Advertisement Banner
Advertisement Banner

२२ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

किन बालेन बालेन ?

२१ मंगलबार , माघ २०८२एक दिन अगाडि

किन बालेन बालेन ?

बालेन राजनीति गरेर नेता भएका होइनन् । बालेनलाई हामीले नेता बनाएका हौं । हामीले बालेनलाई नेता किन बनायौं भन्ने बुझ्न खोज्यौं भने केही पहेली खुल्न सक्छ ।
बालेन त इन्जिनियर थिए, ¥याप गीत गाउँथे । गीत त अहिले पनि ’चमेली’ भन्दै गाइरहेका छन्, तर त्यो उनको राजनीतिक उद्देश्यका लागि हो । अरूसँग पार्टी थिए, उनीसँग थिएन । त्यसैले गीतबाट उनले संगठन गरे । अहिले बल्ल उनी पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेशपछि उनको गीत आएको छैन !
पार्टी प्रवेश पनि अरूको जस्तो उनको होइन। अरूले साधारण सदस्यता, क्रियाशील सदस्यता के के लिन्छन् । किन लिन्छन्— लिनेले जानून् । मैले कहिल्यै नलिएको भएर कुरा थाहा भएन । बालेनले त सोझै प्रधानमन्त्री पद दिलाउने सर्तमा पार्टी सदस्यता स्वीकार गरे । (नारायण वाग्लेको विश्लेषण हो यो ।)