Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सेना दिवसमा अमेरिकी सेना सहभागी

०५ मंगलबार , फाल्गुण २०८२१९ घण्टा अगाडि

सेना दिवसमा अमेरिकी सेना सहभागी

नेपाली सेनाले टुडिखेलमा आयोजना गरेको शिवरात्रि कार्यक्रममा अमेरिकी सेनाको प्रस्तुतिका विषयमा केही नेता, बुद्धिजीवीले नकारात्मक टिप्पणी गरेका छन् । विदेशी राष्ट्रका सनावीच सेना दिवसमा कार्यक्रम आदानप्रदान हुन्छ । नेपाली सेनाले हरेक वर्ष सैनिक दिवसका अवसरमा बेलायत, अमेरिका, भारतका सेनालाई निम्तो दिने परम्परा पुरानै हो । सेना दिवसमा गरिने कार्यक्रम सैनिक सम्बन्ध नविकरण र सैनिक कूटनीतिको एक अभ्यास पनि हो । हालैमात्र नेपाली सेनाले भारतीय सेना दिवसका अवसरमा नेपाली ब्याण्ड प्रस्तुत गरेको थियो । यसबाहेक नेपाली सेनाले बृटिस, भारत, चीन, अमेरिका, पाकिस्तानलगायतका सेनासँग अभ्यास गर्ने, केही सिक्ने, केही अनुभव आदान प्रदान गर्ने गरेको छ ।
केही स्वनामधन्य बुद्धिजीवीहरूले अमेरिकाको एमसीसी, इण्डो प्यासिफिक स्ट्राटेजीसँग जोडेर टिप्पणी गरेको पनि सुनियो । यो नितान्त सैनिक सम्बन्धको विषय हो, यसलाई चुनावका लागि मसालेदार बनाउनु दुर्भाग्यपूर्ण छ ।
असामान्य कुरोमा चूप लाग्ने, सामान्यलाई हाउगुजी बनाउने जरूरी छ र ?