Advertisement Banner
Advertisement Banner

०२ बुधबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

सरकारलाई नीतिगत सुझाव : समावेशी विकास र दिगो व्यवस्थापनतर्फ

१९ बिहिबार , चैत्र २०८२१३ दिन अगाडि

सरकारलाई नीतिगत सुझाव : समावेशी विकास र दिगो व्यवस्थापनतर्फ

१। शहरी पूर्वाधारस् एकीकृत र द्रुत कार्यान्वयन
सडक, ढल, खानेपानी, र बिजुलीको काम एकीकृत रूपमा  गरियोस्।
सडक बनाउँदा ढल, खानेपानी, र बिजुलीका लागी बारम्बार खन्ने परिपाटी अन्त्य गरियोस्।
पोटहोल  तुरुन्त मर्मत गर्ने गरियोस्।
भत्किएका सडकहरू वर्षौँ कुर्नुपर्ने अवस्था अन्त्य गर्दै समयसीमा सहित पुनर्निर्माण गरियोस्।
कालोपत्रे गर्दा पुरानो तह हटाएर मात्र नयाँ पिच गर्ने प्राविधिक मापदण्ड अनिवार्य गरियोस्।
उदाहरणका लागि कमलादी गणेशको मन्दिर सडक १ मिटर भन्दा तल पुगिसकेको छ ।
आवश्यक स्थानमा सडक चौडाइ विस्तार ९चयबम भहउबलकष्यल० तीव्र पारियोस्।
२। वातावरण : नदी संरक्षण र शहरी स्वच्छता
नदिमा सिधै ढल मिसाउने कार्य पूर्णरूपमा बन्द गरियोस्।
नदी सफाइलाई स्थानीय तह - समुदाय साझेदारी मोडेल बाट सञ्चालन गरियोस्।
 नदी किनार विकास गरियोस्।
३। स्वास्थ्य र उपभोक्ता अधिकार
रेस्टुरेन्ट तथा खाद्य व्यवसायमा कडा हाइजिन ९जथनष्भलभ० नियम लागू गरियोस्।
नियमित अनुगमन, रेटिङ प्रणाली, र सार्वजनिक रिपोर्टिङ अनिवार्य गरियोस्।
४। समावेशिता र नागरिक अधिकार
तेस्रो लिङ्गी नागरिकता प्राप्ति प्रक्रियालाई सरल, छिटो र पहुँचयोग्य बनाइयोस्।
५। सुशासन र पारदर्शिता
मिडिया हाउसहरूको आर्थिक पारदर्शिता र आय–व्यय अडिट कडाइका साथ लागू गरियोस्।
 कर्मचारी र मिडिया क्षेत्रका आम्दानी स्रोतहरूको नियमित निगरानी र सार्वजनिक खुलासा गरियोस्।
६। पर्यटन र सांस्कृतिक अर्थतन्त्र
महिला र तेस्रो लिङ्गी पर्यटकलाई लक्षित गर्दै विशेष हाइकिङ र ट्रेकिङ प्याकेज विकास गरियोस्।
अजिमा, शक्ति पीठ, तान्त्रिक परम्परालाई जोडेर सांस्कृतिक पर्यटन ब्रान्डिङ गरियोस्।
७। ज्ञान र नवप्रवर्तन
नेपालमा  तान्त्रिक ज्ञान, दर्शन, मनोविज्ञान र ऊर्जा अध्ययनलाई संस्थागत गरियोस्।
यसलाई ग्लोबल रिसर्च र आध्यात्मिक पर्यटन केन्द्र को रूपमा विकास गरियोस्।
यी सुझावहरू केवल विकासका परियोजना होइनन्—
यी नेपालको नयाँ पहिचान निर्माण गर्ने रोडम्याप हुन्स्
दिगो शहर समावेशी समाज
पारदर्शी शासन र सांस्कृतिक रूपमा आत्मनिर्भर अर्थतन्त्र
यदि सही ढङ्गले कार्यान्वयन भयो भने, नेपाल दक्षिण एसियामै मोडेल बन्न सक्छ।
सुनिल बाबु पन्त एसियाकै पहिलो समलिङ्गी सभासद् एवं लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारकर्मी हुन्