्यवस्था गर्न सक्नेछ । 
(४) स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
कसुरको सम्बन्धमा 
(१) कसैले दफा ३ बमोजिमको कनै कार्य गरेमा यस ऐन अन्तर्गतको कसुर गरेको मानिनेछ । 
(२) कसैले देहायको कसुर गरेमा कसुरको मात्रा हेरी देहाय बमोजिम सजाय हुनेछ ः– (क) दफा ३ को खण्ड (क) बमोजिमको कसुर गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रूपैयदिखि पाँचलाख रूपैयाँसम्म जरिबाना वा दुवै सजाय, 
(ख) दफा ३ को खण्ड (ख) वा (ग) बमोजिमको कसुर गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रूपैयाँसम्म जरिबाना वा दुवै सजाय, 
(ग) दफा ३ को खण्ड (घ), (ङ) वा 
(च) बमोजिमको कसुर गरेमा एक वर्षसम्म कैद वा एक लाख रूपैयाँसम्म जरिबाना वा दुवै सजाय ।
(३) उपदफा (१) बमोजिम कसुर गर्ने व्यक्तिले गरेको काम कारबाहीबाट कुनै स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थालाई कुनै हानि नोक्सानी भएकोमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कसुरदारबाट त्यस्तो हानि नोक्सानी बापत मनासिब माफिकको क्षतिपूर्ति समेत भराइदिनु पर्नेछ  (४) उपदफा (३) बमोजिम क्षतिपूर्ति भराउँदा स्वास्थ्य संस्थाको सम्पत्ति तोडफोड, आगजनी वा हानि नोक्सानी गरी क्षति पुर्याएकोमा त्यसरी भएको क्षति बराबरको रकम भराउनु पर्नेछ । 
स्वास्थ क्षेत्रमा गर्नैपर्ने सुधारहरू ः
ऐन प्रभावकारी रूपमा कार्यन्वयन लागु गर्नुपर्दछ र दुवै पक्षले कानुन अनुसार नगरेमा ऐनमा उल्लेख भए अनुसारको दण्ड र सजाय गर्नुपर्दछ । अन्यथा स्वास्थ्य जस्तो संबेदनशील विषयमा अराजकता फैलिन सक्छ र मानिसको समयमा उपचार गर्न नपाएर अकालमा मृत्यु हुन सक्दछ ।