
लोकतन्त्र केवल मतगणना र सरकार गठनको प्रक्रिया मात्र होइनस यो जनताको भावना, न्यायबोध र नैतिक चेतनासँग गहिरो रूपमा जोडिएको प्रणाली हो। जब जनताले कुनै व्यक्ति वा नेतालाई अन्यायको सिकार भएको ठान्छन्, त्यतिबेला उनीहरूको समर्थन भावनात्मक रूपमा बढ्छ र त्यसले चुनावी परिणाममा पनि प्रभाव पार्छ। यही प्रवृत्तिलाई “सहानुभूति र दयाको मतदान” भनिन्छ। यो केवल नेपालमा मात्र होइन, विश्वभर देखिने एउटा महत्वपूर्ण राजनीतिक यथार्थ हो।
यसको दार्शनिक आधार आडम स्मिथले आफ्नो कृति द थ्योरी अफ मोराल सेन्टिमेन्टमा व्याख्या गरेका छन्। उनका अनुसार, मानिस केवल स्वार्थी प्राणी होइनस उसमा अरूको पीडा महसुस गर्ने क्षमता हुन्छ, जसले उसको निर्णयलाई प्रभावित गर्छ। जब यही भावना राजनीतिक निर्णयमा प्रवेश गर्छ, तब सहानुभूतिको मतदान शुरु हुन्छ।
नेपालको इतिहासमा विशेष्वर प्रसाद ९बी पी० कोइरालाको उदाहरण उल्लेखनीय छ। पञ्चायतकालमा लामो समय भारतमा निर्वासनमा बस्न बाध्य भएका उनी नेपाल फर्किएपछि ठूलो जनसमर्थन पाउन सफल भए। जनताले उनलाई केवल नेता नभई अन्यायको सिकारका रूपमा हेरे, जसले उनको राजनीतिक पुनरागमनलाई सहज बनायो।
त्यसैगरी, डा। चन्द्रकान्त (सि के) राउत पटकपटक राज्यको कारबाही र पक्राउमा परे। मुख्यतः २०७५ सालतिर राज्यविरुद्धको मुद्दा चल्यो। तर जब उनले २०७९ सालको निर्वाचनमा भाग लिए, जनताले “हातले समातेको माइक” चुनाव चिन्हमा मतदान गर्दै उनलाई समर्थन जनाए र उनले प्रत्यक्षतर्फ ६ सिट जित्न सफल भए। यो केवल चुनावी सफलता मात्र नभई जनताको सहानुभूतिको अभिव्यक्ति थियो।
रेशम चौधरीको सन्दर्भ झन् प्रत्यक्ष छ। २०७२ सालको टिकापुर घटनामा उक्साएको, सहभागी भएको भनी उनीमाथि आरोप लाग्यो र २०७४ सालमा पक्राउ परे। जेलमै रहँदा पनि उनले चुनाव जिते र २०७९ सालको निर्वाचनमा उनको पार्टी नागरिक उन्मुक्ति पार्टीले ७ सिट ९४ प्रत्यक्ष ं ३ समानुपातिक० जित्न सफल भयो। जनताले उनलाई निर्दोष मात्र होइन, अन्याय भोगेका व्यक्तिका रूपमा पनि हेरे। चुनाव चिन्ह ढकियामा मतदान गरे र साथ दिए।
हालसालै रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विवाद र मुद्दाबीच उल्लेखनीय सफलता हासिल ग¥यो। उनले जेलको तारेखमै उम्मेदवार दिएर चुनावमा सानदार जित हासिल गरे। उनको पार्टीले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी जम्मा १८२ सिट हासिल गर्यो। रविलाई महाअपराधिक रुपमा चित्रित गर्दै, सत्य(असत्य दुवै खाले मुद्दा लगाइदिएको देखेपछि जनताले उनलाई सहानुभूतिको भोट दिए भने भ्रष्ट, दलालहरूले घेरिएका पुराना, बुढा नेताहरू प्रति वितृष्णाको कारण घृणामा मत दिए।
त्यति मात्र होइन, २३–२४ भाद्र २०८२ को जेनजी आन्दोलनमा मारिएका १९ युवा विद्यार्थी र प्रहरी लगायत ७६ जनाको मृत्युपछि ती शहीदप्रति सहानुभूति एवं विद्रोहको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरे।
यो प्रवृत्ति अन्तर्राष्ट्रिय स्तरमा पनि देखिन्छ। भारतमा जर्ज फर्नान्डिसले १९७७ मा वोडा डाइनामाइट केसको क्रममा जेलमै हुँदा मुजफ्फरपुरबाट लोकसभा चुनाव जिते। बेलायतमा बोबी स्यान्ड्स १९८१ मा उत्तरी आयरल्याण्डको जेलमा रहँदा उपनिर्वाचन जितेर सांसद बने, यद्यपि भोक हड्तालकै क्रममा जेलमै उनको निधन भयो। त्यस्तै काउन्टेस मार्केभिचले १९१८ मा जेलमै हुँदा चुनाव जितिन् तर संसदमा उपस्थित भइनन्।
पाकिस्तानमा आसिफ अली जरदारी लामो समय जेलमा बसेपछि रिहा भई राष्ट्रपति बने। यो जेलबाटै चुनाव जित्ने घटना नभए पनि सहानुभूति र पुनरागमनको सशक्त उदाहरण हो।
विश्वकै सबैभन्दा प्रेरणादायी उदाहरण भने नेल्सन मण्डेला हुन्। उनले २७ वर्ष जेल जीवन बिताएपछि रिहा भए, जनताले उनलाई राष्ट्रपतिको रूपमा चयन गरे। उनले भनेका थिए, “नेतृत्वले रिस पाल्नु भनेको आफैं विष पिउनु र त्यसले आफ्ना शत्रुहरू मर्छन् भन्ने आशा गर्नुजस्तै हो।” यसले देखाउँछ नेतृत्वमा सहानुभूति, क्षमा र न्यायको भावना दीर्घकालीन नेतृत्वको आधार हो। तर आम नागरिक अन्यायको विरुद्ध आवाज उठाउँछ, अभिव्यक्ति दिन्छ र मतदानको अवसर हुँदा मतदानमार्फत व्यक्त गर्छ।
महात्मा गान्धीले भनेका छन्, “नरम तरिकाले पनि तपाईंले संसारलाई हल्लाउन सक्नुहुन्छ।” कहिलेकाहीँ आफू हारेर पनि जित्न सकिन्छ, त्यो हारेको कुरा जनतालाई जानकारी हुनुपर्छ। मार्टिन लुथर किंगले भनेका छन्, “जहाँ अन्याय हुन्छ, त्यही अन्यायले सबै ठाउँको न्यायको निम्ति दबाब पुर्याउँछ।” यी विचारहरूले देखाउँछन् कि सहानुभूति र न्याय मानव समाजका आधारभूत मूल्य हुन्।
यद्यपि सहानुभूतिको मतदान सधैं सकारात्मक हुँदैन। कहिलेकाहीँ भावनाले तथ्यलाई ओझेलमा पार्न सक्छ, र गलत व्यक्तिले पनि सहानुभूति पाउन सक्छ। त्यसैले लोकतन्त्रमा सहानुभूति आवश्यक भए पनि, त्यसलाई विवेक, प्रमाण र न्यायसँग सन्तुलनमा राख्नुपर्छ।
नेपालमा नयाँ सरकार बनेलगतै पूर्व प्रधानमन्त्री खडग प्रसाद ओलीलाई पक्राउ गरिएको थियो। यसले उनको पार्टी ८८नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत मार्क्सवादी लेनिनवादी०८८लाई कतै सहानुभूति जनमत प्राप्त भइरहेको छैन। यस पटक नेपालको संसदमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा चर्चित पूर्व स्वतन्त्र मेयर हर्कराज राईको उपस्थिती सबैको चासोको विषय बनेको छ। उनले दार्चुलामा तुईन विस्तार गरेर झोलुंगे पुल निर्माण गरी चर्चा कमाइरहेका छन् र मनमुटु जितिरहेका छन्। आउँदो चुनावअघि उनलाई कुनै राजनीतिक कसुरमा जेल लगाउने, दुःख दिने हो भने उनको पार्टीले अकल्पनीय सिट हासिल गर्न सक्दछ।
सहानुभूतिको राजनीतिले जाति, धर्म, लिंग, वर्ग भन्दैन। त्यसैले कसलाई कसरी दुःख दिइरहेको छ भन्ने कुरा जनतामा कस्तो असर पार्छ, त्यसमा ध्यान दिन आवश्यक छ।
भर्खरै सम्पन्न आम निर्वाचनको बेला यदि रेशम चौधरी स्वतन्त्र नभई जेलभित्र भएको भए, डा। चन्द्रकान्त ९सि। के।० राउत स्वतन्त्र नभई जेलभित्र पीडित भई बसेको भए, हर्कराज राईको विद्रोहको दर्दनाक विगत नभएको भए, रवि लामिछानेले जेल नपुगेको वा झुठा मुद्दा नबेहोरेको भए, र जेनजी विद्रोहमा अबोध बालबालिकाको हत्या नभएको भए, भर्खरै सम्पन्न निर्वाचनको परिणाम पक्कै फरक हुने थियो। यस पटक चौधरी, राउतलाई जनताको सहानुभूति थिएन र संसदमा उनी र उनका पार्टीको उपस्थिती रहेन।
सहानुभूति निर्मम र अन्धोभक्त पनि हुन सक्छ। जनताको चाहना पीडितले मुक्ति पाउनुपर्छ, न्याय पाउनुपर्छ भन्ने कुरा सरोकार राख्छ, न कि जिम्मेवारीका लागि सक्षम छ कि छैनसँग।
अन्ततः, लोकतन्त्रको सुन्दरता यही हो कि जनताले आफ्नो अनुभव र भावनाको आधारमा निर्णय गर्न सक्छन्। नेपालदेखि विश्वसम्मका उदाहरणहरूले देखाउँछन् कि जब जनताले अन्याय महसुस गर्छन्, उनीहरू मतदानमार्फत त्यसको प्रतिकार गर्छन्। सहानुभूति केवल भावना मात्र होइनस यो परिवर्तनको शक्ति हो, जसले राजनीतिक धारा नै बदल्न सक्छ। यसरी हेर्दा, दया र सहानुभूति केवल भावनात्मक पक्ष मात्र होइनस यो राजनीति, समाज र अर्थतन्त्रलाई दिशा दिने शक्ति हो। जब यो सहानुभूति विवेकसँग जोडिन्छ, तब मात्र सशक्त र न्यायपूर्ण समाज निर्माण सम्भव हुन्छ। नागरिकको स्वविवेक मतदानमा सहानुभूतिको मात्र भूमिका हुन्छ भन्ने होइन, तर धेरै कारणमध्ये एक कारण पक्कै हो।
१६ अप्रिल २०२६, आसफोर्ड


