Advertisement Banner
Advertisement Banner

२२ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

बिनोद चौधरीको पुस्तक बनारसबाट

२१ मंगलबार , माघ २०८२२१ घण्टा अगाडि

बिनोद चौधरीको पुस्तक बनारसबाट

चौधरी ग्रुपका अध्यक्ष तथा अर्बपति उद्यमी विनोद चौधरीको नयाँ पुस्तक ‘मेड इन नेपाल’ भारतको बनारसमा बलिउडका चर्चित अभिनेता अनुपम खेरद्वारा लोकार्पण गरियो ।
‘बनारस लिट्रेचर फेस्टिभल’ को अवसर पारेर यो पुस्तक विमोचन हुनु राम्रो हो । यो पुस्तक विनोद चौधरीको प्रेरणादायी जीवनकथामा आधारित भएकाले नेपालमै विमोचन गरिएको भए नेपाली युवाहरूले धेरै कुरा सिक्न र प्रेरणा लिनसक्ने थिए ।
बिनोद चौधरी आफूलाई चिनाएको देश र निर्वाचन क्षेत्र सम्पन्न भएको हेर्ने मेरो सपना छ भन्दै नवलपरासी १ बाट फागुन २१ मा हुने निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार भएका छन् । चौधरी ग्रुपमा आफ्नो दशकौंको नेतृत्व तथा व्यवसायिक अनुभवलाई राष्ट्रिय विकासमा रूपान्तरण गर्ने दृष्टिकोणसहित चुनाव जितेका र पुनः जित्ने अभियानमा छन् । आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिक वृद्धि तथा देशव्यापी दिगो विकासलाई तीव्रता दिने कुरा गर्ने चोधरीको यो पुस्तकले जेनजी आन्दोलनपछि युवाहरूलाई उत्साहित पार्न सक्ने धेरैको निष्कर्ष रहेको छ । जनताकै बीचमा योजना बनाएर विकासको संकलप् पूरा गर्ने बताउने चौधरीले यो पुस्तक २०१५ सालमा वीपीले झैं नेपाली किसानको हातबाट सार्वजनिक गरेको भए निकै अर्थपूर्ण हुनेथियो । चौधरीकै शब्दमा ‘यो मेड इन नेपाल पुस्तक नेपालमा जन्मिएको सपना पनि विश्वमञ्चमा उभिन सक्छ भन्ने प्रेरणादायी जीवनकथामा आधारित छ ।’