Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

बालेन सफल हुने हो भने...

१० मंगलबार , चैत्र २०८२१७ घण्टा अगाडि

बालेन सफल हुने हो भने...

चैत १३ गते बालेन साहले प्रधानमन्त्रीको शपथग्रहण गर्ने समाचार छ । त्यसैदिन साहले आफ्नो मन्त्रिमण्डललाई पनि शपथ खुवाउनेछन् । । रास्वपाले बहुमत ल्याए पनि बालेन्द्र साह प्रधानमन्त्री हुँदैनन् वा हुनसक्दैनन् भनेर फलाक्ने केही विश्लेषक र ज्योतिषहरूको भविष्यवाणी र विश्लेषण फेरि एकपल्ट गलत साबित हुँदैछ ।  मुख्य कुरा प्रधानमन्त्री को बन्दैछ ? कुन पार्टीको सरकार बहाल हुँदैछ ? भन्ने हुँदै होइन । प्रश्न त अबको प्रधानमन्त्री हुने वयक्तिले वा सरकार चलाउने पार्टिले मुलुकका यावत राजनीतिक समस्याहरूलाई ठिक ढंगले, चाहै शनै शनै नै किन नहोस्, समाधान गर्न सक्छ कि सक्दैन ? भन्ने मुख्य हो । व्यक्ति र राजनीतिक दलहरूलाई नेपाली जनताले धेरै देखे, भोगे । शेरबहादुर, ओली, प्रचण्ड पछिल्ला कालका प्रधानमन्त्री हुन् । ०४६ साल यता धेरै प्रधानमन्त्री भए । तर मुलुकका यावत समस्या ज्यूँका त्यूँ छन् । झ बढ्दा छन् । ती सबैलाई संवोधन गर्नसक्ने ल्याकत बालेन्द्र साह वा रास्वपामा छ कि छैन ? त्यो केही समयपछि नै देखिन कुरा हो । तर एउटा कुरा चैं पक्का के हो भने मुलुकलार्य स्थिरता, शान्ति, विकासतिर डो¥याउन राजनीतिक स्थिरता चाहिन्छ, त्यो अहिले पनि सुरसाको मुखझैं मुख खोलेरै बसेको छ ।
के बुहमत सरकार हुने बित्तिकै राजनीतिक स्थिरता हुन्छ त ? यदि हुन्छ भनेर कसैले भन्छ भने त्यो अल्पबृद्धिको भनेर जान्नुपर्छ । किनभने जबसम्म नेपाल निर्माताका सन्तानलाई किनरा लगाइन्छ, त्वसम्म नेपालमा राजनीतिक स्थिरता सम्भव नै छैन भन्नुपर्छ । आज पनि राजतन्त्र र हिन्दुवादीहरू सडकमा छन् । हिजो बलात निकालिएको राजसंस्थामा आज पनि बहुसंख्यक नेपालीहरू आशक्त छन् । त्यो कुरा बुझ्न बालेन्द्र साह र रास्वपाले जरूरी देखिन्छ । अरू त अरू केही राजतन्त्र र हिन्दुवादी संघसंस्थाहरूले बालेन्द्र साह र रास्वपाले संविधान संशोधन रेरराजसंस्थालाई पनि संविधानमा समेट्छन् भनेर आशा गरेर बसेका छन् । अफसोच,  स्वयम् बालेन्द साह र उनको रास्वपाले संविधान संशोधनपश्चत राजस्ंस्थामात्र होइन, जनताले भार ठानेका संघीयताको खारेजीका विषयमा पनि बोलेका छैनन् । रास्वपाले के के गर्ने भनेर बाचापत्र र सय दिनमा गर्ने कार्यको सूची सार्वजनिक गरिसकेको छ । ३ महिनाभित्रै संविधान संशोधनको लागि छलफल अघि बढाउने पनि भनेको छ । यदि रास्वपा र बालेन्द्र साह संघीयता खारेजी, राजसंस्था र हिन्दुधर्मको पक्षमा आफूलाई उभ्याएन भने त्यहीँबाट रास्वपाको ओह्रालोयात्रा सुरू हुनेछ । हिजो मेयर हुँदा बालेन्द्र साहले जे गरे, उपसभापति स्वर्णिम वाग्लेले जे भने त्यो पार्टीको बचतका लागि नकारात्मक कुरा बोलेको भए पनि अब जिम्मेवार पदमा पुगेकाले देश हाँक्ने राजकाजका विषयमा त्यस्तो बोल्ने वा गर्ने छुट हुनेछैन । मूलकुरो बालेन्द्र साहलाई सफल हुनुछ, रास्वपालाई सफल पार्नुछ, यसका लागि संवाद र सहकार्यको राजनीतिको बिकल्प हुनेछैन । भन्नलाई सभापति रवि लामिछानेले यो संविधानप्रति प्रतिवद्ध छु भनेका छन् । तथापि संविधान संशोधन गर्नुछ, यसमा  सुशासनका लागि सकारात्मक धाराहरू थप्नुछ । यही बेलामा हो, रास्वपा र बालेन्द्र साहले सफलताको भूमि तैयार गर्ने । जनताले मतको भारी बोकाइदिएका छन्, त्यो भारीमतको सम्मान गर्न, इज्जत राख्न पनि बालेन्द्र साहले काम गर्नैपर्छ ।
आलोचनाका लागि जसले जे भने पनि, विदेशीले चलाएको, नचाएको भने पनि रास्वपालाई नेपाली जनताले विश्वास गरेका छन् । जनताप्रति जवाफदेही राजनीति गर्न जनबल दिएका छन् । झण्डै दुई तिहाइको मत पाएको रास्वपा नेपालको इतिहासमा ऐतिहासिक पार्टी र बालेन्द्र साह ऐतिहासिक प्रधानमन्त्री बन्नसक्छन्, यसका लागि बाचापत्र र जनतासँग गरेका करार पूरा गर्नुका साथ संवाद, सहमति र सहकार्यको राजनीतिमा चल्न सके भने रास्वपा सफल हुनेछ । रास्वपा र बालेन्द्र साहको सफलता भनेको पुराना दलहरू किनारामा फालिनेछन्, पुराना नेताहरू पनि बेकम्मा हुनेछन् र नेपालको वर्तमान र भविष्य जेनजी पुस्ता साबित हुनेछन् । स्मरणीय के छ भने राजसंस्था किनारा लगाउन खोज्दा नेपाली कांग्रेस, एमाले, माओवादी बिस्थापित हुनपुगे । इतिहास भनेको शिक्षा हो, वर्तमान भनेको चुनौती हो, भविष्य भनेको आशा हो । शिक्षा लिएर चुनौतीको सामना गर्ने हो भने आशा पूरा हुनसक्छ । नेपाली जनताले खोजेको चुनौतिको समाधान र आशाको परिपूर्ति हो । यही कडीभित्र सुशासन अन्तर्निहित छ । सुशासनभित्र यही देशमा गरिखान पाइन्छ भन्ने विश्वास जागरण हुनसक्छ । यही कडीभित्र रोजगारी सिर्जना र आत्मनिर्भरता, स्वावलम्बन पनि अन्तर्निहित रहेको छ । नयाँ पुस्ताका लागि यो अवसर हो ।
अवसर त ०४६ सालपछि बहुदलेहरूले पाएकै हुन् । ०६३ सालको परिवर्तनपछि कांग्रेस, एमाले, माओवादी, मधेसवादी, जातिवादी सबैले पाएका थिए । तर तिनले अवसरको दुरूपयोग गरे । आफन्तवाद र भ्रष्टाचारलाई लोकतन्त्रको भ्रम फैलाए । राजनीति भनेको अपराध गर्ने हो भन्ने उदाहरण देखाए । यसको परिणाम हो, गत फागनु २१ को निर्वाचनमा जनताले भ्रम छर्नेहरूलाई सबक सिकाए । चुनावबाटै डाँडो कटाए । जो आएका छन्, युवा आएका छन् । युवाले पनि देश बनाउन नसके कसले बनाउँछ । संसद नछिर्दै युवाहरूले भनेका छन्– आआफ्ना क्षेत्रका समस्या, राष्ट्रका चुनौतीलाई सामना गर्नसक्नेगरी कार्यक्षमता देखाउनेछौं । समय आयो, नयाँ पुस्ताले आफ्नो चमत्कारिक छवि देखाएर देश निर्माण गर्नेतिर लाग्ने ।