Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आवरण हेरेर आकर्षित हुने कि सतहमा पुग्ने ?

०८ शुक्रबार , फाल्गुण २०८२२१ घण्टा अगाडि

आवरण हेरेर आकर्षित हुने कि सतहमा पुग्ने ?

राजनीतिज्ञहरूको विचार सुनियो । २०४६ साल यताका घटनाक्रमहरूले उनीहरूमा थोरै सकारात्मक र बढी नकारत्मक असर पारेको पाइयो । कतिपय ब्यक्तिहरूले देशभित्र वामशक्ति नै छैन भन्ने तर्क पनि गर्छन् । वामपन्थी नेता र दलहरूका चरित्रका कारण यस्तो प्रश्न उब्जिएको हो । त्यसलाई बुझ्न राजनैतिक रूपमा गहिरो अध्ययन गर्नु उचित हुनेछ । २०४६ साल पछि विद्रोह, बिध्वंस सामाजिक राजनैतिक बिचलन बिकृतिहरूको व्यवहारले समाजमा बढी नकारात्मक असर पारेको देखिन्छ । नैतिक पतन भएर सरकारमा पुगेका, हतियार उठाएर सत्ता साझेदारी गरेकाहरू समेत अहिले हाम्रो बिचमा छन् । 
एकथरिले समाजमा हुने घटनाहरूलाई सबै बाहिरिया शक्तिको  उपजको संज्ञा दिन्छन् भने आर्को थरीले साहास् र उनीहरूले जुटाएको हिम्मतको पशंसा पनि गर्छन् अथवा बिध्वंस र विद्रोह गर्नुलाई कयौँले साहास भनेर प्रशंसा गरेको पनि पाइयो ।
हाम्रो देशका सचेत वर्गहरूको नकारात्मक बुझाईले देश कहिले उँभो लाग्नेवाला छैन । मात्र ३८ वर्षको द्वौरानमा भएका साना ठूला संघषका साथै सत्तामा पुगेकाहरूले नेपोटिजम र स्वार्थमा अल्झिनाले जनवादको अभ्यासमा सफलता हुन नसकेको हो । सही र गलत छुट्याउन नसक्नुले अझै पनि उत्तिकै जटिल अबस्था छ । अहिलेको अबस्था कार्यनैतिक सवालमा बहुदलिय प्रतिस्प्रर्धा नै हुंदै आएको देखिन्छ । यथार्थमा क्रान्तिकारी राजनैतिक शक्तिले चुनावलाई देश र जनताको हितमा उपयोग गर्ने कार्यनीति छ र क्रान्तिकारी शक्तिहरू स्वार्थलम्पट भएकै हुन् । उनीहरूले चुनावलाई सैद्धान्तिक बनाउन सकेनन्, स्वार्थको आहैजार बनाइदिए ।
अन्य बुद्धिजीविहरूले पनि कुनै घटनालाई हेर्नुपर्यो भने आफ्नो स्वतन्त्र विवेकले होइन आफू बसेको पार्टीका नेताको चस्माले मूल्यांकन गर्नाले वामपन्थ हामपन्थ बन्न पुगेको देखिन्छ । देश र जनताको लागि उठेको न्यायको आवाजलाई अवसरवादी रूपमा उपयोग भइरहदा वामपन्थ बदनाम भयो ।
उदाहरणका लागि जनयुद्ध सफल भयो । जनयुद्धले परिवर्तन ल्यायो । परिवर्तन देश र जनताका लागि भएन भन्ने विषय २०८२ सालमा आएर प्रष्ट भयो । राजनैतिक पार्टीहरूको सबैभन्दा ठूलो गल्ती पहिलो ऐतिहासिक जनान्दोलनबाट आएको बहुदलिय ब्यवस्थालाई सदुउपयोग गर्न नसक्नु हो । २०६३ को परिवर्तन र लोकतान्त्रिक गणतन्त्रलाई जनताले अपनत्व लिनसक्ने बनाउन नसक्नु अर्को गल्ती हो । नेतृत्वले जवाफेदहीपूर्ण राजनीति गरिदिएको भए आजको अवस्था आउने थिएन । जनयुद्ध, जनआन्दोलन, जेनजी आन्दोलनबाट देशमा जनधनको क्षती भइसक्यो । विदेशी शक्तिले पनि हस्तक्षेप गर्ने मौका पाउँदैनथ्यो । विदेशीहरूको चलखेल हाम्रै कम्जोरीले भएको हो । २०४६सालको ऐतिहासिक जनान्दोलन पछि राजनैतिक दलहरूले लगातार एक पछि एक भूल गर्दै आएका छन् । रोकिएको छैन ।
वि.स.२०६३ पछि अन्तरिम सरकारले २०६४ मा सङ्घीयता भित्र्यायो यो देशको लागि आर्को पटक राजनैतिक पार्टीहरूले ठूलो गलती गर्यो । त्यो बेला घुसेको सङ्घीयताले २०७२ मा संवैधानिक मान्यता पनि पायो । देशमा आएको सङ्घीयताले आर्थिक कम्जोर बनायो । ऋणी बनायो र पहिले भएका कल कारखानाहरूलाई कुनै न कुनै बहानामा कि त बन्द गरियो कि लिलाम गरियो । देशमा भएका उद्योगहरू बन्द गरेर देशलाई टाट पल्टाउने गरी नीजिकरण गरियो । यो सङ्घीयतालाई जवरजस्ती लागु गर्नाको फल हो । दलहरूमा अझै चेत छैन ।
देशमा संविधान बन्यो हामी सबैजनताको माग संविधानसभाद्वारा संविधान् निर्माणको माग पुरा भयो । संविधानमा रहेका कमिकम्जोरीहरूलाई मैत्रिपूर्ण रूपमा हलगर्नुको सट्टा आपसमा तनातनी, मनमुटाव र एकले अर्कालाई देखि नसक्ने अवस्था सिर्जना भयो । यसैको परिणाम कसैले उठाएको राजनैतिक मुद्दा सही भएपनि अर्को पार्टीले बिरोध गर्ने सैलीको विकास भयो । लोकतान्त्रिक गणतन्त्र पार्टी र नेताहरूले भाग शान्ति जयनेपाल गरे खाए ।
जसबाट विदेशी शक्तिले फाइदा उठाउन थाल्यो । देशभित्र आईएनजीओ, एनजीओहरूले ब्यापक ठाउँ पाए । हिंजो जसले सर्वहाराका कथा झोलामा राखेर जनतालाई सुनाउँदै र सिकाउँदै हिंडेका हुन्थे । अब राजनैतिक पार्टीका कार्यकर्ता नेताहरू विदेशी विचार र बस्तु झोलामा बोकेर हिंड्न थालेका छन् । यो नैतिकहीनता र भ्रष्टाचारीपनले गर्दा हो ।
राजनैतिक पार्टी संगठनहरूलाई पनि रूपियाँ दिएपछि त्यो चोखो र सक्रिय देखिन थाल्यो । अहिले त्यही ब्यवहार जुनसुकै पार्टी भित्रको रोग बनेको छ । यत्ति फरक होला कसैमा थोरै कसैमा धेरै हुनसक्छ ।
देशमा भएको भ्रष्टाचारले जनता आहाल भएपछि बिद्रोही विचारले ठाउँ पायो ।
त्यसैको फाइदा उठाए विदेशीहरूले बिभिन्न आर्थिक सहयोग दिएर उनीहरूको विद्रोहमा प्राणमात्र थपेनन्, आफ्ना ऐजेन्ट नै बनाउन सफल भए । त्यसैको परिणाम समाजमा घरी घरी हुने विस्फोट हो । अन्याय अत्याचार भ्रष्टाचार असिमित हुनथालेपछि त्यो विस्फोट हुनेनै भयो । पटक पटकको देशभित्र हुँदै आएको विद्रोह पनि यसैको उपज त हो तर त्यसलाई सधैँ मौका परस्तहरूले उपयोग गर्ने प्रयत्न गर्दै आएका छन् । कतिपय राजनैतिक पार्टीमा पनि विद्रोह भएको जस्तै देखिन्छ । त्यसको मुल्यांङ्कन गर्दा बिभिन्न बुद्धीजीविहरूको बिष्लेषण सुन्दा र त्यो घटनाक्रमलाई अध्ययन गर्दा एउटा कुरा के बुझिन्छ भने त्यो विद्रोह नै होइन त्यो मात्र पदको खिचलो हो । विद्रोह भनेको कुनैपार्टी भित्र हुने आमूलपरिवर्तनका लागि गरिने नीतिगत विद्रोह बुझ्नुपर्छ । अहिले पार्टी भित्र भएका अधिकाँश घटना पदलाई लिएर भएका छन् ।
एमाले नियमित प्रकृयामा छ, पार्टी नीतिमा परिवर्तन चाहेन । कांग्रेसभित्र बिद्रोह भयो, गगन थापा अगाडि आए । यो सैद्धान्तिक विद्रोह होजस्तो लाग्दैन । गगन थापाको हिम्मत ठूलो हो । शेर बहादुरको पदमा गगन बसन सफल भए । त्यो पदिय खिचलो मात्र हो ।
माओवादीजस्तो ऐतिहासिक विद्रोह गर्ने पार्टी अध्यक्षले नै माओवाद परित्याग गरिदिए । स्वार्थका लागि नेकपा बनाएर अघि बढेका छन् । जनयुद्ध किन गरे ? कुनै पनि माओवादीले प्रष्ट गर्न सक्दैनन् ।
कतिपय कम्युनिष्टहरूले पनि यस्तै आंट पार्टी असन्तुष्टहरूले देखाउन सक्नुपर्छ भन्नेहरू छन् । 
राजनीति उमेरको आधारमा होइन उनीहरूको क्षमतामा निर्भर हुनुपर्छ । बुढा भएपनि राजनीति विचारधारा राष्ट्रियता र जनताको हितमा नेता सँग भिजन छ भने त्यो अमूल्य धरोहरको उपक्ष किन गर्ने ? त्यो प्रयोग किन नगर्ने ? बरू युवा जोस र बुढाहरूको माझिएको र खारिएको विचारको मिश्रृत भएको भिजनले राष्ट्रियता र जनतन्त्रको बलियो जग बसाल्न सक्छ । यद्यपि हुनैपर्ने केहो भने वृद्धहरूले पार्टीमा भएका नैतिकवान र पार्टीका दरिला खम्बाहरूलाई जिम्मा दिएर आफू संरक्षकको रूपमा बस्न तैयार हुनुपर्ने हो । त्यो हुनसकेन । अहिलेको अवस्था पनि वृद्धहरूलाई पद नै चाहिएको छ ।
अहिले हामीले सुन्दै नसुनेको जेन्जी आन्दोलन भयो । ठूलो विध्वंश भयो । ७८ जनाको जीवन नष्ट गरियो  । देशको सम्पत्तिमा आगो लगाईयो । उनीहरूले गरेको आन्दोलनबाट कसले फाईदा उठायो ? आज अपराधीहरू, भ्रष्टाचारीहरू समेत जनताको माझमा छन् । व्यवस्थाको अवस्था निरीह छ । अपराधीहरूलाई कार्वाही कसले गर्ने ? जसको छोराछोरी मारिए न्याय कसले दिने ? केवल सत्ता, कुर्सी कसरी हासिल गर्ने यही सबैलाई चिन्ता छ ।
जसको कुनै नीति छैन सिद्धान्त छैन अनुशासन छैन उनीहरूले सपना देखेका छन् प्रधानमन्त्री बन्ने र देशमा शासन गर्ने सपना । चुनाव आएको छ, अहिले नागरिकहरूले आफ्नो विवेक प्रयोग गर्न सकेनौँ भने देशको अवस्था झनै दयानीय हुने छ । जसले सुशासनका कुरा गरेका थिए, पुरानाले सुशासन दिएनन् । नयाँ नयाँ भनिएको छ, नयाँले सुशासन दिन्छ दिन्न, तिनले देश कसरी अगाडि बढाउने हुन्, कुनै खाका, योजना जनताले जान्न पाएका छैनन् ।
धेरैपल्ट जनताले मतदान गर । जनता मतदान गर्ने मेसिनजस्ता बनेका छन् । चुनाव आयो कि भ्रष्टहरूले मासुभात खान दिने, खर्चपानी दिने गरेका छन् । त्यसैको भरमा मतदान ग¥यो, अनि किन दिन्थे जनतालाई राहत । फागुन २१ को चुनावमा पनि जनताले भूल गरे भने महगो मूल्य चुकाउने जनताले नै हो । अहिलेको अवस्थामा देशका नागरिकहरू सचेत हुनैपर्छ, चिप्ला नाराहरूमा नचिप्लेर विवेकसिल बन्नु समयको माग हो । कसैको आबरणभित्रको असली अनुहार बुझेर मात्र अमूल्य मतदान गरौं । देशको हितका लागि संघर्षरत पार्टी वा उमेदवारको हात बलियो बनाउनुपर्छ । त्यही बाटोमा अग्रसर भएका व्यक्ति वा शक्तिलाई बलियो बनाउन सबै नागरिकले आफ्नो कर्तव्य ठान्नुपर्छ  ।