
यार्चागुम्वा – Cordyceps
सुन सम्पत्ति हो, यो सम्पत्तिले जीवन किन्न सकिन्न । तर यार्चागुम्वाले जीवन निरोगी बनाउन सक्छ, जीवनलाई निरोगी र मानसिक, शारीरिक र यौनस्वास्थ्य समेत प्रदान गर्नसक्छ । नेपालको यार्चागुम्वा विश्वमै उच्चस्तरको मानिएको छ । तर नेपालले अझै यार्चागुम्वाको सदुपयोग गरेन, चिनेन ।
यार्चागुम्वा चीन र नेपालको परम्परागत जडिबुटी हो । यो तिब्बत ,चीन र नेपालको उच्च पहाडी भु( भागहरूमा पाइने पौष्टिक तत्वहरूले भरिपूर्ण हुने एक प्रकारको ढुसि प्रजातिको वनस्पति जडिबुटीको पौष्टिक खाद्यान्न बस्तु जस्तै हो ।
यार्चागुम्वामा पाइने सक्रिय पौष्टिक तत्वहरूमा यार्चागुम्वाको अमिनो एसिड, ग्लुटामिक अम्ल, पोलिशयाकराईड र भिटामिन B 12 प्रमुख हुन् । आधुनिक बैज्ञानिक अनुसन्धान अनुसार यसलाई लामो समय सम्म लगातार सेवन गरेमा शरीरलाई किटाणुहरूको बाह्य आक्रमन हुनबाट बचाएर आन्तरिक अङ्गहरूको कार्यक्षमता र रोगप्रतिरोधात्मक क्षमता mmune system लाई बलियो पार्छ र मानिसहरूको आयु बढाउँछ । यस्ले स्वास प्रस्वास, निमोनिया, रूघाखोकी, पुरानो ब्रोनकाइटिश, फोक्सो, मृगौला, क्षयरोग
TB आदिको प्रभावकारि उपचार गरेर निरोगी बनाउँछ ।
धार्मिक ग्रन्थहरूमा यार्चागुम्वुलाई संजीवनीबुटि भनिएको छ । चिनियाहरूले २००० वर्ष देखि यसलाई शक्तिबद्र्धक औषधिको रूपमा प्रयोग गर्दै आईरहेका छन् । यो बहुपोषक वनस्पति औषधि भएकोले यसलाई शक्तिबद्र्धक, यौन बद्र्धक र रगत बढाउने औषधिको रूपमा पनि प्रयोग गरिन्छ ।
यसलाई स्मरणशक्ति बढाउने, हातखुट्टाको जोर्नि दुखेको निको पार्ने, हेपाटाइटिस –बि, क्षयरोग, खोकि, मुटु र रगत सम्बन्धि रोगहरू निको पार्ने औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । नेपाल हर्वल उत्पादन संघद्वारा प्रकाशित यार्चागुम्वा नामक किताबमा यार्चागुम्वाको प्रयोग गरेर उत्पादन गरेको जिन्सुई नामको क्याप्सुलले थकाइ मेटाउने, महिला र पुरूसको नपुंकसता र कमजोरी हटाइ यौनशक्ति बढाउनको लागि सार्है लाभदायक हुन्छ भनी उल्लेख गरिएको छ ।
यार्चागुम्वा, अयचमथअभउक लाई नियमित सेवन गरेमा निम्न रोगहरूको प्रभावकारी उपचार हुन्छ –
१) निमोनियाँ ,रूघाखोकी ,ब्रोनकाइटिस, पुरानो दम, फोक्सोको रोग र क्षयरोग ।
२) यसले शरीरको प्रतिरक्षा प्रणाली बलियो पारि मृगौला सम्बन्धि सबै रोगलाई निको पार्न सहयोग पु¥याउँछ ।
३) पाचन सम्बन्धि ,पेटका रोग, ग्यास्ट्रिक, झाडापखाला, आदिको उपचार गर्छ ।
४) खाना रूचि नहुने अरूचिको रोगमा भोग जगाउँछ ।
५) चाँडै थकान हुने समस्या हटाउँछ ।
६) हाडजोर्नी कम्मर र गोलिगाँठो दुख्ने, युरिक एसिडको उपचार ।
७) कोलेष्ट्रेलको लेभललाई सन्तुलन पारि नर्मलमा राख्दछ ।
८) सहने क्षमता, शारीरिक र मानसिक क्षमता बृद्धी गर्छ ।
९) क्यान्सर विपरीतको प्राकृतिक तत्वहरू निर्माण गर्छ ।
१०) रक्तचाप सन्तुलन र नर्मलमा राख्न सहयोग गर्दछ ।
११) जवानी कायम राख्न र बुढ्याउलीपना आउन रोक्छ ।
१२) रक्त निर्माण र शुद्धीकरण गर्छ
१३) ग्यास्ट्रोइन्टेस्टिटाइन जस्तैः डायरिया,क्रयाम्प आदि नियन्त्रण गर्छ ।
१४) निद्रा नलाग्ने समस्या बाट छुटकारा दिन सहयोग गर्छ ।
१५) खराब लत र खराब खानेकुरा खानेबानि नियन्त्रण गर्ने काम गर्छ ।
१६) रगतमा चिनिको मात्रा सन्तुलन र नर्मल गर्ने काम गर्छ ।
१७) स्मरण शक्ति वृद्धि गर्छ ।
१८) महिला र पुरूषको यौन कमजोरी हटाएर शक्ति बढाउने काम गर्छ ।
१९) कलेजो रोग निको पार्न सहयोगीका रूपमा काम गर्छ ।
२०) सबै उमेरका स्वास्थ र निरोगि मानिसले पनि सेवन गर्ने गरेमा झनै स्वास्थ र निरोगी भएर बाँच्न सकिन्छ ।


