
राष्ट्रिय ३७ र अन्तर्राष्ट्रिय ४१ संस्थाका ४ हजार ३ सयले फागुन २१ को निर्वाचनका पर्यवेक्षण गर्ने अनुमति पाइसकेका छन् । पर्यवेक्षकहरूले स्वच्छता प्रवर्धन, पारदर्शिता अभिवृद्धि तथा लोकतान्त्रिक वैधता सुनिश्चित गर्न देशैभरिको रिपोर्ट दिनेछन्, आयोगले पनि निर्वाचन पर्यवेक्षणलाई व्यापक महत्व दिएको देखिन्छ ।
निर्वाचन हुन्न कि भन्ने बारेको संशय सकियो ।


