Advertisement Banner
Advertisement Banner

१६ शनिबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

विवेकी बनौं, विवेकपूर्ण मतदान गरौं सुरेशकुमार पाण्डे

१५ शुक्रबार , फाल्गुण २०८२एक दिन अगाडि

विवेकी बनौं, विवेकपूर्ण मतदान गरौं
सुरेशकुमार पाण्डे

अहिलेको परिस्थितिमा जनताले भोट खसाल्नु अंघी राष्ट्र र गणतन्त्रको हितलाई मध्यनजर गरेर मात्र खसाल्नुहोला । देश रह्यो भने हामी रहन्छौं भन्ने विचारलाई आत्मसाथ गरी आफू र आफन्तिहरू समेतलाई सचेत बनाउन अहिले समस्त नागरिकहरूको कर्तव्य हुन्छ ।
देश तथा विदेशबाट हो हल्लामै गरिने मतदानले राष्ट्रियतालाई गम्भिर खतरामा पुराउने छ । कतिपय युवाहरू आफू विदेशमा परिश्रम गर्दागर्दै पनि आ आफ्ना संघ साथि र आफन्त जनहरूलाई सहि र सत्य बाटोमा हिंडाउनुको सट्टा हल्लाको पछि उनिहरूलाई भोट गलत ठाउँमा दिन सुझाएको पनि देखिन्छ । मुहार पुस्तिकामा अराजक प्रकारका लेख रचनाहरू पस्केर भोट कस्मा भन्दै फोटाहरू राखेर मत मागेको देखिन्छ । यस्तो अन्यौलता किन ? नेपालमा बसेका जनताहरू वा विदेशी भूमिमा जहाँ बसोबास गरेका भएपनि नेपालीहरू एउटै सन्तान् हौं । यसकारण समस्या निदानको चिन्ता सबैभन्दा पहिलो हुनुपर्छ ।
भोट एउटा सक्षम नेता राजनैतिक पार्टी जसले यो देशलाई सही बाटोमा डोराउन सक्ने भिजन र आँट राख्दछ । यो देशबाट अनावश्यक खर्च कटौती गरेर देशमा कलकारखानाहरू निर्माण गर्ने, देशबाट भ्रष्टाचार खत्तम गर्ने महंगी नियन्तरण गर्ने र रोजगारको ब्यवस्था सिर्जना गरेर युवाहरूलाई देशभित्रै रोजगारको ब्यवस्था गर्नसक्ने हैशियत राख्दछ । त्यस्तो अनुसाशित राजनैतिक शक्ति र नेताहरूको चयन गर्नुपर्दछ । मतदान भनेकै आफ्नो मत गुप्त रूपमा प्रकट गर्नु हो । कुनैपनि मतदाता आफ्नो अधिकार प्रयोग गर्न हिचकिचाउनु हुँदैन । गुप्त मतदान नागरिकको नैसङ्र्गिक् अधिकार हो । अहिले यो अधिकार नागरिकको हातमा संरक्षित छ । तर हामीहरूले मतदान गरिसकेपछिको हाम्रो शक्ति त्यो जनप्रतिनिधिको हातमा हुनेछ ।
यस्तो नहोस् हतारमा गरिएको निर्णयले फूर्षतमा पछुताउन परोस । वास्तवमा यो देश र देशको संविधान पनि हामिसबैको साझा हो । देशलाई बलियो र अखण्ड बनाइराख्ने साथै संविधानको पनि रक्षा गर्ने हामी नेपाली सन्तानको जिम्मेवारी बन्दछ । संविधान भित्र रहेका कयौं त्रुटीहरू मैत्रिपूर्ण तवरलेपनि विस्तारै हटाउन र संविधान संशोधन गरेर पछि थप घट गर्न सकिन्छ । तर देश कुनै विदेशीको जञ्जालभित्र फस्यो र गुलाम बन्यो भने नेपाली सन्तान् विश्वको मानचित्रबाट बिस्थापित हुने खतरा पनि उत्तिकै हुन्छ ।
यो वीर जातिको शक्ति अहिले पनि विदेशीहरूको रक्षक र उनीहरूको देश विकासमा खर्चिरहेको छ । सुगौली संधि सगै भएको गोरखाभर्ति केन्द्र पछि नेपालका होनहार युवाहरूले पहिले ब्रिटिस्ट भारत र पछि स्वतन्त्र भारतको विकास र व्यक्तिको लागि काम गर्दै आएका छन् ।
यही क्रममा सन् १९८७ मा भारतको आसमा मेघालयबाट नेपालीहरूलाई अमानवीय तरिकाले अत्याचार गर्दै हटाउने काम भएको थियो । त्यो बेला मेघालयमा बसोबास गर्दै आएका नेपालीहरूको हत्य समेत गरिएको थियो  । महिंलाहरूको छाती काटेका र बलात्कार गरेका घट्नाहरू भए । एउटाले कसैलाई ठगेर चोरेर भाग्यो भने सहरमा कामगर्ने नेपालीहरूलाई धरपकड हुन्छ । कतै हिंशा, कतै बलात्कार, कतैबाट झुटा आरोपमा जेल नेल पर्छन् । अन्याय हुन्छ ।
संन्धि सम्झौता गर्ने सरकारमा बसेकाहरूले र सजाय पाउने सर्वसाधारण श्रमजीविहरू हुन्छन् र हुँदैआएका छन् । अवस्था कहालीलाग्दो छ ।
कतिपय युवाहरू देशको अवस्था बारे अनभिज्ञ छन् भने कतिपय जानेर पनि अञ्जान बनेका हुन्छन् । उनिहरू देशमा बड्दै गएको विदेशी हस्तक्षेपलाई देख्दैनन् । त्यही अनदेखिले देश फीजी करण हुँदै गएको छ भविष्यमा विस्तारै देश सिक्किमिकरण भएपछि बल्ल झसङ्ग निद्रा खुल्ने छ । तर त्यसपछि हामीहरूले चाहेरपनि केही गर्न सकिने छैन । छिमेकी मूलुक भारत लामू समयसम्म गुलाम बन्यो । भारतका तीनवÞटा टुक्रा भएको हाम्रै सामु छ । अफगानिस्तानमा त्यहाँका नागरिकहरूलाई उग्रवादी नै बनाईयो । जसले दुई दशक भन्दा लामो समयसम्म आफ्नो स्वतन्त्रताको लागि सशस्त्र लडाई लड्नु पर्यो । श्रीलंका लामो समयसम्म आतङ्कको सायामा रह्यो । 
एउटा स्वतन्त्र राष्ट्र सिक्कीम भारतमा बिलय भयो । यस्ता कयौँ उधारणहरू भेटिन्छन् । देश कतै जाँदैन त्यो मर्ज हुन्छ । भाषाको, भेषभुषाको रूपमा, सस्कृती परमपरा र व्यवस्था विदेशीको हातमा जान्छ । अनि के रहन्छ ? हाम्रो स्वाभिमान कसैको गुलाम बनेपछि देशको सार्वभौमसत्ताको वारिस विदेशी बनेपछि हाम्रो अस्तित्व गुमिसकेपछि के रहन्छ बांकी ? एउटा स्वाभिमानि नागरिकले आफ्नै विवेकबाट विचार गर्ने भनेको यही हो । देशको परराष्ट्र नीति फितलो छ, आर्थिक अवस्था दयनीय छ, शिक्षा सुरक्षा चिन्ताजनक छ । साच्चै भन्नुपर्दा हामी असुरक्षित अवस्थामा छौँ । नलजाईकन भन्छौँ देश कतै जाँदैन । हामी भन्छौँ देशभित्र भ्रष्टाचार भयो तर किन खोजी खोजी भ्रष्टाचारिहरूलाई मतदान गर्छौँ ? यो सोंचनीय विषय छ । हामी छिमेकी मूलुकमा आफ्नो सन्तानको दयनीय अवस्था देखिरहेका हुन्छौँ तरपनि त्यो दिश्य नदेखेको जस्तै चुपचाप छौँ । भारतको कुना कुनामा नेपाली मजदुरहरूको अवस्था कस्तो छ भन्दा राजदुतलाई थाहा छैन । नेपाल भारतको शान्ति तथा मैत्रि संधिवाट भारतमा गएका नेपालीहरूले त्यो सन्धि अनुसारको सुबिधा पाएका छन् त ? खोई चासो ?
हाम्रो विचार कस्तो छ भने एक पटक संविधानमा गलत चीजको प्रवेश भएको छ अब त्यसलाई बदल्न सकिदैन । कति गलत विचार हो यो । सङ्घीयता प्रवेश भयो हामी सङ्घीयतामा प्रवेश गरिसक्यौं अब पछि हट्न मिल्दैन भन्ने गलत सोंचले देशलाई फाइदा हुंदैन बरू सङ्घीयताले देशलाई कस्तो अवस्थामा पुराएको छ ? हाम्रो मैत्रिपूर्ण छलफल यता जानुपर्ने हो  । हाम्रो देश बहुदलिय अभ्यासमा छ तर कति वर्षसम्म यो अभ्यास चलिरहने ? हाम्रो कम्जोरीको फाइदा विदेशी शक्तिले उठाएको छ । भित्रको कम्जोरीले नै रोग निम्ताएको हुन्छ । देशलाई आत्मनिर्भर कसरी गराउने ? युवाहरूलाई विदेश पलायनबाट कसरी रोक्ने ? समस्या जटिल बनेको छ ।
सर्वप्रथम चुहावट रोक्ने र रोजगार सिर्जना गरेर देवलाई आत्मनिर्भर गराउनु पर्द छ ।
पारिवाÞरभित्रको लडाइले बाहिरिए शक्तिहरूको प्रवेश हुनेगर्छ विगतमा भएको जेन्जी आन्दोलन त्यसैको परिणाम हो । कतिपय आफूलाई देशभक्त भन्नेहरू विदेशीका गोटी बनेका छन् । बिस्तारवाद, साम्राज्यवादको कठपुतली बनेर देशको सार्वभौमिकतालाई लतार्ने प्रयासमा छन् । त्यसले गर्दा अहिले देशभक्त र विदेशी शक्तिहरूको बिचमा मतदान हुने अवस्था सिर्जित भएको छ । कतिपय राजनैतिक पार्टीहरूलाई सत्ताको स्वार्थले अन्धा बनाइदिएको छ । उनिहरूले त्यो खतरालाई देख्न सकिरहेका छैनन् ।
यस्तो देशको कहालीलाग्दो अवस्थामा नागरिकहरूले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्नुपर्ने हुन्छ । अखण्ड देशका लागि हाम्रो मत असमान सन्धि सम्झौता र सङ्घीयता तथा एमसीसी खारेजीका लागि हुनुपर्छ । विदेशी दलाल र बिध्वंशकारीहरू जसले देशलाई आगोको भेट चढाए देशको सम्पती जलाए र निर्दोष बाल बालिका लगायत ७६ जनाको बली चढाए यस्ता अपराधीहरूको बिरूद्धमा आफ्नो मत प्रयोग गर्नु अहिलेको कर्तव्य पनि हो । विवेक गुम्यो भने पछुताउनु पर्नेछ । यो समय कुन नेता कति देशभक्त छन्, कुन पार्टीले जनताको आशा र भरासो परिूर्ति गर्न सक्षम छ, इमान भएको उमेदवारलाई यसपल्ट जनताले जिताउने र भ्रष्टलाई किनारा लगाउने अवसर जुरेको छ । यो अवसरको सदुपयोगमा भविष्य सुनिश्चित छ ।