Advertisement Banner
Advertisement Banner

०२ बुधबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

दुईसाताको युद्धविराम र व्याप्त भय सुरेशकुमार पाण्डे

०१ मंगलबार , बैशाख २०८३२० घण्टा अगाडि

दुईसाताको युद्धविराम र व्याप्त भय
सुरेशकुमार पाण्डे

ट्रमले दिएको चेतवानीलाई लिएर इरानका राष्ट्रपति मसुदले भनेका छन देशभरीका १ करोड ४० लाख सेना बनाएर अमेरिकाको प्रतिरोध गर्ने छौं । हामिले बलिदान दिन तैयार छौं तर अमेरिकाको अगाडी आत्मसमर्पण गर्न मन्जुर छैनौं । उनिहरू सडकमा उत्रिएका छन् । ठूलो पैमानामा इरानी महिलाहरू सडकमा अमेरिकन साम्राज्यवादको बिरूद्धमा आफ्नो ज्यानको प्रवाह नगरी शङ्घर्षमा उत्रिएका छन् । स्वराज रक्षाका लागि इरानी महिलाहरूले गरगहनासमेत सरकारलाई दिएको देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुलाउने विषयमा दिएको समयसीमा नजिकिँदै गर्दा इरान–अमेरिका तनाव थप चर्किएको छ । यसैबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियानले देशको रक्षाका लागि ठूलो संख्यामा नागरिक तयार रहेको बताएका छन् । अमेरिकाले दुनियाभरीका देशहरूलाई आफ्नो सिकार बनाउँदै आएको छ । अरूलाई आतङ्कवाद भन्दै आफैले त्यो भूमिका निर्वाह गर्दै आएको छ भन्ने आरोप छ । अमेरिका बोक्सी पनि आफै, धामी पनि आफै बन्दैछ ।
उसको यस्तै चाला हो भने भविष्यमा उसको बिरूद्धमा बिभिन्न देशहरू मिलेर लड्ने छन् । अहिले पनि अमेरिकालाई कुनै देशले खुलेर समर्थन दिएका छैनन् तर पनि उसले अन्य देशहरूलाई आफ्नो पक्षमा आवाज उठाउन आबहान गर्दै आएको छ । वास्तवमा ऊ विश्वमा सबैभन्दा शक्तिशाली बन्ने आकांक्षाले उसलाई एक प्रकारको हस्तक्षेपकारीका रूपमा चिनाउन थालेको छ ।
जुन देशमा उसको कुदृष्टी पर्यो त्यो देशभित्र या त उसको कठपुतली सरकार स्थापित भयो  ।  वा, त्यो देशको तहसनहस भएको देखिन्छ । यति हुँदाहुदै पनि हाम्रा देशका नेताहरू अमेरिकी त्यस्ता शक्तिको बिषालु बल्छिमा परेका छन् । उनिहरूले क्षणीक लोभमा परेर हो वा उस्को धम्किबाट डराएर हो बिगतका दिनमा जसरी एमसीसी पारित गराएका छन् यसले हाम्रो देशलाई इतिहासको भयङ्कर घुम्तिमा पुराईदिएको छ । अहिले ट्रम्प आफै खनेको खाडलमा आफै पर्ने सम्भावना बढी देखिन्छ । यस्तै हालत छ चीनको बीआरआईमा नेपालको स्वीकृति र संलग्नता । नेपालको अस्तित्व खतरामा पर्नु कमजोर नीतिले हो ।
पूर्व उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पको व्यवहार अमेरिकाको सुरक्षा र सैनिकहरूको लागि खतरनाक भएको बताइन् । कांग्रेस सदस्य इल्हान उमर, रो खन्ना लगायतले २५औं संशोधन लागू गर्नुपर्नेमा जोड दिएका छन् । कैलिफोर्नियाका सांसद जिमी गोमेज र रोबर्ट गार्सियाले सभ्यता नष्ट गर्ने धम्कीलाई ‘पागलपन’ भनेका छन् । टेक्सासकी जुली जोन्सन र बोनी वाटसन कोलम्यानले ट्रम्पको अस्थिर र खतरनाक व्यवहारका कारण अब २५औं संशोधन प्रयोग गर्नुपर्ने बताए ।  उनिहरूले राष्ट्रपति ट्रमपलाई असक्षम राष्ट्रपति घोषित गरेर हटाउनसक्ने बताएका छन् । यस्तो दबाव ट्रम्पको त्यो अभिब्यिक्त बिरूद्धमा हो जसमा उनले परमाणु बमको धम्कि दिएका थिए ।
एउटा जिम्मेवार राष्ट्रपतिले परमाणु बमको धम्की दिनुभनेकै असन्तुलित मानसिकताको परिणाम हो । यस्ता ब्यक्तिलाई सत्तामा राखिरहनु भनेकै असुरक्षा हो । अन्तमा यस्ता मानसिक सन्तुलन गुमाएका ब्यक्तिले जेपनि गर्न सक्छन् ।बिगतमा उसले अन्य देशहरूमा आणविक हतियारको आरोप लगाएर धमाधम आक्रामण गर्दै आएको इतिहास छ । आक्रमणको उद्देश्य ती देशको प्राकृतिक स्रोतको दोहन हो ।
यही बिच ट्रमपले दुई साताका लागि युद्ध नगर्ने बताएका छन् । यो निर्णयपनि उनिहरूको दवाबकै कारण हुनसक्छ । जेहौस् ट्रम जस्ता ब्यक्तिहरूले विश्वमा आतङ्क फैलाउने बाहेक अरू केहि गर्न सक्दैनन् । उनिहरूलाई देशको सर्वोच्च स्थानमा बसाल्नु विश्वलाई नै खतरा छ । इरानले ४५ दिनको युद्ध बिरामको अल्टिमेटम दिएको थियो पहिलेपनि ।
अहिले अमेरिकाको हवाइ जहाज द्वारा निरक्षणपनि गरेको जानकारी थियो  । तर अमेरिकाले आज तहस नहस गर्ने धम्कि दिएपनि दुइसाताका लागि उसले युद्धबिरामको घोषणा गरेको छ । त्यो मात्र होइन आफूले गर्दा ध्वस्त भएको ठिक गराईदिन्छु पनि भनेको मिडियाहरूमा आएको छ ।
अहिले आफ्नै देशका एम पीहरूकै दवाबमा उसले फेरी दुइ साताको म्यादा थपेको हुनसक्छ । तर यो अमेरिका हो जसका देखाउने दात र खाने दात भिन्दा भिन्दै छन् ।अहिले झुक्काएर पनि कतै वार गर्नसक्ने छ । किन की कुनैपनि नियम र अन्तरराष्ट्रिय कानुन नमान्ने यो छाडा प्रवृतिको साम्राज्यवादी शाशकले जेपनि गर्नसक्छ । फेरी कुनबेला के गर्छ भन्नेबारे अनिश्चित छ । यसै बिच नेतान्याहु स्पष्ट चेतावनी दिएका छन् कि प्रस्तावित दुई हप्ते युद्धविराम लेवननमा लागू नहुनेछ । इजरायलले इरानमाथि सम्भावित आक्रमण स्थगित गर्ने निर्णयलाई सर्तसहित समर्थन गरे पनि, इरानले तुरून्त अमेरिका, इजरायल र क्षेत्रीय देशहरूविरूद्धका सबै आक्रमण रोक्नुपर्ने कडा सर्त अघि सारेको छ । साथै, अमेरिकाले वार्तामार्फत इरानको परमाणु र क्षेप्यास्त्र खतरा अन्त्य गर्ने प्रतिबद्धता जनाए पनि, लेबनान मोर्चामा भने तनाव कायमै रहने संकेत दिइएको छ । अहिले पनि ट्रम्पद्वारा घोषित युद्धबिराम अनिश्चित देखिन्छ । जेहवÞस् यो अमेरिका र इजरायल मिलेर जुन इरान माथिको हमला हुँदैछ यो मात्र इरानमाथिको हमला होइन । अमेरिकी साम्राज्यवादले कुनै देशलाई उक्सायर आर्को देशमाथि हमला गर्न लगाउने उसको पुरानो नीति हो । अहिले पनि उसले आफ्नो स्वार्थका लागि जुनसुकै ठाउंमा आकाम्रण गर्न र गराउन सक्छ । अमेरिका विश्वमा मानवहरूको दुश्मन बनेको छ भन्नेकुरा कसैबाट लुकेको छैन् । यि साम्राज्यवादीहरू आफ्नो धनको बलमा दुनियाँका कमजोर देशहरूलाई आफ्नो अधिनमा राख्न सकेसम्मको प्रयास गर्छन् । उनिहरूलाई डर देखाएर, सहयोगको नाममा जसरी सम्भव हुन्छ ती देशहरूमा आफ्नो अधिकार स्थापित गर्ने उनिहरूको रणनीति हुन्छ । उनिहरूले त्यही गर्दै आएका छन् । उसले आफूभन्दा शक्तिसाली वा आफू बराबर कसैले गरेको रूचाउँदैनन् । त्यसैले गर्दा अमेरिका चीनलाई घेर्न लामू समयदेखि प्रयास गर्दैछ  । त्यसैले उसले आफ्नो सैनिक कैम्प नेपालमा राखेर चीनलाई निशाना लगाउने योजनामा एमसीसी जस्ता राष्ट्रघाती सम्झौताहरू लादेको चर्चा व्याप्त छ ।
सवाल दुश्मनले के लाध्यो त्यो होइन बरू सवाल त आफ्नाले दुश्मनको चालबुझ्न सकेनन् वा बुझेर पनि बुच पचाए भन्ने नै हो । नीतिको कमजोरी हो । स्वराजप्रतिको चिन्ता र चासोको कमी हो । यदि नेताहरूले विदेशीको चाल बुझेको हुन्थेभने त्यसको प्रछाईँ समेत पर्न दिनेथिएनन् । नेपाली नेताहरू त यतिसम्मका छन् कि उनीहरूमाथि फ्रड भनेर विदेशीले खुलेआम भनिरहेका छन् ।
सत्ता र आर्थिक लोभमा परेर उनिहरूले देशलाई इतिहासको त्यो चौबाटोमा लिएर उभ्याइ दिएकाछन् जहाँबाट पछि हट्नु वा अगाडी बढ्नु दुबै खतरनाक छ । अहिले देशप्रेमीले के गर्दा आफ्नै देशको रक्षा गर्न सकिन्छ के गर्दा आफ्नो स्वाभिमानको रक्षा हुनसक्छ ? त्यस प्रति चिन्तित् हुनुपर्ने देखिन्छ । जेनजी नामको सरकार सचेत होला ?
अहिले ट्रम्प भन्दैछन् इरानलाई ध्वस्त बनाई दिन्छौँ । ट्रम्प आफूलाई शान्तिदूतका रूपमा व्याख्या गर्छन्, कतिपय युद्ध रोकिदिएको पनि सुनाउँछन् । तिनै ट्रम्पले ध्वस्तपार्ने भाषा बोल्नु शक्तिको दुरूपयोग होइन र ?
राष्ट्रसंघ, मानव अधिकारवादीहरूले यस्तो आत्माघाती विनासकारी  परमाणु तथा आणविक हात हतियार बम किन बनाउने अनुमती दिन्छन् ? किन यसरी निर्दोष जीवजन्तूहरूको अकारण काल बनेका हुन्छन् ? अब यसबारेमा पनि सचेत र सम्वेदनसिल बन्नुपर्छ की ? कहिलेसम्म यस्तो खौफको सायामा बाँच्ने मानव समाज ? फेरी फेरि यस प्रकारका भाषा बोल्ने नेता देख्नु नपरोस्, ट्रम्प साँच्चै विश्वशान्तिको दूत बनेको देख्न पाइयोस् । महा विनासकारी हात हतियारमाथी प्रतिबन्ध हुनैपर्छ, मानवाधिकार बाँच र बाँच्न देऊ हो । बुद्ध सबैलाई  सद्बुद्धि देऊ ।