Advertisement Banner
Advertisement Banner

३२ बिहिबार, असार २०८३13th July 2026, 9:36:25 am

उत्कृष्ठ देशमा इमान र इच्छाशक्ति छैेन

१० सोमबार , आश्विन २०७३१० बर्ष अगाडि

नेपाल विश्वकै उत्कृष्ठ देश हो। यहाँ सबै छ मात्रै नेतासँग इमान्दारिता र इच्छाशक्ति छैन,  २०११ मा नोबेल रसायनशास्त्र पुरस्कार विजेता इजराईली वैज्ञानिक इन्जिनियर, प्रोफेसर दनिएल शेक्चमनको विचारमा सफलताको लागि नेपालसंग वश्यक सबै चिज छ मात्र छैन राजनीतिक इमानदारिता भनेका छन्। नेपालले मानवीय क्षमता वृद्धिमा लगानी गर्न इजरायलबाट केही सिक्नसक्छ। सिकाउन इजरायल तैयार छ, उनले भने। 
यी वैज्ञानिकका अनुसार नेपालमा ३ करोड मानिस छन्, इजरायलमा ८० लाखमात्रै। नेपालमा धेरै उर्वर जमिन पनि छ। पानीको छेलोखेलो छ। इजरायलसँग प्रचूर साधन स्रोत नभएर पनि अगाडि बढिसकेको छ, नेपालले चाहने हो भने धेरै कुरा गर्न सक्छ। के गर्नु, विदेशी लोभिन्छन्, स्वदेशी लोभमै फसेका छन्। विदेशी काम गर्छन् र प्रगतिको शिखरमा छन्, हामी भाषण गर्छौं र कागजमै सिमित छौं।